काठमाडौँ- काठमाडौँको नयाँ बजार बस्ने अन्नपूर्ण सिलवाललाई सोमबार कहिले आउलाजस्तो लागेको छ। किनकि यो दिन उनी पशुपति मन्दिर अगाडि माग्न बसेका वृद्धवृद्धा भेट्न पाउँछिन्। उनीहरूलाई टन्न खुवाउँछिन् र आशीर्वाद पाउँछिन्। उनलाई यस्तो लाग्नु स्वाभाविकै पनि हो किनकि दुई वर्षदेखि हरेक महिनाको एक दिन उनी यसरी नै त्यहाँ बस्ने बूढाबूढीलाई खुवाउने गर्छिन्। केही बेर उनीहरूसँग भलाकुसारी गर्छिन् र फर्कन्छिन्।
करिब ५० जना वृद्धलाई खुवाउन पाउँदा निकै आनन्द महसुस हुन्छ, अन्नपूर्ण भन्छिन्- अब त हरेक महिना पशुपति पुगेर उनीहरूलाई खुवाउने तथा त्यतिबेला उनीहरूको मुहारमा छाउने खुशी देख्दा रमाउने बानी नै लागिसक्यो। बुढेसकालमा पनि माग्न बस्नुपर्ने अवस्थाका उनीहरूलाई खुवाउँदा जति आनन्द कहिल्यै नलागेको उनको भनाई छ। पर्वका दिनहरूमा भने उनले खानासँगै टीका लगाएर यथाशक्य दक्षिणासमेत दिने गरेकी छिन्।
यही कारण उनलाई अहिले त्यहाँ जम्मा हुने प्रायः सबै वृद्धवृद्धाले चिनिसकेका छन्। जब उनी नयाँ बजारबाट खानासहित ट्याक्सीमा आउँछिन्, सबै वृद्ध खुशी हुने गर्छन्। अनि पंक्तिबद्धरूपमा बस्छन् र मजाले खान्छन्। यतिबेला अन्नपूर्णलाई सघाउन उनका स्नातकोत्तर पढ्दै गरेका छोरा पनि सँगै हुनेछन्। हुन त पहिलेपहिले उनी पशुपति परिसरमै खाना बनाएर खुवाउँथिइन् तर त्यहाँ विभिन्न समस्या आइपरेपछि भने आफ्नै कोठाबाट बनाएर ल्याउने गरेको अन्नपूर्णको भनाई छ।
अन्नपूर्णको सहयोगी मन यतिमा सीमित छैन। दुःख पाएका मानिसलाई पनि सकभर केही दिन पाए हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ रे। यही कारण हो- उनले माओवादीको पालुङटार बैठकका बेला आफ्नो छोरो सम्झेर बेहोस भएकी महिला समुद्रकुमारी गन्धारीलाई काठमाडौं बोलाएर १० हजार रुपियाँ दिइन्। अनि संखुवासभाका रामचन्द्र कटुवालकी छोरीलाई साथीसँग संयुक्तरूपमा १६ हजार रुपियाँ उपलब्ध गराइन्। पेटको आकार ठूलो भएर दुःख पाइरहेकी उनलाई उपचारमा सहयोग पुगोस् भनेर अन्नपूर्णले यस्तो सहयोग दिएकी थिइन्।
सानोतिनो नै किन नहोस्, उनले गरेको सहयोगबाट धेरैले राहत पाएका छन्। भारतमा कामको सिलसिलामा खुट्टा काटिएका काभ्रे पनौतीका राजन खतिवडालाई एक महिनाको उपचार खर्चवापतको रकमसमेत सहयोग गरेकी अन्नपूर्णले गोरखाको लुकबारीबोट, रानागाउँका श्रमिक सुकबहादुर बरालकी श्रीमतीको उपचारका लागि रगत किन्न आवश्यक ५ हजार रुपियाँ पनि सहयोग गरिन्। खासगरी पत्रिकामा आएका पीडायुक्त समाचारका आधारमा आफूले खोजीखोजी सकेको सहयोग दिने गरेको भनाई उनको छ।
अमेरिकाको पेन्सिलभेनियामा सामान्य श्रम गर्ने पति दीप सिलवालले पठाउने गरेको घर खर्चबाट कटाएर आफूले यस्तो सहयोग गर्ने गरेको भनाई पनि छ अन्नपूर्णको। न कुनै संघ/संस्था, न कुनै च्यारिटी, व्यक्तिले आफूले पाउने सामान्य पारिश्रमिकबाट दीनदुःखीलाई थोरै नै किन नहोस्, सहयोग गर्न पाउँदा निकै आनन्द आउनु नै यसरी सहयोगलाई निरन्तर राख्नुको कारण भएको अन्नपूर्णको भनाई छ। यो कार्यमा आफूसँगै बस्ने छोराले पनि भरपुर सघाउने गरेका अन्नपूर्ण बताउँछिन्।
उनले गएको दशैंमा मात्र आफ्नो क्षेत्रमा भेटिएका १५ जना सडक बालबालिकालाई टन्न मासुभात खुवाइन् भने गत वर्ष नेपालटारस्थित शान्ति आराधना चर्चका ६ जना अनाथलाई जाडोको कपडा प्रदान गरेकी थिइन्। यसैगरी बालाजुस्थित जागृति टोलका ६ जना विपन्न बालबालिकालाई पनि जाडोमा लगाउने कपडा दिएकी थिइन्।
आफूलाई सधैं केही न केही सहयोग गरौं गरौं लाग्ने बताउने अन्नपूर्णले लोकन्थलीस्थित लाइफ भिजन स्कुलका ५० जना विद्यार्थीका लागि एक बोरा चामल र एक बोरा दालसमेत किनिदिएकी थिइन्। उनी आफ्नो जानकारीमा आएका समस्या समाधानका लागि ठूलो नभए पनि सानोतिनो सहयोग जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गर्छिन्। धेरै मानिससँग धन हुन्छ तर मन हुँदैन। तर हेटौंडाबाट आएर कोठामा बस्दै गरेकी अन्नपूर्ण खासै धन भएकी मानिस हैनन, तर उनको मन छ। त्यसैले आफूलाई यस्ता कार्यमा हौस्याउने पतिलाई धन्यवाद दिँदै उनी भन्छिन्- गर्न त के नै सकिएको छ र? आखिर मनै त हो। सबैको मन अन्नपूर्णकै जस्तो भए...।

No comments:
Post a Comment