१४ कात्तिक, सिराहा । सिराहामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न अमेरिकाबाट ४० सदस्यिय चिकित्सकको टोली आएको छ । अलोहा मेडिकल मिसन हवाई अमेरिकाबाट उत्तः टोली आएको हो ।
आर्थिक अभावका कारण उपचार गराउनबाट वञ्चित गरिब, विपन्न, दलित वर्गका व्यक्तिहरूलाई उपचार गर्न अमेरिकी चिकित्सक टोली सिराहाको लहान पुगेको हो ।
आजबाट सुरु हुने निःशुल्क शल्यक्रिया शिविर कात्तिक २३ गतेसम्म चल्ने आयोजक समितिका सदस्य राकेश झाले जानकारी दिनुभयो ।
शिविरमा दुईसय भन्दा बढीको जटिल शल्यक्रिया र ६ सयभन्दा बढी विरामीको सामान्य शल्यक्रिया गरिने छ ।


No comments:
Post a Comment