Headlines News :
Home » » ओलम्पिक अधिकारीको शव सात दिनदेखि एयरपोर्टमै अलपत्र

ओलम्पिक अधिकारीको शव सात दिनदेखि एयरपोर्टमै अलपत्र

Written By Unknown on Sunday, October 28, 2012 | 10:58 AM


२ कात्तिक, काठमाण्डौ । पारा ओलम्पिकमा भाग लिन लण्डन पुगेरै उतै आत्महत्या गरेका नेपाली अधिकारी मानबहादुर लोप्साङको शव सात दिनदेखि त्रिभुवन बिमानस्थलमा अलपत्र परेको छ ।
आत्महत्या गरेको करिव एक महिनापछि लोप्साङको शव अघिल्लो आइतवार शिल्क एयरमार्फत त्रिभुवन बिमानस्थल ल्याइएको थियो । सामान्यतयाः शव बुझ्न परिवारका आफन्त र समन्धित निकाय बिमानस्थल पुग्ने गरेपनि अभागी लोप्साङको शवले त्यो अबसर पनि पाएन् । अहिले लोप्साङको शव बिमानस्थलभित्रै लगेज लिने कक्षको एक छेउको कुर्सीमाथि अलपत्र अबस्थामा लडिरहेको छ ।
लोप्साङले परिवारले शव बुझ्न नमानेका कारण शव उठाउन नसकिएको ओलम्पिक कमिटि स्रोतले जानकारी दियो । आफ्नो पिताको मृत्युको कारणबारे नेपाल ओलम्पिक कमिटिले परिवारलाई ठोस जानकारी नदिएका कारण शव बुझ्न नगएको लोप्साङका छोरा शान्तबहादुरले बताए ।
अराइभल कक्षमै शव अलपत्र राख्दा बेइज्यत भएको भन्दै शिल्क एयरले हटाउनका लागि प्रहरी र सम्बन्धित निकायलाई खवर गरेको बताएको छ । तर सात दिन बित्दा पनि लोप्साङको शव अलपत्र परिरहेको छ ।
नेपाली अधिकारीको हैसियतमा लण्डन पुगेका लोप्साङका दुवै छुट्टा चल्दैनथे । नेपाल र्फकने क्रममा एयरपोर्टबाटै गायव भएका उनले अर्कोदिन आफु बसिरहेको ओलम्पिक भिलेज पुगेर आत्महत्या प्रयास गरेका थिए । गम्भीर अबस्थामा भेटिएका उनलाई प्रहरीले अस्पताल भर्ना गरेको थियो, जहाँ उनको निधन भयो ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved