आजको प्रश्न : डि.भी. भिषा लोटरी (चिट्ठा) २०१४ रजिस्ट्रेशनका लागि अब कति दिन बाँकी छ र तपाईंको पाठकहरुलाई के सुझाव छ ?
आजको उत्तर : अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले डी.भी भिषा लोटरी- २०१४ रजिस्ट्रेशनका लागि आव्हान गरेको मिति अक्टुबर २, २०१२ देखिको समयलाई यो लेख प्रकाशित गरेको मिति सम्मलाई हेर्दा आज २६ दिन लगभग पुरा भएको छ र अब ५ दिन को म्याद मात्र बाँकी छ । तपाईंले डी.भी. भिषा लोटरी-२०१४ रजिस्ट्रेशन गर्न चाहनु भएको छ र अहिले सम्म आफ्नो रजिस्ट्रेशन गर्नु भएको छैन भने तपाईंले नोभेम्बर, २, २०१२ गतेसम्म डिपार्टमेन्ट अफ स्टेटको एक मात्र आधिकारिक वेब साईट : https://www.dvlottery.state.gov/ मा गएर आफ्नो रजिस्ट्रेशन गर्न सक्नु हुन्छ । तसर्थ अन्तिम समय सम्म कुर्नु भन्दा समयमै आफ्नो रजिस्ट्रेशन गर्न तपाईंहरुलाई हाम्रो सामान्य सुझाव छ ।
डि.भी. भिषा लोटरी (चिट्ठा) भनेको यु.एस. डिपार्टमेन्ट अफ स्टेटबाट सञ्चालित र संसार भरिका योग्य देशका योग्य व्यक्तिहरुलाई अमेरिकामा आउन दिने लोटरी (चिट्ठा) प्रोग्राम हो । यो वार्षिक चिट्ठाद्वारा प्रत्येक वर्ष ५० हजार व्यक्तिहरुलाई अमेरिकामा स्थायी रुपमा बसोबास गर्न दिने मौका मिल्छ । ड़ी.भी. भिषा लोटरी प्रोग्राम बर्षेनी अमेरिकाको अध्यागमन कानुन ("आइ.यन.ए." दफा २०३.सी.) अन्तर्गत रहेर यु.एस. डिपार्टमेन्ट अफ स्टेटबाट सञ्चालित गरिन्छ । अमेरिकाको "आइ.यन.ए." भन्ने कानुनले संसार भरिबाट अमेरिकामा कम आप्रबासी भएका मुलुकहरुलाई ड़ी.भी. भिषा लोटरी (चिट्ठा) द्वारा स्थाई भिषा उपलब्ध गराउने अनुमति दिन्छ । जस्तै, नेपाल अहिले सम्म ड़ी.भी. भिषा लोटरी प्रोग्रामका लागि योग्य देशको सुचीमा नै पर्छ ।

यु.एस. डिपार्टमेन्ट अफ स्टेटले हालसालै प्रकाशित गरेको सूचनाका आधारमा आर्थिक बर्ष २०१४ का लागि संसार भरका योग्य मुलुकहरुका लागि ५० हजार ड़ी.भी. भिषा उपलब्ध हुनेछ । पाठकब्रिन्द, ५० हजार भिषाहरु संसारको ६ वटा भौगोलिक क्षेत्रमा बाडिन्छ र प्रत्येक भौगोलिक क्षेत्रमा भएको देशले कुल भिषाहरु अर्थात ५० हजार भिषाको ७ प्रतिशत सम्मको कोटा एक आर्थिक बर्षमा पाउन सक्छ । तसर्थ नेपालको लागि आर्थिक बर्ष २०१४ का लागि गणितीय हिसाब गर्ने हो भने नेपालीहरुले अत्यधिक भिषा पाउन सक्ने संख्या ५० हजारको सात प्रतिशत मात्र हुन जान्छ । तसर्थ, तपाईं भाग्यमानी हुनुभयो भने तपाईंलाई भिषा लोटरी (चिट्ठा) २०१४ पर्ने सम्भावना हुनेछ ।
पाठकहरु, अर्को महत्वोपुर्ण कुरा, हामीलाई संसार भरिबाट पाठकहरुले काम गरेको अनुभवको आधारमा अमेरिकाको डि.भी. भिषा लोटरी (चिट्ठा) भर्न मिल्छ कि मिल्दैन भनेर प्रश्नहरु पठाउनु भएको छ । व्यक्तिगत तवरबाट सबैलाई इमेलबाट जवाफ दिन सम्भव नभएकोले गर्दा यो लेख मार्फत उहाँहरुको जानकारीका लागि सामान्य उत्तर दिन खोजिएको छ । तपाईंले ड़ी.भी. भिषा लोटरी (चिट्ठा) २०१४ भर्नका लागि २ वटा योग्यता मध्ये कुनै एउटा योग्यता प्राप्त गर्नु भएको छ भने तपाईंले ड़ी.भी. भिषा लोटरी (चिट्ठा) का लागि आबेदन दिन सक्नु हुन्छ । पहिलो योग्यता भनेको तपाईंले अमेरिकाको हाईस्कुल 'प्लस-टु' सरह को डिग्री कम्तिमा पनि पुरा गरेको हुनुपर्छ तर तपाईंसंग हाईस्कुल 'प्लस-टु' सरहको डिग्री छैन भने तपाईं संग अर्को बिकल्प पनि छ, त्यो हो, तपाईले बिगत पाँच साल भित्र योग्यता प्राप्त पेशा अर्थात व्यवसायमा कम्तिमा पनि २ बर्ष काम गरेको अनुभव तपाईं संग छ भने तपाईंले ड़ी.भी. भिषा लोटरी (चिट्ठा) का लागि आबेदन दिन सक्नु हुन्छ ।

डि.भी. भिषा लोटरी (चिट्ठा) का लागि कस्तो खालको पेशा अर्थात व्यवसायसंग सम्बन्धित काम गरेको अनुभवले मान्यता पाउँछ भन्ने कुरा विस्तृत रुपमा जान्नका लागि यु.एस. डिपार्टमेन्ट अफ लेबरको ओ-नेट अनलाईन लिंक :http://www.onetonline.org/ र काम गरेको योग्यता सम्बन्धि बिस्तृत रुपमा जान्नु परेमा डिपार्टमेन्ट अफ स्टेटको ड़ी.भी. भिषा लोटरी (चिट्ठा) प्रश्न र उत्तर सम्बन्धि लिंक :http://travel.state.gov/pdf/DV_2014_Instructions.pdf मा क्लिक गरेर हेर्नु होला । धन्यवाद ।
(यो अध्यागमन सम्बन्धि प्रश्न र उत्तरहरुको श्रृङखलामा व्यक्त गरिएका बिचारहरु पाठकहरुको सामान्य जानकारीका लागि मात्र हुन् । कानृनी उपचारका लागि सल्लाह भने पक्कै पनि होईनन् । त्यसर्थ यसमा व्यक्त बिचारहरु र उत्तरहरुले कुनै पनि पक्ष र कानुन व्यवसायीको सम्वन्ध कायम हुन सक्दैन । तपाईंलाई अमेरिकी अध्यागमन कानुन सम्वन्धि कानुनी सल्लाहको आवश्यकता परेमा यटर्नी खगेन्द्र जी.सी.लाई क्षेत्री एण्ड यसोसीयट्स न्युयोर्क, अफिसको फोन नम्बर : २१२-९४७-१०७९ अर्थात उहाँको इमेल:kc@chhetrylaw.com मा र यटर्नी बासु देब फुलारालाई, क्षेत्री एण्ड यसोसीयट्स, न्युयोर्क, अफिसको अर्को फोन नम्बर : ७१८-६०६-६४७४मा अर्थात उहाँको इमेल : bp@chhetrylaw.com मा सम्पर्क राख्नुहोस ।)

No comments:
Post a Comment