Headlines News :
Home » » यौन पेसामा विवाहित महिला धेरै

यौन पेसामा विवाहित महिला धेरै

Written By Unknown on Sunday, November 11, 2012 | 5:16 AM

राजविराज । यौन कार्यलाई नै पेसा बनाउने महिला यौनकर्मीको सङ्ख्या सप्तरीमा बढ्दै गएको छ ।कमजोर आर्थिक अवस्थाका कारण परिवारको अवश्यकता पूरा गर्न महिलाहरू यौन कार्यलाई पेसाका रूपमा अपनाएको पाइएको हो ।

हालै गरिएको एक अध्ययनअनुसार सप्तरीमा १ सय ९९ जना महिला यौनकर्मी सक्रिय यौन पेसामा लागेका छन् । राजविराज, रूपनी, भारदह, फत्तेपुर, कञ्चनपुरलगायतका ठाउँमा अत्यधिक सङ्ख्यामा महिला यौनकर्मी रहेको सो अध्ययनले देखाएको छ । सबैभन्दा बढी राजविराज बजारमा मात्रै ६२ जना महिला यौनकर्मी छन् ।

यौन कार्यलाई पेसाका रूपमा अँगाल्ने महिलामध्ये सबैभन्दा बढी २० देखि ३५ वर्ष उमेर समूहका छन् । यौन पेसामा सबैभन्दा बढी विवाहित महिला नै संलग्न छन् ।

कतिपयले आफ्नो यौन इच्छा पूरा गर्न पहिलोपटक सम्पर्कमा आएपछि पैसा पनि पाएकाले बिना मिहिनेत नै बढी आम्दानी हुने देखेर यौन कार्यलाई पेसाकै रूपमा अपनाएको पाइएको अध्ययनले देखाएको छ ।
स्कुल कलेजमा पढ्दै गरेका युवतीसमेत यौन धन्धामा लागेको पाइएको छ । यौन पेसामा लागेकामध्ये साथीहरूको सङ्गतका कारणले कतिपय युवती यौन कार्यलाई पेसाकै रूपमा अपनाएको सो अध्ययनले देखाएको छ
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved