Headlines News :
Home » » आँधी प्रभावित क्षेत्रमा ओबामा

आँधी प्रभावित क्षेत्रमा ओबामा

Written By Unknown on Friday, November 2, 2012 | 12:04 AM


न्युयोर्क (एजेन्सीहरू), कार्तिक १७ - अमेरिकी राष्ट्रपति बाराक ओबामा बिहीबार अमेरिकाको आँधी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेका छन् । अमेरिकी पूर्वी तटीय राज्यहरूमा मंगलबारदेखि आएको 'स्यान्डी' नामक सामुदि्रक आँधीबाट सयभन्दा बढीको मृत्यु भएपछि बाराकले आफ्नो चुनावी अभियान स्थगन गरेका छन् । आँधी प्रभावित क्षेत्रमा बाराकको स्थलगत भ्रमणलाई चुनावी अभियानकै रूपमा त्यहाँ हेरिँदै छ । तर बाराकले भने त्यसको खण्डन गर्दै प्रभावित क्षेत्रमा भएको धनजनको तथ्यगत जानकारी लिन र उद्धार कार्यमा थप तदारुकता दिनका लागि आफ्नो यो भ्रमण केन्दि्रत रहेको सञ्चारमाध्यमहरूलाई बताए ।  
उनले भने, 'प्रभावित क्षेत्रमा भएको क्षतिबारे जानकारी लिन र पछिल्लो अवस्थाका अवलोकनका लागि भ्रमण थालेको हुँ ।' अमेरिकी समाचार समिति एपीका अनुसार बुधबारदेखि त्यहाँ आँधीको प्रभाव कम देखिएको छ । राष्ट्रपति ओबामा बिहीबार सरकारी अधिकारीहरूसँगै आँधी प्रभावित क्षेत्रमा पुगेका हुन् । उनले प्रभावित क्षेत्रमा भइरहेको उद्वार कार्यका बारेमा पनि जानकारी लिएका छन् ।
न्युयोर्कमा उनले आँधीबाट परिवारजन गुमाएका आफन्तहरूलाई सान्त्वना दिएका छन् । साथै भौतिक सम्पत्तिको क्षति पुगेका स्थानमा पुगी उनले आवश्यक क्षतिपूर्तिका लागि पनि सरकारी अधिकारीहरूलाई निर्देशन दिए । अमेरिकाको कयौं राज्यमा भिषण आँधी र अबिरल वषर्ाले धेरै धनजनको क्षति भएको छ । अमेरिकाको पूर्वी तटीय क्षेत्रका प्रमुख सहरहरू न्युयोर्क, न्युजर्सी, पेनसिलभानिया, मेरिल्यान्ड, वेस्ट भर्जिनिया, म्यानह्याटन र नर्थ क्यारोलिना राज्यमा स्यान्डी आँधीबाट ठूलो क्षति पुगेको छ । न्युयोर्कमा मात्र १८ जनाको मृत्यु भएको छ । आँधी प्रभावित कयौं राज्यमा जनजीवन अस्तव्यस्त हुनुको साथै यातायात र विद्युत् सेवा अझै पनि पूर्ण रूपमा सुचारु हुन सकेको छैन । त्यसैगरी, नर्थ क्यारोलिना र न्युइंग्ल्यान्ड राज्यमा स्यान्डीबाट हजारौँ स्थानीय बासिन्दा विस्थापित भएका छन् । उनीहरूको बसोबासको प्रबन्धका लागि राष्ट्रपति बाराक ओबामाले निर्देशन दिएका छन् । यस स्यान्डीबाट करिब छ करोड अमेरिकी नागरिक प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको अमेरिकी अधिकारीहरूले बताए । त्यसैगरी प्रारम्भिक अनुमान अनुसार यसबाट २० अर्ब अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेेको छ । स्यान्डीबाट फाइदा कसलाई ? सामुदि्रक आँधी विस्तारै रोकिएर मौसम सफा भएलगत्तै टीभी च्यानल र क्याफेहरूमा स्यान्डीबाट 'कसलाई' फाइदा भयो भन्ने चर्चा परिचर्चा सुरु भएको छ । धेरैले आँधीले बाराक ओबामाको गिर्राे साखलाई बचाएको टिप्पणी गरेका छन् । आफ्नो चुनावी अभियान स्थगित गरी राहत बन्दोबस्तमा जुटेकाले पनि यो तर्कलाई बल पुुगेको छ । बीबीसी अनलाइनका अनुसार स्यान्डी प्रभावित लगभग सबै राज्यमा डेमाक्रेटिक पार्टीको अत्यधिक समर्थक छन् । उनीहरू ओबामासँग पहिलेदेखि नै आक्रोशित छन् । आँधीका कारण कम्तीमा ४० हजार मानिस बिनाविद्युत्को जीवन बिताइरहेका छन् । वासिङ्टनमा टाइम्स अफ इन्डियाका संवाददाता चिदानन्द राजघट्टा भन्छन्, 'जुन लाखौं घरमा विद्युत् आपूर्ति हुन सकेको छैन, चुनावसम्म पनि त्यसलाई सुचारु गर्न सकिएन भने बाराक ओबामाको पक्षमा कम मतदान हुन सक्ने सम्भावना छ ।' उता उनका प्रतिद्वन्द्वी मिट रोम्नीले आँधी प्रभावित क्षेत्रका जनतालाई राजनीतिबाट माथि उठेर पीडितहरूका लागि सक्दो चन्दा संकलनमा जुट्न आग्रह गरेर धेरै मतदाताको मत जितेको दाबी समेत गरिन थालिएको छ ।


Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved