Headlines News :
Home » » एप्पलले फेरि हार्‍यो सामसुङसँग

एप्पलले फेरि हार्‍यो सामसुङसँग

Written By Unknown on Thursday, November 1, 2012 | 11:10 PM


अमेरिकी कम्पनी एप्पलले फेरि एकपटक सामसुङसँगको कानुनी लडाई हारेको छ । बेलायतको एक अदालतलेसामसुङसँग जोडिएको डिजाइन विवादसम्वन्धी वेबसाइटमा राखिएको जानकारी ४८ घण्टाभित्र सुधार गर्न आदेश दिएको छ । अदालतले १८ अक्टोबरमा सामसुङले एप्पलको आइप्याडको पंजीकृत डिजाइनबारे कुनै सीमा नतोडेको प्रष्ट सूचना आफ्नो वेबसाइटमा राख्न एप्पललाई आदेश दिएको थियो ।
तर, एप्पपले राखेको सूचना अदालतको आदेशअनुसार नभएको भन्दै सामसुङले उजुरी दिएको थियो । सामसुङको दावीसँग सहमति जनाउँदै अदालतले २४ घण्टाभित्र पूरानो सूचना हटाउन भनेको छ भने त्यसपछि नयाँ सूचना आफ्नो वेबसाइटमा राख्न भनेको छ । नयाँ सूचना राख्न एप्पलले १४ दिनको समय मागेपनि अदालतले अस्वीकार गरिदिएको छ । बेलायती अदालतको यो फैसला युरोपेली संघमा लागू हुनेछ । -एजेन्सीको सहयोगमा

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved