Headlines News :
Home » » गुगलले मानहानीको मुद्दा हार्‍यो

गुगलले मानहानीको मुद्दा हार्‍यो

Written By Unknown on Thursday, November 1, 2012 | 2:09 AM


अष्ट्रेलियाको एक अदालतले एक व्यक्तिको मानहानी मुद्दामा गुगललाई दोषी ठहर गरेको छ । गुगलविरुद्ध मिलोरडले मानहानीको मुद्दा हालेका थिए । गुगलको सर्च रिजल्टमा आफ्नो नाम र तस्वीर आउँदा आफ्नो मानीहानी भएको दावी गर्दै मिलोरड गुगुलविरुद्ध अदालत गएका थिए ।
गुगलको सर्चमा आफ्नो नाम र तस्वीर अपराधसँग जोडिएको र त्यसले आफ्नो प्रतिष्ठामा आँच पुगेको उनको दावी थियो । आफूले आफ्नो नाम र तस्वीर सर्च रिजल्टबाट हटाउन आग्रह गरेको तर, गुगलले नमानेको उनको भनाई थियो ।
६२ वर्षीय मिलोरडले यसअघि यस्तै मुद्दा याहूविरुद्ध पनि जितेका थिए । अदालतको फैसलाप्रति गुगलले कुनै टिप्पणी गरेको छैन । तर, गुगलले फैसलाविरुद्ध अपिल गर्न सक्नेछ । ‘सर्च रिजल्ट एक अटोमेटिक सफ्टवेयरमा आधारित हुन्छ र त्यसका लागि आफू जिम्मेबार हुन्न’ भन्ने गुगलको तर्कसँग भिक्टोरियाको सुप्रिम कोर्ट सहमत छ । तर, उजुरीपछि आफ्नो तस्वीर र नाम हटाउन सक्ने थियो तर, अटेर गरी हटाएर भन्ने मिलोरडको तर्कपनि अदालतलाई सही नै लाग्यो ।
यही कारण मिलोरडको मानहानीमा गुगल दोषी पाइयो । अब गुगलले मिलोरडलाई मानहानी वापत क्षतिपूर्ति दिनु पर्ने हुनसक्छ । यसबारे अदालतले फैसला सुनाउन बाँकी छ ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved