Headlines News :
Home » » सफल पोखरा कपमा आरसीटी र हिमालयन शेर्पा भिड्ने

सफल पोखरा कपमा आरसीटी र हिमालयन शेर्पा भिड्ने

Written By Unknown on Thursday, November 1, 2012 | 11:07 PM


१७ कात्तिक, पोखरा । पोखरामा जारी सफल पोखरा कप अन्र्तराष्ट्रिय फुटबल प्रतियोगिताको आजको खेलमा रानीपोखरी कर्नर टिम आरसिटि र हिमालयन शेर्पा क्बलबीच प्रतिष्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा दिउसो २ बजेपछि हुने खेलमा गत महिना राजधानीमा भएको एनसेल कप फुटबलको नतिजा दोहोर्‍याउने दाउमा आरसिटि रहनेछ भने शेर्पा उक्त पराजयको बदला लिने सोचमा मैदान उत्रने छ । एनसेल कपमा आरसिटिले शेर्पालाई ४ – १ गोल अन्र्तरले पराजित गरेको थियो ।
नक आउटका आधारमा खेलाइएको प्रतियोगितामा क्वाटर फाइनलमा प्रबेश गर्न जित्नै पर्ने बाध्यता छ । यसअघि बिहीबारको खेलमा राष्ट्रिय लिग बिजेता नेपाल पुलिस क्लबलाई २ – १ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved