भनिन्छ, जीवन जिउनका लागि एउटा महत्वपूर्ण आवश्यकता सेक्स पनि हो । सेक्स प्रकृतिले नै दिएको चिज पनि हो । धेरै भन्ने गर्छन सेक्क विनाको जीवन अधुरो रहन्छ । कतिले त सेक्सलाई कुनै चिजसंग पनि तुलनै गर्न नसकिने भन्छन् । तर जे होस सेक्स सवैको आवश्यकता हो । तर नेपाली चलचित्रका नायक नायिका हरु आजभोली सेक्सका विषयमा निकै खुलेका छन् । नायिका नीता ढुंगानाले सेक्सलाई रमाइलो ढंगले परिभाषित गरेकी छिन्।
एक पत्रीकासंगको कुराकानीमा उनीले जसरी मानिसलाई नियमित रूपमा पटक पटक ट्वाइलेट गइरहनुपर्छ, त्यसगरी सेक्स पनि प्राकृतिक आवश्यकता भएको बताएकी छिन्। नीताले चपली हाइटपछि आफूलाई पनि यौनजन्य चलचित्रमा अभिनय गर्ने प्रस्ताव आएको तर त्यसलाई आफूले अस्वीकार गरेको बताएकी छिन्।
उनले चलचित्रमा मात्र होइन, अन्य सञ्चारमाध्यममा पनि सेक्सलाई बढी फोकस गर्न थालिएकोमा चिन्तासमेत व्यक्त गरेकी छिन्। चलचित्रमा मात्र होइन, अरू माध्यममा पनि सेक्सको वाहियात लाग्ने गरी चर्चा गरिन्छ,’ नीताले भनेकी छिन्— सेक्स ट्वाइलेट जानुजस्तै प्राकृतिक कुरा हो।



No comments:
Post a Comment