कार्तिक १३, कामसूत्रको मामलामा यदि शर्लिन चोपडा अगाडि बढिन भने उनले कति सम्म बोल्ड रूपमा प्रश्तुत होलिन त ? तपाइँ अनुमान गर्न सक्नुहुन्छ ? बास्तबमा शर्लिन ‘कामसूत्र’ नामको थ्रीडी फिल्ममा काम गर्न गैरहेकी छन् ।
शर्लिनले हालै मात्र यस कुराको घोषणा गरेकी हुन् । उनले रूपेश पोल निर्देशित फिल्म ‘कामसूत्र’ मा आफु मुख्य भूमिकामा देखिने कुरा बताएकी छन् । हलीउड फिल्म सेन्ट ड्र्याकूला थ्रीडीका निर्माता रूपेश पोलले शर्लिनको सुन्दरता तथा उनको कलाकारिता प्रति निकै मुग्ध भएर यो निर्णय गरेको बताएका छन् ।
कामसूत्र जस्तो बोल्ड फिल्ममा काम गर्नका लागी उनलाइ यस्तै एक मोडलको खोजी थियो । यस फिल्ममा प्रेमको रङ्गलाइ निक्कै नै बोल्ड रूपमा देखाउने योजना बनाएको कुरा उनले बताएका छन् । उनले शर्लिनको अनुहारमा भारतीय महिलाको छाप रहेको कारण उनलाइ छनोट गरिएको बताएका छन् ।
आफ्ना बोल्ड अभिव्यक्ति र ट्विटरमा निक्कै नै बोल्ड तश्विरहरू पोष्ट गरेर सधैनै चर्चामा रहिरहन सफल यी मोडलले अभिनय गर्ने ‘कामसूत्र’ लाइ कति धेरैले मन पराउने हुन त्यो भने समयले नै बताउनेछ ।



No comments:
Post a Comment