Headlines News :
Home » , » हिरासतबाटै दुई थुनुवा फरार

हिरासतबाटै दुई थुनुवा फरार

Written By Unknown on Friday, October 26, 2012 | 5:54 AM


उदयपुर, कार्तिक १० - पाँच दिन यता जिल्ला वन कार्यालयको हिरासतबाट फरार दुई थुनुवा अलिहेसम्म पक्राउ पर्न सकेकेा छैनन् । अवैध वन पैदावार ओसार-पसारका क्रममा पक्राउ दुई जना थुनुवा गत मंगलबार राति हिरासतबाट फरार भएका थिए ।
अवैध रूपमा हरियो काठ कटान गरी सदरमुका गाईघाट बजारमा बिक्री गरेको अवस्थामा पक्राउ परेका त्रियुगा नगरपालिका-५ बेहडवाका सुकराम चौधरी र जोगिदह-५ हाटखोलाका दीपक अधिकारी फरार भएका हुन् । वन कार्यालयका सशस्त्र सुरक्षा कर्मी दसैंको मनोरन्ज गर्दै मादक पर्दाथ सेवन गरेर लट्ठ भएको मौका छोपी ती थुनुवा फरार भएका हुन् । हिरासतमा रहेका पाँच थुनुवामध्ये चौधरी र अधिकारी सुरक्षा कर्मी साँझ खानासँगै मदिरामा लट्ठ भएको मौका छोपी फरार भएको सुरक्षा स्रोतले बतायो ।
सुरक्षा कर्मी मदिरामा लठ्ठ भएको समयमा लोडसेडिङ भएको थियो । सोही मौका छोपी थुनुवा चौधरी र अधिकारी भागेका हुन् । कार्यालयका शाखा अधिकृत कुमार खड्काकाले लोडसेडिङको मौका छोपेर थुनुवा भगेको बताए ।
भागेकाहरूको खोजीका लागि सशस्त्र वन रक्षक, नेपाल प्रहरीको विशेष टोली परिचालन गरेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्ला वन कार्यालयको हिरासतको सुरक्षा हतियारसहित चौबीसै घण्टा सशस्त्र वन सुरक्षकर्मीले गर्छन् । तालिम प्राप्त सुरक्षा कर्मीले सुरक्षा गर्दा गर्दै थुनुवा भाग्नु भनेको सुरक्षा कर्मीको लापरवाही भएको वन स्रोत बताउँछ ।
अवैध काठ ओसार-पसारका क्रममा नेपाल प्रहरीले असोज २८ गते उनीहरूलाई सदरमुकाम गाईघाट बजारबाट पक्राउ गरी जिल्ला वन कार्यालयमा बुझाएको थियो । चौधरी र अधिकारलालाई जिल्ला अदालत उदयपुरले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved