Headlines News :

Latest Post

Showing posts with label International News. Show all posts
Showing posts with label International News. Show all posts

साउदीमा नेपालीले बाख्रा हराएपछि दुई बर्ष जेल

Written By Unknown on Sunday, November 11, 2012 | 1:35 AM


साउदी अरबको इराक र जोर्डनको सीमा नजिक रम्फा भन्ने ठाउँमा गोठालोका रुपमा काम गर्ने एक नेपालीले बाख्रा हराएकामा २ बर्ष जेल सजाय भोग्नु परेको छ । आरोपित जितबहादुर दमाईले ७५ हजार रियाल पनि जरिवाना तिर्नुपर्ने सजाय सुनाईएको छ ।
सयौं बाख्राका एक्ला रेखवाला दमाई दुई बर्षदेखि साउदी जेलमा छन् । ‘म बाख्रा चराईरहेको थिए । साहुले पठाएको भन्दै एउटा अरबी बाख्रा लिन आयो’ दमाईको भनाई उदृत गर्दै साउदीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले भने, ‘मैले साहुले केही नबताएको भन्दा पनि तिमी हाम्रो कामदार हो । बढो ठूलो बन्ने होइन भन्दै आधा बाख्रा लिएर गयो ।’ उसले जर्बजस्ती आधा बाख्रा लिएर गएपछि दमाईले तुरुन्दै साहुलाई जानकारी दिए । ‘साहु तुरुन्तै प्रहरीलाई लिएर भेडीगोठ आईपुग्यो,’ दमाईको भनाई थियो । ‘साहुले मेरो मिलेमत्तोमा बाख्रा बेचेको आरोप लगाएर प्रहरीको जिम्मा लगायो, केही समयपछि बाख्रा लाने खरबी पनि पक्राउ पर्यो ।’
चोरी मुद्दामा जेल परेका उनको जेल समय भुत्तान भएपनि अदालतले सुनाएको जरिवाना तिर्न नसक्दा उनी जेलमै रहेको छ ।

केही यस्ता तस्वीर, जसले इतिहास रच्यो !


बल्र्ड प्रेस फाटो कन्टेस्ट २०१२ मा आएका तस्वीरहरुले हरेकलाई छोएको छ । प्रतियोगितामा हजारौं फोटोग्राफरले १ लाखभन्दा बढी तस्वीरहरु पठाएका थिए । युक्रेनका लागू औषध दुब्यसनीमा फसेकी सेक्स बर्कसदेखि जापानी सुनामीपछि हातमा आफ्नो छोरीको सर्टिफिकेट आमाको तस्वीरले जन्दगीको अनेक रुपलाई देखाएको छ । लण्डनको साउथ बैँक सेन्टरमा लाखौंबाट छानिएर अबार्ड जितेका तस्वीरहरुको प्रर्दशनी भएको छ ।
सबै तस्वीर सन् २०११ मा क्यामरामा कैद भएका हुन् । सर्वश्रेष्ठ फोटो ग्राफरका अवार्ड स्पेनिस स्यामुअल अरान्डाले हात पारे । उनले यमन सरकारविरोधी प्रदर्शनका क्रममा हानिएको असुर ग्यासमा रुमल्लिएका आफ्ना छोरालाई आँगालेकी एक आमाको तस्वीरका लागि पुरस्कार आएका हुन् । आउनुस् हामी पनि हेरौं सन् २०११ का उत्कृष्ट तस्वीरहरु ।
१. युक्रेनका लागू औषध दुब्यसनीमा फसेकी सेक्स बर्कस त्यसबेला मानिसहरुको आकर्षणको केन्द्र बनिन्, जब चुरोट तान्दै गरेको उनको तस्वीर फोटो ग्राफर ब्रेन्ट स्टिन्टर्नले आफ्नो क्यामारामा कैद गरे ।
२. सानै उमेरका बच्ची बाबुको उमेरका मानिसहरुसँग विवाह गर्ने गलत परम्परालाई देखाउँछ यो तस्वीरले । स्टेफेनले खिचेको यो यमनको तस्वीरले कन्टेम्प्रोरी इस्युमा पहिलो पुरस्कार पाएको छ ।
३. सेनेगलमा आयोजित फेसन शोका क्रममा लुगा सिलाउने ‘दर्जी’ का अगाडी एक मोडलले दिएको पोज । विन्सेन्टको यो तस्वीरले आर्ट एण्ड इन्टरटेन्टमेन्ट क्याटागोरीमा दोस्रो पुरस्कार हात पारेको छ ।
४. सीबड्सको अण्डा खोज्न खतरनाक पहाडमा चढेको पोलर बीयरको तस्वीर फोटो ग्राफर जेन्नी ए रोजले आफ्नो क्यामरामा कैद गरेका हुन् । यो तस्वीरले न्याचुरल सिंगल्स क्याटगोरीको पहिलो पुरस्कार पाएको छ ।
५. रुसको एक रेष्टुरेन्टमा गीत गाउँदै गरेकी गायिकाको यो तस्वीरले आर्ट र एन्टरटेन्टमेन्ट क्याटगोरीमा पुरस्कार पाएको छ । तस्वीर रोब होर्नसट्राको खिचेका हुन् ।
६. उत्तर कोरियाको राजधानी प्याङयाङस्थित एक भवनमा राखिएको संस्थापक नेता किम द्धितिय सुङ्गको तस्वीर । डमिर सागोल्जीको यो तस्वीरले डेली लाइफ विधामा पहिलो पुरस्कार हात पारेको छ ।
७.  लिबियाको बिद्रोहीविरुद्ध सेनाले बल प्रयोग गर्दाको तस्वीर ।
८. वर्षाका बीच भएको रग्बी खेलको भिडन्त ।
९.जुलाई २०११ मा चीनको शांघाईमा भएको बल्र्ड एक्युटिक्स याम्पियनसिपको क्रममा ड्राइभ अभ्यासको क्रममा खिचिएको तस्वीर । एडम पि्रटीको तस्वीरले स्पोटर्स स्टोरीमा दोस्रो पुरस्कार पाएको छ ।
१०.केन्यामा गैंडाको संख्यामा कमी आएको छ । यसको कारण बढ्दो चोरी शिकार । शिकारीहरुबाट बचाउन अब त्यहाँ गैडालाई सशस्त्र सुरक्षा गाडी राख्न थालिएको छ ।
११.जापानमा आएको सुनामी आँधीपछिको तस्वीर । तस्वीरमा एक आमा आफ्नो छोरीको ग्राजुएसन सर्टिफिकेट देखाएरहेका छिन् ।
१२. यमन सरकारविरोधी प्रदर्शनका क्रममा हानिएको असुर ग्यासमा रुमल्लिएका आफ्ना छोरालाई आँगालेकी एक आमाको तस्वीर । स्यामुअल अरान्डाले यही तस्वीरका लागि सर्बश्रेष्ठ फोटोग्राफरको पुरस्कार पाएका हुन् ।

बर्मामा शक्तिशाली भूकम्प, ६ को मृत्यु


२६ कात्तिक, काठमाडौं । बर्मामा आइतबार ६ दशमलव ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समाचार एजेन्सीलाई उदृत गर्दै एपीले जनाए अनुसार कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
बर्माको मध्य भागतिर स्थानीय समयअनुसार बिहान पौने ८ बजे गएको भूकम्पको धक्का छिमेकी देश थाइल्याण्डमा समेत महसुस गरिएको थियो ।
भूकम्पको केन्द्र बर्माको दोस्रो ठूलो शहर मन्डाले शहरबाट करिब १ स य १७ किलोमिटरको दूरीमा जमिनभन्दा १० किलोमिटर तल रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
भूकम्पका कारण भौतिक संरचनाहरुमा क्षति पुगेको छ भने थुप्रो बौद्ध गुम्बा र स्तुपाहरु समेत भत्किएको अधिकारीहरुले बताएका छन् ।

टर्कीमा विमान दुर्घटना, १७ सैनिकको ज्यान गयो

Written By Unknown on Saturday, November 10, 2012 | 2:26 AM


एजेन्सी, कार्तिक २५ । टर्कीको दक्षिणपूर्वी सिर्त प्रान्तमा हेलिकप्टर दुर्घटनामा परी १७ जना टर्कीस सेनाको मृत्यु भएको छ । सिर्तका गभर्नर अमद आइदिनले मारिनेहरु सेनाको विशेष फोर्सका सदस्य रहेको जनाएका छन् ।

बाक्लो हुस्सु लागेको पहाडि क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको बताइएको छ । टर्कीस सेना कुर्दिस विद्रोहीविरुद्ध दक्षिणपूर्वी क्षेत्रमा सक्रिय छन् ।

खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

सबै नेपाली काममा फर्किए, ३ सयभन्दा बढी पाकिस्तानी घर


काठमाडौं, कार्तिक २५ – खाना खाने बेला मेसमा पालो मिचेको विषयलाई लिएर साउदी अरबीको एक कम्पनीमा भएको झगडापछि क्याम्पबाहिर बसेका नेपाली काममा फर्केका छन् । नेपालीसूग झगडा गर्ने तीन सयभन्दा बढी पाकिस्तानीलाई भने कम्पनीले घर पठाइदिएको छ । राजधानी अवुधाबीको हमिमस्थित ग्यास उद्योगका लागि काम गर्ने डोड्सल इन्जिनियरिङ कम्पनीमा नेपाली र पाकिस्तानीबीच झगडाले हिंसात्मक रूपमा लिन थालेपछि कम्पनीले २ सय ३० भन्दा बढी नेपालीलाई सुरक्षाका लागि टाढाका चारवटा क्याम्पमा राखेको थियो ।
राजधानीबाट २ सय किमिभन्दा टाढा राखिएका सबै नेपाली कामदारहरू काममा फर्किसकेको त्यहाू कार्यरत नेपालीले जनाएका छन् ।    ’हामी सबै फर्केर काम गरिरहेका छौं, हामीसूग झगडा गर्ने पाकिस्तानीलाई कम्पनीले घर पठाइदियो,’ कम्पनीमा कार्यरत ओख्रे- ६, तेह्रथुमका खगेन्द्र लिम्बुले भने, ‘अहिले त कम्पनीमा कुनै पाकिस्तानी पनि देखिूदैनन् ।’ नेपालीहरू एक सातापछि काममा फर्किएका थिए भने पाकिस्तानीलाई पालैपालो गरी घर पठाइदिएको उनले बताए ।
मेसमा थाल लिएर पालो बसिरहेका बेला एक पाकिस्तानी बीचमा घुस्दा नेपालीले आपत्ति जनाएपछि ती पाकिस्तानीले हातको रित्तो थालले हान्दा घटनाले उग्ररूप लिएको थियो । घटनाको भोलिपल्ट नेपाली मिलेर पाकिस्तानीलाई कुटेका र त्यसपछि सोही कम्पनी र अन्य कम्पनीका पाकिस्तानी मिलेर पटक- पटक नेपालीलाई कुट्न थालेपछि घटनाले उग्ररूपमा लिएको थियो ।
‘नेपालीको पक्ष लियो भनेर पाकिस्तानीहरूले अरू देशकासूग पनि झगडा गर्न थालेपछि कम्पनीले घर पठाइदिएको हो,’ नौसार, लमजुङका लालबहादुर किसानले भने,  ‘कम्पनीमा १२ जनाजति ग्रुप फोबाट नेपाली सेक्युरिटी पनि ल्याएर राखेको छ ।’ कम्पनीले ओटीसमेत बढाइदिने भनेर नेपालीलाई आश्वासन दिएको उनले सुनाए ।
अवुधाबीस्थित नेपाली दूतावासले घटना साम्य भइसकेको जनाउूदै नेपाली इमान्दार र लगानशील भएकाले कम्पनीले सुरक्षित राखेर काममा पुनः फर्काएको जनाएको छ । ‘नेपालीहरू इमान्दार र अरूभन्दा ‘लेस प्राब्लोम्याटिक’ -कम समस्यायुक्त) भएकाले सकुशल काममा फर्काएर राखेको छ,’ दूतावासले भनेको छ, ‘अहिले कसैबाट पनि फेरि समस्या पर्‍यो भनेर खबर आएको छैन ।’

विद्यालयको कार्यक्रम सकिएपछी आफ्नै अफिसमा आत्महत्या गरिन् विद्यालयकी प्रअले

Written By Unknown on Thursday, November 8, 2012 | 2:53 AM

क प्राथमिक विद्यालयकी प्रध्यानाध्यापिकाले आफ्नै अफिसमा झुण्डिएर आत्महत्या गरेकी छिन् । प्राथमिक विद्यालय खुलेको ६ महिनापछी यस्तो घटना भएको हो । विद्यालयमा भएको एक कार्यक्रममा सहभागी भएपछी ४३ वर्षीय प्रधानाध्यापिका हेलेन मनले आफ्नै अफिसमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । यो घटना ओरचेस्टरमा स्थानीय समय अनुसार ४:२० मा भएको थियो ।
हेलेनलाई झुण्डिएको अवस्थामा देखेपछि उनका समकक्षीहरूले एम्बुलेन्स बोलाएका थिए तर एम्बुलेन्स र डाक्टर आइपुग्दा उनले यो संसारबाट बिदा लिइसकेकी थिइन् ।
उक्त विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकलाई मेसेज पठाएर विद्यालय बिहिबारसम्म बन्द रहने बताइएको छ । उक्त मेसेजमा उक्त घटनालाई गम्भिर दुर्घटनाको संज्ञा दिइएको छ ।
हेलेनका सौतेला बाबु केनेथले हेलेनले गरेको आत्महत्याले पुरा परिवार नै स्तब्ध र अचम्मित भएको बताएका छन् । उनले हेलेनले आफ्नो जिवन आफ्नै तरिकाले जिएको र आफ्नै तरिकाले समाप्त गरेको समेत बताएका छन् । हेलेनका १३ वर्षीय र १० वर्षीय दुई छोराहरू रहेका छन् ।
हेलेनका पतिले आत्महत्याको कारणबारे आफूले थाहा पाउन नसकेको बताएका छन् । हेलेन निकै प्रिय पात्र भएको र सबैलाई उनलाई मन पराउने उनको भनाई थियो

‘ओबामा र रोम्नी’ एकै आमाका सन्तान


अमेरिका राष्ट्रपति निर्वाचनमा बाराक ओबामा र मिट रोम्नीबीचको प्रतिस्पर्धाको चर्चा केन्यामा अमेरिकाको भन्दा कम भएन । यति सम्मकी केन्याली आमाबाबुले आफ्ना नवजात सन्तानको नाम ओमाबा र रोम्नी राख्ने होड नै चल्यो ।
पश्चिमी केन्याको न्यानजा प्रान्तको एक अस्पतालमा थुपै आमाबाबुले बच्चाको नाम ओबामा राखेका छन् । तर, मिसिलसेन्ट अबूरले जब जुम्ल्याह छोरा जन्माइन, उनले आफ्ना सन्तानको नाम आबामा र रोम्नी राखेका छन् । अबूर २० वषर्ीय गृहिणी हुन् । उनले भनेकी छिन्-’मैले पहिलो बच्चाको नाम ओबामा र दोस्रोको रोम्नी राखेको छु । अमेरिकी चुनावमा दुई बीचको गरेको प्रदर्शन जस्तै ।’
अर्की महिला अकिन्यीले आफ्नो बच्चा ठूलो भएपछि ओबामा जस्तै बनेको देख्न चाहेको बताएकी छिन् । बीबीसीका अनुसार अफ्रिकी देश केन्यामा ओबामाको दर्जा कुनै रकस्टारको जस्तै भएको छ ।
सन् २००८ मा बाराक ओबामाले अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि एक बीयरको नाम राखिएको थियो । आबामा राष्ट्रपति बन्नु अघि उक्त वियरको नाम ‘सिनेटर’ राखिएको थियो ।

अमेरिकी राष्ट्रपतिमा पुनः ओबामा निर्वाचित

Written By Unknown on Wednesday, November 7, 2012 | 2:55 AM


२२ कात्तिक, काठमाण्डौ । अमेरिकी राष्ट्रपतिमा बाराक ओबामा दोस्रो पटक निर्वाचित हुनु भएको छ । डेमोक्रयाट् उम्मेदवार ओबामाले रिपब्लिक पार्टीका उम्मेदवार मिट रोम्नीलाई पराजित गर्नुभएको हो । जितका लागि चाहिने २ सय ७० मतमध्ये कुल कुल ५ सय ३८ इलेक्ट्रोल मतमा डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति ओबामाले मतगणना जारी रहँदासम्म ३०३ इलेक्ट्रोल मत पाउनु भएको छ भने रोम्नीले २०६ मत पाएको बीबीसीले जनाएको छ। अझै २९ इलेक्ट्रोल मत गणना हुन बाँकी छ । अघिल्लो साता आएको आँधी स्याण्डीका कारण ओबामालाई जित्न कठिन हुने अनुमान गरिएको भएपनि उहाँले भारी मत अन्तरमा जित्नु भएको हो । 
ओबामाको पुनः जीतसँगै उनको चुनावी अभियान कार्यालयमा हजारौं सर्मथकहरुले खुसीयाली मनाइरहेका छन् । ओवामाले क्लालिफोर्निया, ओरेगन, न्युयोर्क, ओहायो, आईवा, विसकन्सिस, कोलोराडो, न्यु मेक्सीको लगायतका क्षेत्रमा जित हासिल गर्नु भएको छ । जित हासिल गरे लगत्तै रोम्नीले ओबामालाई टेलिफोन गरी विजयी भएकोमा बधाई दिनु भएको थियो ।
जितपछि सम्वोधन चिकागोमा आफ्ना समर्थकलाई सम्वोधन गर्दै राष्ट्रपति बाराक ओबामाले आफ्नो जित राष्ट्रकै जित भएको वताउनुभयो । उहाँले आफु सवै जनताको साथ लिएर अघि वढ्न चाहेको वताउनुभयो । ओबामाले मुलुकलाई कसरी अघि वढाउन भन्नेवारेमा रोम्नीसंग छलफल तथा सल्लाह सुझाव लिएर अघि वढ्ने प्रतिवद्धता जनाउनु भयो । ओबामाले  दुवै डेमोक्रयाट् र रिपब्लिकन पार्टीका नेताहरुसंग मिलरे मुलुकका सामू रहेका चुनौति सामना गर्न रणनीति तयार गर्ने वताउनुभयो । ओबामाले भन्नुभयो,’हामीले अहिलेसम्म जति प्रगती गरेका छौ । अब अघि वढ्न हामीसंग अझै चुनौति छ । चुनौतिको सामना तपाई हामी मिलेर गर्नुपर्छ ।’
राष्ट्रपतिमा पराजित भए लगत्तै बोष्टनमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै रोम्नीले दोस्रो कार्यकालका लागि निर्वाचित भएकोमा ओबामालाई बधार्इ तथा कार्यकालको शुभकामना दिदै मुलुकका सामू रहेका मूख्य चुनौतीहरुको सामना गर्दै अघि वढ्न आग्रह गर्नु भयो । रोम्नीले भने,’निर्वाचनको मत हाम्रो पक्षमा परेन । तैपनि मलाई के विश्वास छ भने हामीले सिद्धान्तमा जित हासिल गरेका छौँ । त्यसैले म के विश्वास दिलाउन चाहान्छु भने म तपाईहरुको चाहान र आशालाई मर्न नदिन फरक दिशावाट काम गर्छु ।’
रोम्नीले सन् २००८ मा ओबामाले जितेका राज्यहरु नर्थ क्यारोलिना र इन्डियानामा जित हासिल गरे ।  माथिल्लो सदन सिनेटमा डेमाक्रायाट्ले आफ्नो पकडलाई कायमै राखेको छ । तर तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा भने विपक्षी रिपब्लिकन पार्टीले आफ्नो पडक वलियो वनाएको छ । सिनेट अर्थात माथिल्लो सदनमा डेमोक्रयाट्ले ५१ तथा रिपब्लिकनले ४४ सिट पाएका छन् भने तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा डेमोक्रयाट्को १ सय ६९ र रिपब्लिकनको २ सय २३ रहेको छ । यद्यपी मतगणना अझै जारी छ ।
यसैवीच भारतीय प्रधानमन्त्री डा मनमोहनसिंहले दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति ओबामालाई टेलिफोन गरी कार्यकालको शुभकामना तथा वधाई दिएका छन् ।

जीतमा खुशीयाली मनाउँदै ओबामाका समर्थक (फोटो फिचर)


२२ कात्तिक, काठमाण्डौ । अमेरिकी राष्ट्रपतिमा बाराक ओबामा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएपछि उनका समर्थहरुले अमेरिका विभिन्न क्षेत्रमा खुशीयाली मनाइरहेका छन् ।ओबामाको पुनः जीतसँगै उनको चुनावी अभियान कार्यालय तथा उनले जित हासिल गरेका महत्वपूर्ण राज्य क्लालिफोर्निया, ओरेगन, न्युयोर्क, ओहायो, आईवा, विसकन्सिस, कोलोराडो, न्यु मेक्सीको लगायतका क्षेत्रमा पनि जित उक्तकै खुशीयालदी मनाई रहेका छन् उनका समर्थकहरुले ।
राष्ट्रपतिमा निर्वाचित भए लगत्तै ओबामाका प्रतिद्वन्दी रिपब्लिकन उम्मेदवार मिट रोम्नीले टेलिफोन गरी बधाई तथा आगामी कार्यकालको शुभकामना दिए भने ओबामालाई बधाई तथा शुभकामना आउने क्रम जारी छ । यस्तै भारतीय प्रधानमन्त्री डा मनमोहनसिंहले पनि ओबामालाई राष्ट्रपतिमा निर्वाचित  भएकोमा बधाई तथा शुभकामना दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  हेरौ केही झलकहरु :

खुशी बाड्दै

दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका अमेरिकी राष्ट्रपति बाराक ओबामा चिकागोमा आफ्ना समर्थकहरुलाई अभिवादन गर्दै छोरीका साथ 

भोजपुरी नायिकासँग मस्त आयुष

Written By Unknown on Tuesday, November 6, 2012 | 12:04 AM


लगातार फ्लब सिनेमा दिएपछि नायक आयुष रिजालको नेपाली चलचित्र करिअर धरापमा परेको छ । रेखा फिल्मस्को व्यानरमा तयार भएको चलचित्र ‘हिफाजत’ पछि उनले अभिनय गरेका अधिकांश सिनेमा असफल छन् ।
नेपाली चलचित्रमा जम्न नसकेपछि आयुषले भोजपुरी सिनेमा तर्फ आफ्नो पाइला लम्काएका छन् । आयुष हाल ‘चण्डि’ नामक भोजपुरी सिनेमामा अभिनय गर्नमा व्यस्त छन् । भोजपुरी सिनेमा खेल्न थालेपछि आयुष नेपाली चलचित्रकर्मी र संचारमाध्यमको सम्वन्धबाट टाढिएका छन् । मोबाइल बन्द गरेर एकाएक नेपाली चलचित्रकर्मीसँग टाढिएपछि आयुषको क्रियाकलापप्रति धेरैले आपत्ति समेत जनाएका छन् । आयुषले अभिनय गरेका केही नेपाली सिनेमाका निर्माताहरु उनको व्यबहारबाट आक्रोशित छन् ।
सिनेमा छानेर भन्दा पनि पैसाका लागि खेल्न थालेपछि आयुष नेपाली दर्शकको रोजाइमा पर्न सकेका थिएनन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘लभ इज लाइफ’ सुपरफ्लब भएको थियो । निर्माता रोज राणाले आफ्नो सिनेमामा आयुषलाई वहिष्कार नै गरेको घोषणा गरेका थिए ।
नेपाली सिनेमाबाट हातमा लाग्यो शुन्य भएपछि आयुषले भोजपुरी सिनेमाको गन्तव्य तय गरेका हुन् । भोजपुरी चलचित्रमा द्धन्द बिक्ने भएकाले पनि आयुष जम्ने धेरैको विश्लेषण छ । नायक विराज भट्टले पनि नेपाली सिनेमा छोडेर भोजपुरीमा अभिनय गर्न थालेका थिए । भोजपुरी सिनेमामा विराजको माग अहिले निक्कै छ । आयुषले पनि विराजको बाटोलाई पछ्याएका छन् ।

अमेरिकामा राष्ट्रपतिय चुनाव हुँदै

Written By Unknown on Monday, November 5, 2012 | 11:39 PM


२१ कात्तिक, काठमाण्डौं । नयाँ राष्ट्रपति चयन गर्न अमेरिकामा आज राष्ट्रपतिय निर्वाचन हुँदैछ । नयाँ राष्ट्रपति बन्ने होडमा रहेका वर्तमान राष्ट्रपति बाराक ओबामा र रिपब्लिकन पार्टीका उमेद्दार मिट रोमनीले प्रतिष्पर्धा गर्दैछन् ।
मतदानका लागि अमेरिकामा अहिले १० करोड नागरिक योग्य छन् । जुन ५ सय ३८ इलेक्ट्रोल मत हो । उक्त मत मध्ये जुन उमेद्दारले दुई सय ७० इलेक्ट्रोरल कलेजको मत पाउँछ उसले नै चुनाव जित्ने छ ।
मतदान अघि गरिएका सर्वेक्षणहरुमा पनि यी दुई प्रतिष्पर्धी बीच बराबरी नतिजा आएकाले आजको निर्वाचनमा अत्यन्तै प्रतिष्पर्धा हुने विश्लेषकहरुको दाबी छ ।
दुवै उमेद्दारले आर्थिक विकास, सुरक्षा अवस्था र विदेश नीतिलाई आफ्नो चुनावी एजेण्डा बनाएका छन् ।
निर्वाचनको अभियानका लागि यस बर्ष अमेरिकामा लाखौ डलर खर्च भएको छ । अमेरिकामा प्रत्येक चार चार बर्षमा राष्ट्रपति निर्वाचन हुनेगरेको छ ।
आजको निर्वाचन जित्ने उमेद्दारले आगामी जनवरी २१ तारिखमा शपथ ग्रहण गरी आफ्नो कार्यभार समाल्नेछन् ।

काठमाण्डौंमा फेरि साझा बस चल्ने भयो

काठमाडौं, कार्तिक २० सरकारी स्वामित्वबाट मुक्त भएका साझा यातायातको व्यवस्थापन समितिले करिब साढे तीन करोड रुपैयाँको लगानीमा १६ वटा बस सञ्चालनको तयारी गरेको छ । तीन महिनाभित्र काठमाण्डौं उपत्यकामा दुई रुटमा चल्ने बसले बिहान देखि राति १० बजेसम्म यात्रुलाई सेवा दिनेछ ।
बस सञ्चालन गर्न साझाले सिप्रदी ट्रेडिङसँग तीन करोड ३५ लाख रुपैयाँको सम्झौता गरिसकेको प्रवन्धक महेन्द्रराज पाण्डेयले जानकारी दिएको छ । सहरी सार्वजनिक यातायातको मापदण्डअन्तर्गत सुलभ, सुरक्षित र नियमति सेवा पुर्‍याउने योजनाका साथ साझाले फेरि सेवा सुरु गरेको हो ।

एकैपटक एकभन्दा बढी युवतीसँग सेक्स गर्थे क्लिन्टन

Written By Unknown on Sunday, November 4, 2012 | 3:39 AM

पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले एकैपटक एक भन्दा बढी महिलासँग सेक्स गर्ने गरेको कुरा बाहिर आएको छ । क्लिटनको साथ अन्तरंग सम्बन्धका कारण चर्चामा आएकी अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउसकी पूर्व कर्मचारी मोनिका लेविन्सकीले हालै लेखिरहेको पुस्तकबाट यस्तो कुराको खुलासा हुन लाागेको हो ।मोनिकाले हाल लेखिरहेको पुस्तकले पूर्वराष्ट्रपति क्लिन्टनसँगको सेक्स सम्बन्धको बारेमा साँचो र गोप्य कुराहरुको खुलासा गर्ने अनुमान गरिएको हो ।

अंग्रेजी पत्रिकाहरुका अनुसार लेविन्सकीकी एक साथीले बताए बमोजिम उक्त पुस्तकमा क्लिन्टनले त्यस बखत एकै पटकमा एक भन्दा बढी युवतीसँग सेक्स गर्ने गरेको गोप्यताको बारेमा पनि उल्लेख गरिएको छ ।

लेविन्सकीकी साथीको अनुसार उक्त पुस्तकमा बिल क्लिन्टनको बारेमा कयौं अचम्मका कुराहरु पनि समावेश गरिएका छन् । ३९ वर्षीय लेविन्सकीको पुस्तकका बमोजिम त्यसबखत क्लिन्टन आफ्नी श्रीमतीसँग सेक्स गर्दैन थिए किनकी क्लिन्टन आफ्नी पत्नीबाट सन्तुष्ट थिएनन् ।

मोनिका लेविन्सकी बिल क्लिन्टन अमेरिकाको राष्ट्रपति भएको समयताका सन् १९९५ देखि १९९७ सम्म ह्वाईट हाउसमा इन्टर्न रहेकी थिई । सन् १९९८ मा उनले क्लिन्टनसँगको सेक्स सम्बन्धको बारेमा खुलासा गरेर चर्चामा आएकी थिई ।

लेविन्सकीका अनुसार क्लिन्टनसँगको भेट र त्यसपछिको सम्बन्धका करण उनको बदनाम भयो तर क्लिन्टन चोखा भए । त्यसैले उनी क्लिन्टनसँग बदला लिन चाहन्छिन् । न्यूयोर्क टाइम्स पत्रिकाका बमोजिम लेविन्सकीले भारी रकममा उक्त पुस्तक लेख्ने करार गरेको जनाइएको छ ।

फेसबुकमा समस्या पासवर्ड नराखि लगइन भयो !


कात्तिक १९, तपाइँको फेसबुक यदि पासवर्ड विनानै चल्यो भने के गर्नुहुन्छ ? हिजोआज यस्तै प्रकारको समस्या देखिएपछि फेसबुकले आफ्नो साइटमा आएको यस नयाँ समस्याको समाधानका लागि काम शुरू गरेको छ । यस कुराको जानकारी एउटा ह्याकर न्युज वेबसाइटले दिएको थियो । 
बिबिसीले उक्त साइटको सन्देशमा बताइए अनुसार लिंक गुगलमा सर्च गर्दा १३ लाख २० हजार फेसबुक एकाउन्टहरू यस्तो भेटिएको बताएको छ । उक्त लिंक मार्फत सजिलै गरि अरुको फेसबुक एकाउन्टमा बिना पासवर्ड लग इन गर्न सकिएको बताइएको छ । साथै अरु धेरै फेसबुक प्रयोगकर्ताको एकाउन्टको इमेल ठेगाना पनि फेला पारिएको कुरा समाचारमा जनाइएको छ ।
मोबाइल र इमेलमा आउने फेसबुकको स्टाटस अपडेट तथा नोटिफिकेसन एलर्टमा गएर छिटो र सजिलो तरिकाले फेसबुक लगइन गर्न सकिन्छ । यस्तो प्रकारको लिंक कसैले इन्टरनेटमा पोस्ट गरेपछि यो समस्या आएको हुनसक्ने कुरा समाचारमा जनाइएको छ ।
उक्त समाचारको बारेमा कमेन्ट गर्दै फेसबुकका सेक्युरिटी इन्जिनियर म्याट जोन्सले उक्त लिंक फेसबुक प्रयागकर्ताको इमेलमा मात्र पठाइने र यसरी पठाइका लिंक क्लिक गरेपछि एक्पायर हुने कुरा बताउनु भएको छ । उनले सर्च इन्जिनले यस्ता लिंक त्यतिबेला मात्र पत्ता लगाउन सक्छन् जब यस्ता लिंक अनलाइन पोष्ट गरिन्छ भनेका छन् । साथै राम्रो सुरक्षा सेवा नभएका मेल सेवाका कारण यस्तो समस्या आएको हुन सक्ने कुरा समेत उनले बताए ।
धेरैजसो ती लिंकहरूको म्याद सकिइसकेकाले यस्तो लिंकमार्फत फेसबुकमा जान सक्ने सुविधा केही समयलाई बन्द गरिएको उनले बताएका छन् ।  यस्तो समस्याका कारण खुलिसकेका एकाउन्टको सुरक्षामा पनि ध्यान दिएको फेसबुकले जनाएको छ ।
यस प्रकारले खुलिसकेका एकाउन्ट रुस र चीनमा धेरै भएको बताइएको छ । साथै फेसबुकले विज्ञप्ति जारी गर्दै जुन लिंक मार्फत एकाउन्टहरु ह्याक भएका छन्, त्यो लिंक फेसबुक प्रयोगकर्ताको निजी इमेलमा मात्र पठाइन्छ र फेसबुकले कुनै पनि तरिकाले यसलाई सार्वजनिक गरेको छैन पनि भनेको छ ।
त्यसैले तपाइँहरूपनि फेसबुकको पासवर्डको सुरक्षामा ध्यान पुर्याउनुस है ।

एक अमेरिकी सैनिकद्वारा १६ ग्रामिणको हत्या


वासिङटन, कार्तिक १९, अफगानिस्तानमा भएको एक घटनाक्रममा अमेरिकी सैनिकहरूले १६ जना  ग्रामिणहरूको हत्या गरेका छन् । जसमा ९ जना बालबालिकाहर समेत रहेको कुरा अधिकारीहरूले बताएका छन् । आरोपी सैनिकलाइ सोमवार अदालतमा उपस्थित गराइनेछ । त्याहाँ ती सैनिकलाइ कोर्ट मार्शल गर्ने विषयमा पनि फैसला हुने बताइएको छ ।
स्टाफ सर्जेन्ट राबर्ट बेल्सलाइ पांच नोभेम्बरबाट १६ नोभेम्बरका बिचमा अदालतको प्रक्रियामा उपस्थित गराइने बताइएको छ ।  मीडियाहरूले दिएको समाचार अनुसार मृतकहरूका आफन्तहरू तथा प्रत्यक्षदर्शीहरू र कान्धार स्थित अमेरिकी वायुसेना शैन्य शिविरको भिडियो लिङ्कको आधारमा यस घटनाको अदालतमा प्रमाण पेश गरिनेछ ।
बेल्स (३९) माथि ११ मार्चको रातमा कान्धार प्रान्तको पन्जवाइ जिल्लामा रहेको सैन्य शिविर बाट बाहिर निस्केर यो हत्याकाण्ड मच्चाएको आरोप लगाइएको छ । यस घटनामा मारिएका हरूमध्ये नौ जना बालबालिकाहरू समेत रहेका छन् । उनले केही शवहरूलाइ आगो लगाएका थिए ।
अफगानिस्तानमा एक दशक देखि जारी संघर्षमा यो हत्याकाण्डलाइ कुनै अमेरिकी सैनिक द्वारा गरिएको सबैभन्दा वीभत्स अपराध मानिएको छ ।

बाबुलाई फ्यानले बोकेपछि


प्रोड्युसरहरुको कथालाई मुख्य रुपमा उठान गरेको चलचित्र ‘प्रोड्युसर’ को छायांकन सकिएको छ । काठमाण्डौको हिरारत्न हलमा चलचित्र भित्रको चलचित्रको पि्रमियर गर्दै छायांकन सकिएको घोषणा गरिएको हो । सिनेमा भित्रको सिनेमाको पि्रमियर कार्यक्रममा नायक भुवन के.सी, नायिका मौसमी मल्ललाई देखाइएको छ ।
यस्तै, चलचित्र भित्र केही पत्रकार तथा दर्शकलाई समेत उतारिएको छ । चलचित्रको छायांकनमा पुगेका दर्शकहरुले नायक बाबु बोगटीलाई बोकेर उचालेका थिए । तर चलचित्रको एक गीतको छायांकन भने बाकी नै छ । उक्त गीत समयअनुकुल मिलाएर छायांकन गरिने निर्माणपक्षले बताएको छ ।
जनकदिप पराजुलीको निर्देशनमा तयार भएको यो चलचित्रलाई निर्माता संघका अध्यक्ष राजकुमार राइले निर्माण गरेका हुन् । चलचित्र भित्र नायक बाबु बोगटी प्रोड्युसरको भूमिकामा देखिदैछन् । चलचित्रमा श्याम अर्याल, स्वेता भट्टराई, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ ।
चलचित्रको प्रदर्शन नयाँ बर्षको सेरोफेरोमा गरिने छ ।

पहिले जन्मकैद, अब रेकर्ड क्षतिपूर्ति


चीनमा एक व्यक्तिलाई धोकाधडीको आरोपमा जन्मकैदको सजाय सुनाइयो । ११ वर्ष जेलमा विताउँदा पनि उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएन ।
अब अदालतले ८ लाख २५ हजार युआन अर्थात १.३१ लाख अमेरिकी डलर रेकर्ड क्षतिपूर्ति दिन आदेश दिएको छ । उनलाई प्रतिदिन १६२.६४ युआनका दरले क्षतिपूर्ति दिन भनिएको छ । सरकारी समाचार पत्र सदर्न मेट्रोपोलिस डेलीका अनुसार ग्याँडोङ्ग प्रान्तको सर्वोच्च अदालतले ३९ वर्षीय हुआन लीको क्षतिपूर्तिको रुपमा रेकर्ड रकम दिन आदेश दिएको हो ।
यसअघि यस्तो मुद्धामा अहिलेसम्म कसैलाई पनि यती ठूलो रकम क्षतिपूर्ति नदिइएको बीबीसीले जनाएको छ । अदालतका अनुसार जेलमा राखिएृको समयमा लीको स्वतन्त्रता त हनन भयो नै, उनलाई मानसिक र भावनात्मक तनावबाट समेत गुज्रनु पर्‍यो ।
ली सन् १९९९ मा पक्राउ परेका थिए र १ वर्षपछि जन्मकैदको सजाय सुनाइएको थियो । आरोप प्रमाणि नभएपछि उनलाई २०१० मा रिहा गरिएको थियो ।

भारतमा प्लेब्वाय क्लब

Written By Unknown on Saturday, November 3, 2012 | 1:42 AM

नयाँदिल्ली (एएफपी), कार्तिक १८ - वयस्कका लागि प्रकाशित हुने पत्रिका प्लेब्वायले भारतको उत्तरी गोवाको क्यान्डोलिम बिचमा डिसेम्बरमा पहिलो क्लब खोल्न गइरहेको छ । बिचको २२ हजार वर्गफिटमा खोलिने यो पहिलो क्लब हुने प्लेब्वाय लाइफ स्टाइल प्रमुख कार्यकारी सञ्जय गुप्ताले बताए । भारतमा अश्लील सामग्री सम्बन्धी कानुनका कारणले प्लेब्वाय जस्ता थुप्रै पत्रिका प्रतिबन्धित छ । भारतीय र्फम प्लेब्वाय लाइफ स्टाइलको योजना तीन वर्षमा आठ क्लब र दस वर्षभित्र १२० क्लबका साथै बार, पसल र क्याफे खोल्ने लक्ष्य छ । एक विशेष खालको खरायो प्लेब्वायको चिनारी हो । यो र्फमले गोवामा भारतको परम्परासँग मेल खाने खरायोलाई लोगोको रूपमा प्रयोग गर्ने जनाएको छ ।

यूएईमा तलब बढ्यो


काठमाडौ, कार्तिक १८ - श्रम तथा रोजगार मन्त्रालयले संयुक्त अरब इमिरेट्स (यूएई) मा जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । मन्त्रालयले कामदारलाई अदक्ष, अर्धदक्ष, दक्ष र उच्चदक्ष ४ भागमा वर्गीकण गरी छुट्टाछुट्टै पारिश्रमिक निर्धाण गरेको हो ।
मन्त्रालयका अनुसार अदक्ष कामदारको न्यूनतम पारिश्रमिक ८ सय डिराम्स र खाना भत्ता ३ सय गरी ११ सय दिराम्स (२५ हजार रुपैयाँ) निर्धारण भएको छ । १ लाख ६० हजारभन्दा बढी कामदार कार्यरत यूएईमा सबैभन्दा बढी अदक्ष कामदार
छन् । अर्धदक्ष कामदारको खाना भत्ता ३ सय र न्यूनतम पारिश्रमिक १ हजार गरी १३ सय, दक्ष कामदारको खाना भत्ता ३ सय र पारिश्रमिक १२ सय गरी १५ सय र उच्च दक्ष कामदारलाई खाना भत्ता ५ सय र पारिश्रमिक ५ हजार गरी ५५ सय डिराम्स तोकिएको छ । मन्त्रालयले न्यूनतम पारिश्रमिक ओभरटाइमबाहेक भएको जनाउँदै रोजगारदाताले खाना निःशुल्क दिनुपर्ने, खाना नदिए खाना भत्तास्वरूप अरूलाई ३ सय र उच्च दक्षलाई ५ सय डिराम्स दिनुपर्ने बताएको छ । कामदारलाई आवास, औषधि उपचार, दुर्घटना बिमा, काममा जाने-फर्किने यातायात र यूएईको श्रम कानुनअनुसार गर्नुपर्ने अन्य खर्चहरू रोजगारदाताले नै बेहोर्नुपर्ने निर्णय गरेको छ ।
श्रम मन्त्रालयको वैदेशिक रोजगार महाशाखाका प्रमुख सहसचिव विनोद केसीले दूतावासको सिफारिसअनुसार वैदेशिक रोजगार विभाग, व्यवसायीसँगको छलफल गरेर न्यूनतम पारिश्रमिक निर्धारण भएको जनाउँदै यसले कामदारको आर्थिक स्तरमा सुधार र राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने बताए । 'कामदारको बचत बढ्यो भने घरायसी खर्चका अलवा व्यवसायका लागि केही बचत गर्न सक्छन्' केसीले कान्तिपुरलाई भने, 'यसले उनीहरूको जीवनस्तरमा वृद्धि र राष्ट्रिय अर्थतन्त्रमा थप टेवा पुग्छ ।'
नेपाली दूतावास भएका खाडीका साउदी अरब, कतार र कुवेतमा कामदारका न्यूनतम पारिश्रमिक निर्धारण भए पनि यूएईमा हालसम्म भएको थिएन । मन्त्री स्तरीय निर्णयबाट युएइको लागि पहिलो पटक न्यूनतम पारिश्रमिक निर्धारण भएको हो । २००४ अप्रिलमा दूतावासले सुरुमा १ सय २५ डलर (साढे ४ सय डिराम्स) र पछि ६ सय डिराम्समा कामदारको माग प्रमाणीकरण गर्दै आएको थियो ।
दूतावासका उपप्रमुख दीपक अधिकारीले ६ सय डिराम्स न्यूनतम पारिश्रमिक प्रमाणीकरण गर्ने बेला खाना वा ३ सय खाना भत्ता गरी ९ सयमा डिराम्स कम्पनीले दिनुपर्ने बनाएको बताए । तर सरकारले निर्णय नगरेकोले यूएईको च्याम्बर अफ कमर्सबाट प्रमाणीकरण जतिमा पनि हुने गरेको हुँदा कार्यान्वयनमा समस्या परेको थियो ।
मन्त्रालयले अबुधावीस्थित नेपाली दूतावासले सिफारिस गरेको आधारमा मन्त्रीस्तरीय निर्णयबाट न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो । करिब ३ साता अघिको मितिमा गरिएको भनिएको पारिश्रमिक निर्धारण मन्त्रालयले शुक्रबार विभागलाई जानकारी दिएको छ । दूतावासले तलब वृद्धिको खबर पाए पनि पत्र आईसकेको जनाएको छ ।
'दूतावासलाई पत्र आइसकेपछि सरकारको निर्णय भनेर अब कम्पनीमा पठाउन सजिलो भयो,' नियोग उप्रप्रमुख अधिकारीले कान्तिपुरलाई भने, 'न्यूनतम पारिश्रमिक वृद्धिले अरू कामदारलाई भन्दा अदक्ष कामदार, जो ऋण काढेर आएका छन्, जसको पासपोर्ट कम्पनीले राख्छ, उनीहरूलाई बढी फाइदा हुन्छ ।' अधिकारीले तीन महिनाअघि श्रम सचिव सोमलाल सुवेदीसहितको टोली यूएई भ्रमणमा गएका बेला छलफल गरे दूतावासले न्यूनतम तलब ८ सय र खानाको ३ सयको अभ्यास गरेको बताए । 'सरकारबाटै निर्णय भएपछि लागू गर्न ढुक्क भयो,' उनले भने ।
यूएईमा सामान्यतः ५ देखि ७ सय डिराम्समा अधक्ष कामदार कार्यरत छन् । पहिलो पटक उनीहरूको खाना र पारिश्रमिकसहित ४ सय डिराम्सभन्दा बढी वृद्धि भएको छ । नयाँ जाने कामदारका लागि नयाँ पारिश्रमिक लागू हुने भए पनि पुराना कामदारका लागि पहल गर्न आवश्यक भएको मन्त्रालयले जनाएको छ । 'अब दूतावासले त्यहाँ कार्यरतमा लागू गराउन लबिङ गर्नुपर्छ,' केसीले भने, 'सरकार, दूतावास, व्यवसायी चनाखो हुनुपर्छ ।'
न्यूनतम तलब खानाबाहेक १ हजार डिराम्स हुनुपर्ने माग गर्दै आएको एनआरएनए यूएईले सोचेजति नभए पनि यसले ओभर टाइम भत्ता, सेवाको अन्त्यमा पाउने रकम (उपदान) र वाषिर्क बिदा रकममा समेत वृद्धि हुने भएकाले निर्णय सकारात्मक भएको जनाएको छ । 'हामीले खाना र आवासबाहेक तलब मात्रै १ हजार हुनुपर्छ भनेका छौं,' एनआरएन अध्यक्ष चन्द्र रोकाहाले भने, 'सोचेजति नभए पनि अहिले वृद्धि सकारात्मक छ, यसले ओटी, पीएफ (उपदान) र वाषिर्क बिदाको रकममा समेत वृद्धि गर्छ ।'
मन्त्रालयले यसअघि साउदी अरब, कुवेतमा हाउस मेडको न्यूनतम पारिश्रमिकमा बृद्धि गरेको थियो । अब कतारस्थित नेपाली दूतावासले प्रस्ताव गरेर पठाएको न्यूनतम पारिश्रमिक वृद्धिबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।   

News Headlines

More Post »
Powered by Blogger.
 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved