Headlines News :
Home » » रंगशालामा लंका

रंगशालामा लंका

Written By Unknown on Friday, November 2, 2012 | 12:01 AM


काठमाडौ, कार्तिक १७ - कात्तिक २४ लाई रिलिज मिति निश्चित गरिसकेको फिल्म 'लंका' ले त्यसको एक साताअघि मात्रै छायांकन सकेको छ । श्याम भट्टराई निर्देशित फिल्मको छायांकन सर्लाहीमा फागुनमै गरिएको भए पनि यसको एक गीतको भने हुन सकेको थिएन । 'यो पल फेरि आउला...' बोलको उक्त गीतलाई कविराज गहतराजको नृत्य निर्देशनमा मंगलबार र बुधबार छायांकन गरी सकाइएको छ ।
फिल्ममा नायिका रेखा थापाको प्रमुख भूमिका रहेको छ । 'रिभेन्ज स्टोरी' रहेको फिल्ममा रेखाको को-स्टारका रूपमा किशोर खतिवडा रहेका छन् । दुई दिन गरिएको गीतको छायांकनको पहिलो दिन गोदावरी र बुधबार दशरथ रंगशालामा पनि रेखाले किशोरसँगै नाचेकी हुन् । फिल्मको बाँकी गीतको छायांकन रिलिजको मुखमै आएर रिलिज गर्न पर्नुको कारण खुलाउन निर्देशक अनकनाइरहेका छेवैमा रहेकी रेखाले भनिन्, 'केको कुरा लुकाइरा ? जे हो त्यही भन्दिए भैहाल्यो नि । सत्य कुरा लुकाउनु हुँदैन के ।' निर्देशकलाई यति भने पछि भने रेखाले कारण खुलाइन्, 'खासमा यो गीतमा फूल चाहिन्थ्यो । त्यो बेला -फागुन) मा फूल नफुलेकाले अहिलेसम्म कुर्नुपरेको हो । यो सबै सेड्युल अनुसार नै भएको हो । हतारोमा गरिएको होइन ।' निर्देशक भट्टराईले थप खुलाउन फूलको वर्णन गरिएको गीतका पंक्ति नै सुनाए, 'लजाई लजाई फूलहरू तिमीलाई हेरी हाँसे जस्तो...।'
छविराज ओझाको कथा रहेको फिल्ममा चार गीत रहेका छन् । संगीत सन्तोष रजौरेले दिएका हुन् । प्रविशा अधिकारीले गाएको उक्त गीतको सुटिङ हेर्न उनी पनि आएकी थिइन् । प्रविशाले गीतलाई महत्त्व दिएरै छायांकन हेर्न आएपछि निर्देशक खुसी देखिन्थे । भने, 'गायिकाले यो गीतलाई आफूले अहिलेसम्म गाएकामा मन परेको भएकैले कस्तो कोरियोग्राफी हुन्छ भनेर हेर्न आएको बताइन् । सीआरबीटीका आधारमा त गीत राम्रै चलेको छ अब भिजुअलमा कस्तो हुन्छ ?' फिल्म काठमाडौंमा भने मंसिर १ देखि मात्रै लाग्ने बताइएको छ । राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन रहेको 'लंका' को छायांकन भने मदनकश्यप घिमिरेले गरेका हुन् ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved