Headlines News :
Home » » कसले कहाँ र कसरी मनाए दशैं ?

कसले कहाँ र कसरी मनाए दशैं ?

Written By Unknown on Monday, October 29, 2012 | 2:43 AM


 
अमेरिकामा दशैं-
दशैं घरमा मनाउन पाइएन। कामको सिलसिलामा अमेरिकामा छु। यहीँ रहेका भाइ र बहिनीसँग दशैं बित्यो। दशैंमा घरमा लगाइने टीका धेरै मिस गरियो। पाँच वर्षपछि भाइबहिनीसँग दशैं मनाइएकोले रमाइलो भयो। विदेशको दशैं स्वदेशको जस्तो भने नहुने रहेछ। पिङ खेल्न पाइएन। व्यस्त भाइबहिनीलाई टिका लगाइदिने जिम्मा मेरो थियो। म फुर्सदमा भएकाले पुराना वर्षका दशैंलाई याद गरेँ।
- राजवल्लभ कोइराला
आमाबुबासँग टीकापछिल्लो फिल्म 'भूत रिटर्न्स'को प्रमोसनमा केही व्यस्त भए पनि दशैं मनाउने मौका मिल्यो। दशैंमा आमाबुबा पनि मुम्बईमै भएकाले रमाइलो भयो। मुम्बईमा रहेका आफन्त र साथीहरुसँग जमघट गरियो। उनीहरुलाई पनि आमाले टीका लगाइदिनुभयो। फिल्म प्रमोसनको व्यस्तताले बिमारी समेत परेँ। दशैंमा आराम समेत गरियो। फिल्म निर्देशक यशराज चोपडाको शोक परेकोले जमघटमा बोलाएका केही साथीहरु आएनन्।
- मनीषा कोइराला
सुनसान राजधानी घुमियो
सामान्य शैलीमा मनाइयो। आमाबाबाको हातबाट टिका थापियो। सुनसान राजधानीमा आफन्तसँग दशैं मनाउँदा रमाइलो गर्न पाइन्छ। परिवारका सदस्यसँग तास खेलियो। पहिला दक्षिणा संकलनकै लागि धेरै आफन्तकहाँ गइन्थ्यो। यसपालि जानैपर्नेकोमा मात्र गइयो। दशैंमा काम र पढाइबाट केही ब्रेक पनि मिल्यो। देवी मन्दिरहरुमा नियमित जस्तै गएँ। रमाइलोसँग सुनसान राजधानी घुमियो।
- केकी अधिकारी
परिवारसँग तास खेलियोयसपटक फुलपातीसम्म कन्सर्टमै व्यस्त भएँ। पारिवारिक जमघटले दशैंमा माहोल जम्यो। आम नेपालीको जस्तै पारिवारका सबै सदस्य मिलेर टिका लगायौं। दशैंको खानपिनले ज्यान केही मोटाएको महसुस गरेको छु। आफन्तका हातबाट टिका थापियो। दशैंमा राजधानी घुम्नुको मजा नै बेग्लै हुन्छ। त्यसबाहेक आफ्नो नयाँ गीतहरुको तयारी घरमै बसेर गरियो। रमाइलोका लागि पारिवारसँग तास समेत खेलियो। धेरैपछि पारिवारिक जमघट भएकाले आनन्द लाग्यो।
- निमा रुम्बा
दशैंको खान्कीले मोटाइयो
सुनसान काठमाडौंमा दशैं मनाउँदा रमाइलो हुने रहेछ। पहिलो पटक मैले राजधानीमा दशैं मनाएकी हुँ। पारिवारिक माहोलमै दशैं मनाउने अवसर मिल्यो। साहित्यिक कृति पढियो र फिल्म हेरियो। सुटिङको चटारोमा दशैं छोटो र हतारको हुन्थ्यो। यसपटक चाहिँ आराम थियो। मासु मनपर्ने परिकार भएकोले दशैंको खान्कीले मोटाइएको छ। अब घटाउन व्यायाम गरिन्छ। म आस्तिक व्यक्ति भएकीले चाडपर्वमा विभिन्न देवीको मन्दिर दर्शन गर्न गएँ। मैले काठमाडौं यति सुनसान हुन्छ भन्ने कल्पना समेत गरेकी थिइनँ। दशैंमा दक्षिणा भन्दा पनि आशीर्वाद महत्वपूर्ण हुन्छ।
- रेखा थापा

पाँच वर्षपछि धरान
झन्डै पाँच वर्षपछि पुर्ख्यौली घर धरानमा टिका थापेँ। परिवारका सबै भेला हुँदा रमाइलो भयो। त्यसबाहेक धरान घुम्ने अवसर मिल्यो। आफ्नो बाल्यकालको यादसँगै लिंगे पिङको मज्जा लिएँ। खासै तास खेलिएन। पैसा धेरै खर्च भएन। कामकै तनावबीच धरान पुगेको हुँदा केही दिन आराम पाइयो। फिल्मको सुटिङ भ्याउनु पर्ने हुँदा टीका थापेर काठमाडौं आएँ। साथीहरुसँग फिल्म हेर्न गइयो। यसपटक धरानमा मानिसको भरिभराउ र राजधानीको सुनसान दशैं अनुभव गर्ने अवसर मिल्यो।
- प्रियंका कार्की
घरधन्दामै व्यस्तचाडपर्वमा गृहिणीहरु धेरै व्यस्त हुने हुँदा रमाइलो गर्ने अवसर धेरै पाइएन। पारिवारिक भेटघाटले रमाइलो हुने भइहाल्यो। अरुलाई विभिन्न परिकार तयार गर्नमै व्यस्त भएकाले खासै धेरै मासु खाइएन। विभिन्न मन्दिरमा दर्शन गर्न गइयो। अरु नेपालीले मनाएझंै दशैं मनाइयो। आफूले ठूलाको हातबाट टिका लगाउने र सानालाई लगाइदिने परम्परा जारी रहयो। बच्चाहरुले चाडपर्वमा रमाइलो माने।
रिमा गुरुङ होडा
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved