Headlines News :
Home » » ५ हजार बचाउन निर्देशक नै बने कार्यक्रम संचालक

५ हजार बचाउन निर्देशक नै बने कार्यक्रम संचालक

Written By Unknown on Monday, October 29, 2012 | 4:44 AM


निर्देशक शरद के.सी सिनेमाको निर्देशन गर्न छोडेर कार्यक्रम संचालक बनेका छन् । चलचित्र ‘न बोले नि हाशी राख न’ को पत्रकार सम्मेलनमा के.सीले मुख खोल्दै भने, ‘अरुलाइ कार्यक्रम चलाउन दिएर ५ हजार खर्च गर्नुभन्दा आफैले चलाउदा राम्रो हुने एक साथीको सल्लाहामा आफै संचालक बने ।’
कात्तिक १७ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘न बोले नि हाशी राख न’ माया प्रेमका साथमा सामाजीक सेवा गर्न उत्प्रेरीत गर्ने चलचित्र भएको के.सीको भनाइ थियो ।
कार्यक्रममा पुगेका नायक भुवन के.सीले सिनेमा आफुले हेरेको भन्दै उत्कृष्ट रहेको प्रतिक्रिया दिए । कार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमार राइ, चलचित्र संघका महासचिव प्रदिप उदय, प्राविधिक संघका अध्यक्ष मनोज के.सीले चलचित्रलाइ शुभकामना व्यक्त गरेका थिए । यो चलचित्र देशभरका ४६ सिनेमा हलबाट प्रदर्शनमा आउदैछ ।
चलचित्रमा निखिल उप्रेती, क्रृचा सिंह ठकुरी, शान्ति गिरी, कमलकृष्ण, सुरविर पण्डित लगायतका कलाकारको मुख्य भूमिका छ । यसैबिच चलचित्रको निर्माणपक्षले सोमबार बिहान पशुपतिमा लाखवत्ति बालेको छ ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved