Headlines News :
Home » » स्वास्थ्यका लागि गहन सम्भोग

स्वास्थ्यका लागि गहन सम्भोग

Written By Unknown on Monday, October 29, 2012 | 11:03 AM

चरम सन्तुष्टिले मानिसको स्वास्थ्यमा ठूलो भूमिका खेलेको हुन्छ। गहन सम्भोगको क्रममा हाम्रो शरीरमा धेरै प्रकारका हर्मोनको मात्रा बढ्नुका साथै सक्रिय पनि हुन्छ। जसले हामिलाई शारीरिक, मानसिक, भावनात्मक रूपमा स्वस्थ बनाउँछ। नियमित सम्भोगले मानिसलाई स्वास्थ्य, स्फूर्ति, तरोताजा बनाउन मद्धत गर्छ। सम्भोगले टेस्टोस्टेरोनको मात्रालाई बढाउँछ।यसले पुरुष प्रजनन् प्रणालिको टिस्यू जसमा पनि टेस्टिज र प्रोस्टे्रटको विकासमा ठूलो भूमिका खेल्छ। यसले हड्डी, स्नायू तन्तु र राम्रो कोलेस्ट्रोलको आपूर्ति गर्छ। यौन शोधकर्ता डा.बिभेर्लिको अनुसार सम्भोग गर्दा इर्न्डोफिन्स तत्व सक्रिय हुन्छ, जसले प्राकृतिक रूपमा शरिरलाई दुखाई ठिक गर्ने काम गर्छ। इर्न्डोफिन्स सक्रिय हुँदा टाउको दुख्ने, बाथ आदि रोगलाई निको बनाउँछ। यसले तनाव र दुखाई निको पार्न ठूलो सहयोग पुर्याउँदछ। सम्भोगको चरम अवस्थामा डिहाइड्रोइपियनड्रोस्टेरोन नामक हर्मोन सक्रिय हुन्छ। यो हर्मोन एड्रेनल ग्ल्यान्डबाट उत्पादन हुन्छ। जुन हर्मोनले रोगसँग लड्न सक्ने क्षमताको विकास, हड्डीको विकासमा प्रत्यक्ष भूमिका खेलेको हुन्छ। महिलाहरूमा अक्सिटोसिन हर्मोन हुन्छ जुन गहन सम्भोगमा धेरैमात्रामा पैदा हुन्छ। यो तत्वले महिलाहरूको मुटुको प्रणाली, हड्डीको बिकासमा प्रत्यक्ष रुपमा फाइदा पुराउँदछ। यि हर्मोनहरूले मुटुलाई स्वस्थ बनाउने काम गर्छ। जस्ले
गर्दा हाम्रो आयू पनि बढ्दछ। त्यसैले जति धेरै गहन सम्भोग त्यति धेरै राम्रो स्वास्थ्य हुन्छ। पुरुषको सम्भोग शैली माइक्रो वेभ्स जस्तो हुन्छ, माइक्रो वेभ्समा तुरुन्तै तात्ने, तुरुन्तै खाना पकाउन सकिने हुन्छ। तर महिलाको सम्भोग शैली चाहिँ इलेक्ट्रिक ओभेन जस्तो हुन्छ, इलेक्ट्रिक ओभेन बिस्तारै तात्दछ र यसमा खाना पाक्न धेरैसमय लाग्दछ। पुरुष भएको टेस्टोस्टेरोन हर्मोनको कारणले गर्दा जोस पैदा गर्छ। जब पुरुषको उमेर ढल्कन्छ, टेस्टोस्टेरोनको मात्रा पनि कम हुन्छ र उसमा जोस पनि कम हुँदै जान्छ। पुरुषको तुलनामा महिला बढी उमेरसम्म सम्भोग गर्न सक्छन्। धेरै जसोले सम्भोग आवेग शान्त पार्न मात्र गर्छन। अब सम्भोगलाई आवेग,बासना शान्त पार्न मात्र नभई यसले हाम्रो शारीरिक, मानसिक , भावनात्मक रूपमा स्वास्थ्य बनाउँछ भन्ने कुरा बुझ्नु आबश्यक छ। यसका लागि हामिले सम्भोग कसरी गर्ने भन्ने कुरा जान्नु आबश्यक छ। हुनत मानिसलाई नसिकाई पनि जान्ने एउटै कुरा सम्भोग हो तर यसलाई जानेर गर्यौं भने यसबाट धेरै लाभ उठाउन सक्छौं। सम्भोग गर्नु अघि महिला पुरुषले एक अर्काको मनोविज्ञानलाई बुझेर मात्र गर्नु राम्रो हुन्छ। पुरुषमा जब तनाव हुन्छ त्यतिबेला उ सम्भोगमा उत्रन चाहन्छ र ऊ सम्भोग गरी तनाव विर्सजन गर्छ। महिलामा भने यसको ठिक विपरित हुन्छ। ऊ तनाव, चिन्तामा कहिल्यै सम्भोगमा उत्रन चाहन्न। ऊ खाली हुन होइन पूर्ण हुन सम्भोग गर्न चाहन्छे। पुरुषले एकै चोटी दुईवटा काम गर्न कठिन हुन्छ। त्यसैले उ चरम सम्भोगको क्रममा बोल्न चाहदैन, तर महिला बोल्न चाहन्छे। महिलाले पुरुषसम्भोगका क्रममा नबोल्दा आफूबाट सन्तुष्टि नपाएको हो कि भन्ने कुरा सोचेको हुन्छ। वास्तवमा यो पुरुष मनोविज्ञानको कारणले भएको हो। अतः सम्भोग गर्नु कुनै ठूलो पुरुषार्थ होइन तर यसलाई जानेर बुझेर गर्नु पक्कै माहान कुरा हो। जुन सम्भोगको सुन्दर पक्ष हो।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved