Headlines News :
Home » » घोषणा गरेको डेढ बर्षपछि सुरु भयो रक्षा

घोषणा गरेको डेढ बर्षपछि सुरु भयो रक्षा

Written By Unknown on Saturday, November 10, 2012 | 1:46 AM


नायक राजेश हमालले चलचित्र ‘रक्षा’ मा काम गर्नका लागि संझौता गरेका एक बर्ष भैसकेको छ । छायांकार रामेश्वर कार्कीले पनि सिनेमा खिच्नका लागि संझौता गरेको डेढ बर्ष भैसकेको छ ।
तर चलचित्रका अधिकांश कलाकारले एग्रिमेन्ट गरेको डेढ बर्षपछि चलचित्र ‘रक्षा’ को छायांकन सुरु भएको छ । बस्नेत फिल्मस्को व्यानरमा तयार हुन लागेको यो चलचित्रलाई पबन बस्नेतले निर्माण गर्न लागेका हुन् । चलचित्रमा राजु गिरीको निर्देशन रहनेछ । चलचित्र रक्षामा राजेश हमाल, सुशान्त कार्की, आयुष फुयाँल, सुशिल पोखरेल, सारिका घिमिरे, एलिजा रिजाल लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द, रामेश्वर कार्कीको छायांकन रहनेछ । चलचित्रको सोमबारसम्म छायांकन गरी तिहारसम्मका लागि प्याकअप गरिने निर्देशक गिरीले बताए । चलचित्रको शनिबार ललितपुरको एक मन्दिरमा शुभमुहुर्त गरिएको छ । चलचित्रको शुभमुहुर्त सटको निर्देशन बसन्त निरौलाले गरेका थिए । पत्रकार संघका महासचिव लक्ष्मण सुबेदीले नरिबल फोडेको कार्यक्रममा चलचित्रका अधिकांश कलाकारको उपस्थिती थियो ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved