Headlines News :
Home » » ल्यापटप काखमा राखेर नचलाउनुस्

ल्यापटप काखमा राखेर नचलाउनुस्

Written By Unknown on Thursday, November 8, 2012 | 7:30 AM


कात्र्तिक २२
यदी तपाई आफ्नो ल्यापटप काखमा राखेर चलाउने गर्नुहुन्छ भने सावधान हुनुस् । डाक्टरहरुका अनुसार यसो गर्दा पुरुषहरुको स्पर्ममा असर पर्छ र तपाई पिता वन्ने सुखवाट टाढा हुन सक्नुहुन्छ । व्रिटेनमा भएको एक घटनाले यसलाई प्रमाणीत गरेको छ ।
ब्रिटेनका स्कट रीड नामक एक ब्यक्ति पिता वन्न नसकेपछि उनले डाक्टरहरुसंग सल्लाह गर्नपुग्दा उनलाई  डाक्टरले ल्यापटम काखमा राखेर चलाउने गरेको कारण देखाए । उनको शरीरमा स्पर्म भरपूर मात्रामा उत्पादन भएपनि स्पर्मले सक्रियता नपाएकाले यस्तो असर गरेको थियो ।
डाक्टरका अनुसार स्कटको स्पर्म हिट ड्यामेजको शिकार वनेको थियो । खासगरी ल्यापटप काखमा राख्दा ल्यापटपवाट निक्लिने तातो हावाका कारण यस्तो हुने गर्दछ । यस्तो समस्या खाना पकाउने काम गर्ने कुक वा सेफलाई पनि हुने गर्दछ । ताते ठाउमा काम गर्दा तीनीहरुको स्पर्म ड्यामेज हुने गर्दछ । 
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved