भक्तपुर, कार्तिक १० - एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले अब संविधानसभाको पुन: निर्वाचनको तयारीमा जुट्ने बेला आएको बताएका छन् ।
बिहीबार साँझ भक्तपुर नगरपालिका–१७ तेखापुखुमा इन्द्रेणी सांस्कृतिक समाजले आयोजना गरेको १२ औँ नेपाल भाषा सम्मेलन एवम् सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उनले राष्ट्रपतिसँग भएको भेटघाटमा अब निर्वाचनमा जाने र यसका लागि दलहरुबीच सहमति कसरी गर्ने भन्नेबारे छलफल भएको र राष्ट्रपति पनि निर्वाचनमा जानका लागि सकारात्मक रहेको बताए ।
अध्यक्ष दाहालले नेपालका सबै भाषाभाषी, दलित, उत्पीडित वर्गको पहिचान दिने गरी संविधान बन्ने या नबन्ने भन्नेबारे अन्योल जारी नै छ भन्दै सोका लागि एमाओवादी अन्तिम समयसम्म लडिरहने दृढता व्यक्त गरे । राति अबेरसम्म सांस्कृतिक कार्यक्रम गरिएको थियो । 



No comments:
Post a Comment