Headlines News :
Home » » भारतीय मन्त्रीहरूद्वारा राजिनामा

भारतीय मन्त्रीहरूद्वारा राजिनामा

Written By Unknown on Saturday, October 27, 2012 | 1:41 PM


नयाँदिल्ली, कार्तिक १२ - भारत को केन्द्रीय मन्त्रिमण्डलमा परिवर्तनको सम्भावनासँगै मन्त्रीहरूद्वारा राजिनामा सुरु भएको छ । सात मन्त्रीले राजिनामा दिइसकेका छन् । सन २०१४ को निर्वाचनमा यो सरकार नयाँ टिमसँग जान चाहेको संकेत दिएको छ ।
सताधारी काँग्रेस पार्टीका महासचिव राहुल गाँधीले गत साता यस बारे प्रधानमन्त्री मनमोहन सिंहसँग छलफल गरिसकेका छन् । विदेशमन्त्री एसएम कृष्णा, सूचना एवं प्रसारण मन्त्री अम्बिका सोनी, ग्रामीण विकास राज्यमन्त्री अगाथा संगमा, जल संशाधन राज्यमन्त्री विंसेंट पाला, पर्यटनमन्त्री सुबोधकान्त सहाय, सामाजिक न्याय मन्त्री मुकुल वासनिक र राज्यमन्त्री महादेव खन्डेलाले शनिबार राजिनामा दिएका छन् । सरकारले उनीहरूको राजिनामा स्विकृत गरेको छ । अझैं थप मन्त्रीले राजीनामा दिने सम्भावना छ ।
विदेशमन्त्री कृष्णाले शनिबार राजिनामापछि बढीभन्दा बढी युवाले अवसर पाउनु पर्ने चाहना राखेको सञ्चारकर्मी माझ बताए । पार्टीले दिने जिम्मेबारी पूरा गर्न तयार रहेको उनले स्पष्ट गरेका छन् । उनले आफ्नो कार्यकालमा गतिरोध सम्बन्धी मुद्दा छाडेर अघि बढेको हुनाले भारत र पाकिस्तानबीच सम्बन्ध राम्रो रहेको उल्लेख गरे ।
मन्त्री सोनी र वासनिकले अब संगठनका लागि काम गर्ने इच्छा व्यक्त गरेका छन् । नयाँ फेरबदलअनुरूप वाणिज्य एवं उद्योग मन्त्री आनन्द शर्मा, कानुन मन्त्री सलमान खुर्शिद पा दुरसञ्चार मन्त्री कपिल सिब्बललाई विदेशमन्त्री बनाउने सम्भावना छ । बाह्य मुलुकसँग सम्बन्ध विस्तारलाई आधार मान्दा प्रतिस्पर्धामा शर्मा अगाडि छन् ।
पाकिस्तानसँग व्यावपारिक सम्बन्ध सुधारको श्रेय उनलाई नै जान्छ । गैर सरकारी संस्थाको विवादमा खुर्शिद अल्झेका छन् भने सिब्बलको विदेश अनुभव शर्माभन्दा कम छ । शर्माले सम्हालेको मन्त्रालय सहरी विकास मन्त्री कमलनाथ वा ग्रामीण विकास मन्त्री जयराम रमेशले पाउने अनुमान गरिएको छ । मन्त्री कमलनाथले संसदीय कार्य मन्त्रालय पनि पाउने प्रबल सम्भावना छ । खेलमन्त्री अजय माकनले सूचना प्रसारण मन्त्रालय पाउने संकेत छ ।
भारत ीय काँग्रेसकी अध्यक्ष सोनिया गाँधीले शनिबार प्रधानमन्त्री मनमोहन सिंहसँगको भेटमा मन्त्रीहरुलाई दिइने विभाग बारे छलफल गर्ने अनुमान गरिएको छ । हाल पार्टीका महासचिव राहुल गाँधीलाई कार्यकारी अध्यक्ष वा उपाध्यक्ष बनाउने खबरहरूमा जनाइएको छ । यो ताजा घटनाक्रमसँगै आइतबार भारत मा मन्त्रीमण्डलको विस्तार र परिवर्तन निश्चित देखिएको छ । यो परिवर्तनमा पश्चिम बंगालले बढी महत्व पाउने सम्भावना छ । तृणमुल काँग्रेसले सरकार छाडेपछि पश्चिम बंगालमा काँग्रेसले आफूलाई सशक्त बनाउन चाहेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved