Headlines News :
Home » » कोइराला आक्रमणको प्रतिबेदन तयार हुँदै

कोइराला आक्रमणको प्रतिबेदन तयार हुँदै

Written By Unknown on Friday, October 26, 2012 | 7:59 AM

१० कात्तिक, काठमाडौं । नेपाली काग्रेसका सभापति सुशील कोइरालालाई लक्षीत गरी भएको आक्रमणको घटना छानविनका लागि गठित समितिले केहिदिन भित्रै प्रतिवेदन बुझाउने भएको छ ।
छानविनको काम भैरहेकाले अब केहिदिनभित्रै प्रतिवेदन बुझाईने छानविन समितिले जनाएको छ । गत असोजको दोस्रो साता राजधानीको कपनमा आयोजित एक कार्यक्रममा सहभागि भएका सभापति कोइरालालाई लक्षीत गरी नेविसंघका नेता प्रवेश बस्नेतले आक्रमणको प्रयास गरेका थिए । आक्रमणबाट सभापति कोइराला जोगिएपनि अन्य २ जना गम्भीर घाईते भएका थिए ।
आक्रमण लगत्तै घटना छानविनका लागि काग्रेसले महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा कन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली र गगन थापा सदस्य रहेको ३ सदस्यीय समिति गठन गरेको थियो ।
सरकार बिरोधी आन्दोलनमा उत्रिन कार्यकर्तालार्इ निर्देशन
यसैबीच, नेपाली काग्रेसका सभापति सुशील कोइरालाले सरकार बिरोधी आन्दोलनमा सशक्त रुपमा उत्रिन कार्यकर्तालार्इ निर्देशन दिनुभएको छ । काग्रेस क्षेत्र नं ३ बााकेले गरेको कार्यक्रममा कोइरालाले सरकार विरोधी आन्दोलनमा सशक्तरुपमा उत्रिन कार्यकतालाई निर्देशन दिनुभएको हो ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved