Headlines News :
Home » » परिचय फेर्दै गुगल

परिचय फेर्दै गुगल

Written By Unknown on Friday, November 2, 2012 | 12:09 AM


काठमाडौ, कार्तिक १७ - गुगललाई धेरैले सर्च इन्जिन, इमेल र मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडको कम्पनी भनेर चिन्छन् । तर पछिल्लो समयमा गुगल सफ्वेयरतिर मात्र रमाइरहेको छैन । हार्डवेयरको बिक्री गर्दै सफ्वेयरको व्यापार बढाउने उद्देश्यले गुगल यो रणनीतिमा लागेको हो । त्यसैले ऊ हार्डवेयरमा सफल भएको कम्पनी एप्पललाई पछ्याउँदै छ ।
हार्डवेयरमा अगाडि भएका कम्पनी एप्पलले हालै आइप्याड मिनी ल्यायो । योसँगै उसँग तीन आकारका टच स्त्रिmन डिभाइस भए । यसैलाई पछ्याउँदै गुगलले पनि तीन फरक आकारमा डिभाइस सार्वजनिक गरेको छ, सबैखाले ग्राहकलाई तान्न । हालै गुगलले १० इन्चको नेक्सस १० ट्याब सार्वजनिक गरेको छ ।
सामसुङसँग मिलेर यो बजारमा ल्याइएको हो । एलजीसँग मिलेर कम्पनीले नेक्सस ४ नामको नयाँ फोन सार्वजनिक यसै साता सार्वजनिक गर्ने भने पनि पश्चिमा क्षेत्रमा आएको सामुदि्रक आँधीका कारण केही पछाडि धकेलिएको छ । अर्कोतिर मोबाइल डाटा सेवासमेत लिन मिल्ने गरी कम्पनीले ७ इन्चको नेक्सस ७ सार्वजनिक गर्ने बताइसकेको छ ।
गुगलका नेक्सस सिरिजमा डिभाइनमा उसको पछिल्लो मोबाइल सफ्वेयर प्रयोग गरिएको छ । 'हामी अन्तर्राष्ट्रियस्तरको आकर्षक र संवेदनशील उत्पादन बनाइरहेका छौं,' गुगल एन्ड्रोइडका प्रोडक्ट व्यवस्थापन निर्देशक हुगो बाराले हालै भनेका छन् । माइक्रोसफ्टले पनि सानप|mान्सिस्कोबाट तत्काल विन्डोज ८ अपरेटिङ सिस्टम भएको फोन सार्वजनिक गर्ने भएको छ ।
विन्डोज ८ टच स्त्रिmन केन्दि्रत गरेर कम्पनीले ल्याएको पछिल्लो ओएस हो । आफ्नो सफ्वेयरको प्रयोग बढाउन गुगल, एप्पल, माइक्रोसफ्ट, अमेजनडटकमजस्ता कम्पनीले आफ्नै डिभाइस तयार गरिरहेका छन् । डिभाइस प्रयोगबाट ग्राहकले सेवा प्रयोग गर्दै एप्स, गीत, किताबहरू र अन्य सामाग्री किनून् भन्ने उसको मुख्य उद्देश्य हो ।
विश्लेषकहरू उपकरण बजारमा सार्वजनिक गर्दा सेवाको व्यापार पनि बढ्ने भएकाले कम्पनीहरू यता लागेको बताउँछन् । नेक्सस १० ट्याबलेटमा उच्च रेज्युलुसनको डिस्प्ले रहेको छ । नयाँ एन्ड्रोइड अपरेटिङ सिस्टम भएको यसमा भिन्दाभिन्दै युजर एकाउन्ट खोल्न मिल्छ । यो सेवा कतिपय आइप्याडमा समेत छैन ।
यो ट्याबबाट गुगल ९ दशमलब ७ इन्चको आइप्याडमार्फत एप्पलले बनाएको बजारमा प्रवेश गर्ने सम्भावना छ । ल्यापटप नकिनेर फुल साइज ट्याबलेट किन्नेका लागि यो छनोटको विषय बन्न सक्छ । आइप्याड एप्पलको सबैभन्दा छिटो बिक्री भएको उत्पादन हो । एप्पलले अहिलेसम्म १० करोड ट्याबलेट बिक्री गरेको छ ।
अमेजनको ८ दशमलब ९ इन्चका ट्याबलेट बजारमा पनि गुगलले आँखा गाडेको छ । गुगलले नेक्सस १० को मूल्य ४ सय अमेरिकी डलर तोकेको छ । यो आइप्याडभन्दा १ सय डलर सस्तो हो । सस्तो र पछिल्लो प्रविधि भएकाले गुगलका लागि अहिलेको बजार अवसर हुन सक्ने देखिन्छ । एप्पलले आइप्याडको मूल्यमा कुनै कटौती नगर्नुले गुगलको उत्पादनबाट अलिकति पनि नडराएको देखिएको छ ।
गुगलले भने आफ्नो उत्पादन बिक्रीबाट भन्दा बजार हिस्सा कायम गर्दै विज्ञापन र कन्टेन्ट बिक्री गरेर आम्दानी गर्ने योजना बनाएको छ । गुगललको नेक्सस ४ मा पनि पहिलको नेक्ससमा नभएका केही विशेषता छन् । यसमा वायरलेस चार्ज गर्ने सुविधा छ । यसमा उच्च गतिको प्रोसेसर र सुधारिएको स्त्रिmन छ ।
एजेन्सीको सहयोगमा

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved