Headlines News :
Home » » अफगानिस्तानमा दुई नेपालीको हत्या

अफगानिस्तानमा दुई नेपालीको हत्या

Written By Unknown on Wednesday, October 31, 2012 | 12:36 AM


१५ कात्तिक, काठमाण्डौं । बेलायती गोर्खा सैनिकमा आवद्ध दुई नेपालीको अफगानिस्तानमा हत्या भएको छ । उनीहरु बेलायती सेनाको रोयल गोर्खा राइफल्समा कार्यरत रहेका थिए ।
द रोयल गोर्खा राइफल्सको फस्र्ट बटालियनका कार्यरत उनीहरुलाई अफगानिस्तानको हेल्मन्ड प्रान्तको नहर-ए-सराजमा हत्या गरिएको अवस्थामा फेला पारिएको छ । दुवै जनालाई अफगानी प्रहरीको बर्दी लगाएका एक व्यक्तिले गोली हानेर हत्या गरेको बताईएको छ ।
मृतकका परिवारलाई खबर गरेपनि उनीहरुको नाम भने अहिलेसम्म सार्वजनिक गर्न बाँकी रहेको बेलायती गोर्खा सैनिकले जनाएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved