३ कात्तिक, काठमाण्डौं । चीनको ग्वान्झाओमा जारी एसीसी २०/२० एसियाकप क्रिकेट प्रतियोगिताको आज सम्पन्न खेलमा नेपालले चीनसँग पराजय बेहोरेको छ ।
चीनले नेपाललाई ४५ रन अन्तरले पराजित गरेको छ ।
प्रतियोगितामा टस हारेर व्याटिङको निम्तो पाएको चीनले निर्धारित २० ओभरको खेल खेल्दै २ विकेटको क्षतिमा ९२ रन बनाएको छ ।
जवाफि व्याटिङमा उत्रिएको नेपालले १९ ओभर खेल्दै सवै विकेट गुमाएर ४७ रनमा समेटिएको थियो । प्रतियोगितामा यसअघि पनि दुई खेलमा पराजय भोगेको नेपाल समूह चरणबाटै बाहिरी सकेको छ ।


No comments:
Post a Comment