Headlines News :
Home » » दसैँभर चार हजार चालकमाथि कारबाही

दसैँभर चार हजार चालकमाथि कारबाही

Written By Unknown on Monday, October 29, 2012 | 1:46 AM


१३ कात्तिक, बुटवल । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले मातहत रहेका जिल्लामा नेपालीहरुको महान दसैँ अवधिभर ट्राफिक नियम उल्लङ्घन गर्ने झन्डै चार हजार सवारी साधनलाई कारबाहीमा गरेको छ । प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ती सवारी साधनबाट सो अवधिमा झन्डै रु सात लाख राजस्व सङ्कलन गरेको छ ।
पश्चिम क्षेत्रका १६ जिल्लाको ट्राफिक व्यवस्थापनका क्रममा तीन हजार ९३५ सवारी साधन कारबाहीमा परेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सो अवधिमा कारबाहीमा परेका ती सवारी साधनबाट रु छ लाख ९४ हजार ६०० जरिवानावापत राजस्व सङ्कलन गरेको जनाएको छ । ती जिल्लाहरुमा पर्ने महत्वपूर्ण पूर्व-पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्गलगायत पहाडी जिल्लाका सडकहरुमा प्रहरीले दसैँको बेला कात्तिक ५ गते देखि ११ गतेसम्म चालकमाथि विशेष निगरानी राखेको थियो ।
सो अवधिमा एक हजार २७७ ट्रकलाई सवारी ऐन उल्लङ्घन गरेकामा कारबाही गरिएको थियो । सो बापत रु दुई लाख १५ हजार २५० राजस्व असुल भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक ज्ञानु पाण्डेले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई पनि सवारी ऐनअनुसार कारबाही गरेको थियो । सो अवधिमा मादकपदार्थ सेवन गर्ने ६४ जना चालकलाई कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । रासस


Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved