Headlines News :

Latest Post

Showing posts with label National News. Show all posts
Showing posts with label National News. Show all posts

ढेगनीकै गाउँमा महिलाको रहस्यमय मृत्यु

Written By Unknown on Sunday, November 11, 2012 | 4:41 AM


चितवन, कार्तिक २६ – जिल्लाको माडी बघौडा–२ मा आज एक महिलाको रहस्यमयरुपमा मृत्यु भएको छ । आज बिहान परालको टौवामा घोप्टो परेको अवस्थामा अन्दाजी ३८ वर्षीय महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय इन्द्रकुमारी महतो रहेको बताइएको छ । उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा पठाइएको माडीका प्रहरी निरीक्षक गोविन्दसिंह ठकुरीले बताउनुभयो । उहाँका अनुसार आज बिहान शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको छ । स्थानीयले भने हत्या गरी फालिएको आरोप लगाउँदै छानबिनको माग गरेका छन् ।
उनको शरीरमा कुनै डाम नदेखिएको मुखबाट फिँज आएकाले विषादीका कारण मरेको हुनसक्ने प्रहरीले अनुमान गरे पनि पोष्टमार्टमको रिपोर्टपछि मात्रै घटनाको बारेमा यकिन हुने जनाएको छ । एक वर्षअघि बोक्सीको आरोपमा सोही गाउँकी ढेगनी महतोलाई आफ्नै परिवारले कुटीकुटी मारेका थिए । रासस

जंगली जनावरले खाएको अवस्थामा मानव हड्डिहरु फेला

काठमाडौं, कार्तिक २६ – पश्चिम चितवनको गीतानगरमा आइतबार जंगली जनावरले खाएको अवस्थामा केही मानव हड्डिहरु फेला परेका छन् । स्थानीय नवज्योति सामुदायिक वनमा वन्यजन्तुले खाएको अवस्थामा उक्त हड्डिहरु फेला पारिएको हो। हात, पाखुरा र बंगारा जस्ता मानव अंगहरु फेला परेको प्रहरीले जनाएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

सिराहमा गोली चल्यो

सिराह, कार्तिक २६ - सिरहाको मिर्चैयामा गोली चलेको छ । एकीकृत नेकपा माओवादीका स्थानीय नेता सर्वन यादवलाई लक्षित गरी गोली हानिएपनि कसैलाई गोली नलागेको प्रहरीले जनाएको छ । गोली चलाउनेमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट दुईवटा पेस्तोल र गोली बरामद गरेको छ 

बजेटको हानथापले राष्ट्रपति अप्ठेरोमा


२६ कात्तिक, काठमाडौं । संविधानसभा बिघटनपछिको राजनीतिक गतिरोध अन्त्य गर्ने उपायमा भौंतारिएका दलहरु यतिबेला बजेटको हानथापमा लागेका छन् । ऊबेलादेखि नै कुर्सीको हानथापमा लागेका दलहरुले अहिले बजेटलाई आफ्नो राजनीतिक दाउपेचको विषय बनाएका छन् । सत्तारुढ दल सहमति नभएपनि बजेट ल्याउन लागेको छ । सहमति बिना बजेट ल्याउन नपाउने भन्दै विपक्षी दलले राष्ट्रपतिलाई गुहारेका छन् ।
बिपक्षीले नमाने पनि सरकार पूर्ण बजेट ल्याउने तयारीमा छ र स्वीकृतिका लागि राष्ट्रपति समक्ष अध्यादेश पठाउने अन्तिम तयारीमा छ । सरकारलाई रोक्ने अरु कुनै उपाय नदेखेका बिपक्षी पार्टीहरु राष्ट्रपतिलाई गुहार्न पुगे । यो कदमपछि राष्ट्रपतिलाई विपक्षीले उचाले भनेर रुष्ट भन्दै आएका माओवादी लगायतका दलहरु झनै आक्रोशित भएका छन् । उनीहरु लौ हेरम् राष्ट्रपतिले कसरी बजेट अध्यादेश स्वीकृत नगर्दा रहेछन् भनेर भिड्ने सुरमै लागेका छन् । विपक्षी पनि लौ त कसरी गर्छ्न भनेर दाउ हेर्दैछन् ।
तर राष्ट्रपतिलाई अघि सार्ने कुरामा सवै बिपक्षीको एकमत छैन । सरकार बिरुद्ध आन्दोलनका अरु कार्यक्रममा साथ दिएपनि नेकपा-माओवादीले राष्ट्रपति गुहार्ने कामको बिरोध गरेको छ । यसकारण राष्ट्रपतिलाई अग्रसर बनाउने कांग्रेस, एमालेको अभियानमा सबै विपक्षी दल सहमत छैनन् ।
पटकपटक सहमति गर्न आग्रह गर्दै आएका राष्ट्रपति अहिले साँच्चै अप्ठेरो अवस्थामा पुग्नुभएको छ । बजेट स्वीकृत नगर्न पनि उहाँलाई गाह्रो छ । बजेट स्वीकृत नगरे मुलुक झन संकटमा धकेलिन्छ । सहमतिबिना आएको अध्यादेश स्वीकृत गरेमा पनि आफ्नै प्रतिबद्धता र विपक्षी दलको आग्रह बिपरीत हुन्छ ।
भोलिसम्म बाटो हेर्ने
बजेटमा सहमतिको लागि सत्तारुढ दलले आज र भोलि विपक्षीसँग गम्भीर बहस गर्ने तयारी गरेका छन् । जस अनुसार मुख्य सत्तारुढ दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व अर्थमन्त्री र मुख्य विपक्षी दलका शीर्ष नेताहरुसँग छलफल थाल्नुभएको छ । ‘सकभर सहमतिमै बजेट ल्याउन पहल हुन्छ, नभएपनि भोलि सरकारले बजेट ल्याउँछ’ माओवादी नेता देवेन्द्र पौडेलले भन्नुभयो ।

१० किलो चरेससहित ३ महिला पक्राउ

Written By Unknown on Saturday, November 10, 2012 | 2:31 AM

र्दिया, कार्तिक २५ । बर्दियामा सशस्त्र प्रहरीले चरेससहित तीन जना महिलालाई पक्राउ गरेको छ । वुटवलबाट बर्दियाको जमुनी नाका हुँदै भारततर्फ लैजान लागेको १० किलो ८ सय ग्राम चरेस सहित तीन जना महिलालाई प्रहरीले पचासा गाउँबाट पक्राउ गरेको हो । 

प्रहरीले दाङको घोराही नगरपालिकाकी ४० वर्षीया कमला घर्तिबाट ३ केजी ३ सय ग्राम, गेमा पुनबाट ४ केजी २ सय ग्राम र मायाँ घर्तिबाट ३ केजी ३ सय ग्राम चरेस बरामद गरेको हो ।

प्रहरीको -याली

काठमाडौं, कार्तिक २५ । प्रहरीले चाडबाडको समयमा अपराधिक घटना वढी हुन सक्ने भन्दै सचेतता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । महानगरीय प्रहरी प्रभाग जनसेवाले आज राजधानीमा जनचेतनामुलक ¥याली निकालेर चाडपर्वको समयमा चोरी, डकैति र यौन दूव्र्यवहार लगायतका घटना वढी हुने भन्दै सचेत हुन आग्रह गरेको हो । 

प्रहरीले तिहारको समयमा पटाका नपड्काउन पनि अपील गरेको छ ।

सिंहदरबार–बालुवाटार घेराउसहितको विपक्षीको आन्दोलन सार्वजनिक

काठमाडौं, कार्तिक २५ । सरकार विरोधी आन्दोलनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुले आज आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन् । एमाले मुख्यालय बल्खुमा पत्रकार सम्मेलन गरी विपक्षी दलहरुले कार्तिक २ गतेदेखि संचालन गर्नेगरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । 

विपक्षीहरुले आन्दोलन अन्र्तगत सिंहदरवार र बालुवाटार घेराउ लगायत देशभर सभा गर्ने जनाएका छन् । सात बूँदामा समेटिएको विरोध कार्यक्रमको पहिलो चरण मंसिर २९ गते सकिनेछ । 

यसबीचमा पनि सरकार सहमतिका लागि गम्भीर नबने आन्दोलनका थप कार्यक्रम संचालन गर्ने विपक्षी दलहरुले जनाएका छन् ।

यी हुन् दशैं को बेला गरिबी का कारण आत्महत्या गरेका धन बहादुर परियार को परिवार..

यी हुन् दशैं को बेला गरिबी का कारण आत्महत्या गरेका धन बहादुर परियार को परिवार......
हाल कतार मा बस्ने पर्बतबासी सोरुप सापकोटा ले यस गरिब परिवार लाइ रु ४००० को सहयोग गर्नु भएको छ.........सापकोटा जी लाइ धेरे धेरे धन्यबाद.......

नवमी का दिन यो समाचार कालिका एफ एम मा प्रसारण भए पछि अमेरिका बस्ने रक्तदाता समुह, अमेरिका का अध्यक्ष अर्जुन प्रसाद मैनाली ले रु १५००० पठाएर पुण्य काम को सुरुआत गरे पछि......सहयोग जारि छ.....अमेरिका मा बस्ने चितवनवासी आइटी क्षेत्र मा कार्यरत बासु भवानी दाहाल ले रु 10238.५५,आदिवासी जनजाती यु ए इ का अध्यक्ष गिरमान थापा मगर ले रु ३००० को सहयोग गरि सकेका छन

आखिर किन रोए ओबामा ? (भिडियोसहित)


विश्वको महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि बाराक ओबामा आफ्ना कार्यकर्ता र समर्थक समक्ष रोएका छन् ।
चुनाव जितेपछि आफ्ना समर्थकलाई धन्यवाद दिन डेमोक्रेटिक पार्टीको मुख्यालय शिकागोमा आयोजित कार्यक्रममा ओबामा रोएका हुन् । ओबामा कार्यकर्तामाझ रोएको भिडियो उनको प्रचार दलले यूट्यूबमा राखेका छन् ।
भिडियोमा ओबामाको आँखामा आँसु छ र उहाँले आफूलाई दोस्रो कार्यकालका लागि निर्वाचित गराउन कडा मेहनत गरेका समर्तकप्रति आभार व्यक्त गर्नु भएको छ । ओबामा सर्मथकमाझ रोएपछि एक शीर्ष सल्लाहकारले भनेका छन्-’बाराब शान्त होऊ ।’ तर, पनि ओबामालाई सम्हालिन केही समय लाग्यो ।
उहाँले भन्नु भएको छ-’मलाई तपाईहरुप्रति गर्व छ ।’ दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि ओबामाले अमेरिकीको सर्वश्रेष्ठ दिन आउन बाँकी रहेको बताउनु भएको छ ।
 भिडियो हेर्नुस्

गाडीको ठक्करवाट एक जनाको मृत्यु


२५ कात्तिक, काठमाण्डौ । काठमाण्डौको सुन्धरामा शनिवार विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा बाँकेको नेपालगन्ज नगरपालिका वडा नं १३ स्थायी घर भएका २० वर्षीय सौर्य शमसेर जवरा रहेको प्रहरीले जनाएको छ ।
बा ४ ३प ५०७५ नम्बरको मोटरसाइकलमा सवार जवरालाई बा ५ च ७२५५ नम्बरको दूध बोक्ने टाटामोवाइल गाडीले सुन्धराको नागथान नजिक ठक्कर दिएको थियो । ठक्कर दिएपछि गम्भीर घाइते भएका जवरालाई उपचारका लागि वीर अस्पताल लाने क्रममा निधन भएको थियो । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुरुङ खनेर १२ कैदी भागेपछि जेलरसहित ४४ प्रहरी निलम्बित

Written By Unknown on Friday, November 9, 2012 | 8:15 AM


अमर खड्का, इटहरी, कात्तिक २४ – पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीबाट १२ जना बन्दी गएराति भागेपछि जेलर रामुप्रसाद उपाध्यायसहित ४४ जना प्रहरीलाई निलम्बन गरिएको छ। कारागारको दक्षिण-पश्चिम क्षेत्रबाट सुरुङ खनेर उनीहरु भगेका हुन् । लगभग ४० फिट लामो सुरुङ खनेर भाग्ने कैदीमा बंगलादेश, भारत र नेपालका छन् ।
बन्दीले कारागार भित्रै सन्चालनमा रहेका विभिन्न कलकारखानामा प्रयोग हुने औजारको प्रयोग गरेर सुरुङ खनेका बताइएको छ ।
यसरी सुरुङ खनेर भाग्नेहरुमा नक्कली नेपाली नागरिकता बनाएर जेलमा परेका बंगलादेशी अलि असर्फ अन्सारी छन् । उनी कारागारको आन्तरिक प्रसाशनको चौकीदार रुपमा काम गर्थे ।
यसैगरी भाग्ने कैदीहरुमा रमेश यादव (अपहरण र कर्तव्य ज्यान), विनय यादव (कर्तव्य र चोरी), बमबम भनिने दिनश यादव (कार्तव्य ज्यान), मुखिया भनिने धीरेन्द्र यादव (कर्तव्य ज्यान), सुवास यादव (मानव अपहरण), सुवास झा (हातहतियार र मानव अपहरण), सर्पराज आलम (अपहरण), रमशे सर्दा (मावन बेचबेखिन), आरोप मियाँ (डकैती), ममता मियाँ (डकैती) र जाकिर मयाँ (खरखजना) छन् ।
यो कारागारमा ६ सय १८ जना छन् । २०६६ साउन ५ गते देखि सन्चालनमा आएको यो कारागारमा दुई वर्ष अघिसम्म केही समय कैदी बीच झडप हुने गरे पनि १ वर्ष यता शान्त कारागारको रुपमा चिनिएको थियो ।

भोलीसम्म सहमति जुटाउन प्रचण्डलार्इ राष्ट्रपतिको आग्रह

Written By Unknown on Thursday, November 8, 2012 | 11:12 PM


२४ कात्तिक, काठमाण्डौं । राष्ट्रपति डा. रामबरण यादबले भोलीसम्ममा राजनीतिक सहमति जुटाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ ।
आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले प्रचण्डलाई प्रतिपक्षि १९ दलले सहमति कायम नभएसम्म बजेट अध्यादेश जारी नगर्न गरेको लिखित पत्रका बारेमा पनि जानकारी गराउनुभएको थियो ।
बिना सहमति राजनीतिक निकास नसिक्ने भन्दै राष्ट्रपतिले गम्भिर भएर निकास निकाल्न आग्रह गर्नुभएको राष्ट्रपति निकट स्रोतले जनाएको छ ।
राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिले ठूलो दलको हैसियतले आफुलाई सहमतिका लागि अधिकतम पहल गर्न आग्रह गरेको जानकारी दिनुभयो । प्रचण्डले भन्नुभयो-’सहमति कायम गर्न राष्ट्रपतिले आग्रह गर्नुभयो, भोली सम्ममा निकास निस्कने गरी छलफल थाल्नुहोस भन्नुभएको छ । म त्यही अनुसार चल्ने छु ।’
साथै सहमति बिना बजेट नआउने भएकाले गम्भिर बन्न उहाँले आग्रह गरेको पनि प्रचण्डले जानकारी दिनुभयो ।

प्रचण्ड र बाबुरामका बीचमा

प्रचण्ड र बाबुरामका बीचमा लामो समयदेखि वैचारिक र सांगठनिक रूपमा मतभेद रहिआएको छ । चुनवाङ बैठकसम्म आउँदा प्रचण्डले बाबुरामको राजनीतिक कार्यदिशा स्वीकार गर्न पुगे भने बाबुरामले प्रचण्डको सङ्गठनात्मक नेतृत्व स्वीकार गर्न पुगेको छन् । यसरी चुनवाङ् बैठकसम्म प्रचण्डको क. किरणसँग एकता प्रधान र सङ्घर्ष सहायक थियो भने बाबुरामसँग सङ्घर्ष निरपेक्ष र एकता सापेक्ष थियो । चुनवाङपछि प्रचण्डको वैचारिक पतनसँगै बाबुरामसँग एकता प्रधान र क. किरणसँग सङ्घर्ष प्रधान बन्न गएको थियो । संशोधनवादले माक्र्सवादको सोझै विरोध र परित्याग गर्दछ भने नवसंशोधनवादले क्रान्तिकारी नाराभित्रबाट दक्षिणपन्थी यात्रा गर्दछ । प्रचण्ड–बाबुराम मूलतः प्रचण्डले नवसंशोधनवादको नेतृत्व गरेका छन् ।

लुम्बिनीमा प्रचण्डलाई सचिवको चुनौती


२३ कात्तिक, काठमाडौं । लुम्बिनी बिकाश परियोजनामा एपेक नामक चिनियाँ संस्थालाई संलग्न गराउने योजनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले प्रचण्डलाई चुनौती दिएपछि सचिवले हस्ताक्षर गर्ने कागजमा प्रचण्ड आफैले हस्ताक्षर गरेका छन् ।
बुधबार साँझ काठमाण्डौंको सोल्टी होटलमा एपेकका कार्यकारी उपाध्यक्षसँग प्रचण्डले सम्झौतामा हस्ताक्षर गर्नु लामै ‘ब्युरोक्रेटिक टसल’को परिणाम भएको बिश्वस्त स्रोतको भनाई छ ।
लुम्बिनी बिकाशका लागि काम गर्ने तालुकवाला निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यज्ञ गौतमले सो सम्झौतामा हस्ताक्षर गर्नुपर्ने भएपनि गौतमले आनाकानी गरेपछि बृहत्तर लुम्बिनी बिकास राष्ट्रिय निर्देशक समितिको संयोजकको हैसियतले आफैं अघि सर्नुपरेको बताइएको छ । अघिल्लो बर्षपनि तत्कालिन संस्कृति सचिव मोदराज डोटेलले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गर्दै राजीनामा दिएका थिए ।
सचिव गौतमले सम्झौताको मस्यौदा तयार पार्दादेखि नै असहयोग गरेको प्रचण्ड निकट सूत्रको दावी छ । मन्त्री पोष्टबहादुर बोगटीले दिएको निर्देशन पटक पटक अस्वीकार गरेपछि सचिवलाई बाइपास गरेर सम्झौता गरिएको बताइएको छ ।
सम्बद्ध सूत्रका अनुसार सचिव गौतमले असहयोग गरेपछि मुख्य सचिव लिलामणि पौडेल नै अग्रसर हुनुपरेको थियो । सम्झौतामा हस्ताक्षर गर्नुअघि पौडेल र प्रचण्डवीच सम्झौताका बुँदाबारे प्रचण्ड निवास लाजिम्पाटमा छलफल भएको थियो ।
प्रचण्डले हस्ताक्षर गरेपनि निर्णय कार्यान्वयन गराउने मध्ये एक सचिव गौतम पनि हुन । किनकी निर्देशक समितिको पदेन सदस्य संस्कृति मन्त्रालय पनि हो ।
गत असोज ४ गतेको मन्त्रीपरिषद बैठकले संस्कृति मन्त्रालयलाई निर्देशक समितिको पदेन सदस्य बनाउने निर्णय गरेको थियो । निर्देशक समितिका निर्णय र गतिबिधिका वारेमा मन्त्रालय बेखबर भएको गुनासो बढेपछि संस्कृति मन्त्रालयलाई पेदन सदस्य बनाउने निर्णय गरेको हो । निर्देशक समितिमा अव छिटै कर्मचारीसहितको सचिवालय स्थापना हुने बताइएको छ । त्यसका लागि अर्थमन्त्रालयले बजेट बिनियोजना गर्ने प्रक्रिया अघि बढाउन लागेको एक अधिकारीले बताए ।
‘नखाउ भने दिनभरीको शिकार खाउ भने कान्छा बाबुको अनुहार’भन्ने नेपाली उखान सचिव गौतमको जीवनमा चरितार्थ भएको छ । स्रोतका अनुसार सचिवमा बढुवा भएर मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना नपुग्दै कि त अव जगेडामा पर्नेछन कि त अन्यत्र कतै सरुवा हुनेछन । सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष र सो पार्टीका सचिव समेत रहेका मन्त्री बोगटीले नरुचाएका सचिव गौतम संस्कृति मन्त्रालयमा नरहने सूत्रको दावी छ । प्रचण्ड लुम्बिनी बिकास परियोजनालाई जसरी पनि अघि बढाएर केहि काम शुरु गरी हाल्ने पक्षमा छन । सचिव गौतमले आफनो योजनामा अवरोध सिर्जना गरेको अनुभव प्रचण्डले गरेका छन् ।
मुख्य सचिव पौडयालले दिएका सुझावका आधारमा लुम्बिनी बिकासका लागि बौद्धमार्गी साँस्कृतिक संरक्षण क्षेत्र र नेपाल चीन बौद्धमार्गी साँस्कृतिक आदान प्रदान गर्ने तीन पृष्ठको समझदारीपत्रको प्रतिलिपि सोल्टी होटलमै सच्याइएको हो । उनान नेतृत्वको एपेक फाउण्डेसनको प्रतिनिधि मण्डल सोल्टी होटलमा बसेको थियो । उनान नेतृत्वको प्रतिनिधिमण्डलले बुधवार बिहान उपराष्ट्रपति परमानन्द झासँग पनि उनकै कार्यालयमा समझदारी पत्रका वारेमा छलफल गरेको थियो ।
लुम्बिनी बिकासमा चासो व्यक्त गर्दै आएका संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको नेपाल भ्रमण रोक्ने वकालतमा डोटेल सहित राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम लगायतका व्यक्ति लागेका थिए । डोटेल, कुलचन्द्र गौतम, यज्ञ गौतम र उनीहरुका सहयोगीहरुले लुम्बिनी बिकास परियोजनालाई असफल गराउन देश भित्र र बाहिर अभियान छेडन सक्ने कुरामा एपेक सचेत देखिएको छ । अघिल्लो बर्ष जसरी उनीहरुले परियोजनालाई असफल बनाउन वा ढिलाइ गराउन सक्ने अवस्था अहिले नभएको ती अधिकारी बताउँछन । ती अधिकारी भन्छन ‘उनीहरु आफै थाक्छन । हामी काम गर्छौ ।’
पाँच बर्षअघि एशियाली बिकास बैंकले प्रक्षेपण गरेको तीन अर्वदेखि पाँच अर्व अमेरिकी डलरको लागतमा लुम्बिनी बिकास परियोजना निर्माण गरिने एपेक फाउडेसनका कार्यकारी उपाध्यक्ष सियाओ उनानले बताए । ‘हामी आफैले लगानी गर्ने होइन, संसारभरका बिभिन्न संघ संस्थाले लगानी गर्ने हो हामीले समन्वय गर्ने हो’उनानले बुधवार सोल्टी होटलमा पत्रकारहरुसँग भने ‘पर्यटकीय सुविधाका पूर्वाधार निर्माण गर्न मध्यपूर्वका लगानीकर्ता इच्छुक छन भने अन्य पूर्वाधार निर्माणका लागि संसारका अन्य क्षेत्रका लगानीकर्ताले इच्छा देखाएका छन ।’
मुस्लिमको मक्का र क्याथोलिकको भेटिकन सिटी जस्तै काठमाडौदेखि एक सय ७१ किलोमिटर पश्चिममा रहेको लुम्बिनीलाई बौद्धमार्गीका लागि अन्तराष्ट्रिय पवित्र तीर्थस्थल र अन्तराष्ट्रिय बिश्व शान्तिको शहर बनाउने लक्ष्यका साथ लुम्बिनी बिकास परियोजनाको डिजाइन गरिएको हो । क्षेत्रीय शान्ति,समृद्धि र स्थायित्वका लागि चीन नेपाल र भारतले लुम्बिनीलाई केन्द्रबिन्दु बनाएर त्रिदेशीय रणनीतिक साझेदारीको बिकास गरेर अघि बढनु पर्नेमा प्रचण्डले जोड दिँदै आएका छन्।

सात लाखको चोरी

काठमाडौं, कात्तिक २३ (नागरिक)- स्वयम्भू र खड्गभद्रकालीबाट मंगलबार सात लाख बराबरको धनमाल चोरी भएको छ। चोरीमा संलग्न भने कोही पक्राउ परेका छैनन्।
स्वयम्भू चागलमा गौतम महर्जनको कोठाबाट मंगलबार सुनका गहना र नगद गरी एक लाख ७१ हजार रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ।
यसैगरी खड्गभद्रकालीमा रामप्रसाद घिमिरेको घरबाट ३० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब चार लाख ४३ हजार रुपैयाँको चोरी भएको थियो।

पिसाब गर्न जाँदा त्रिशूलीमा खसेर मृत्यु

Written By Unknown on Wednesday, November 7, 2012 | 9:04 AM


चितवन, कात्तिक २२ – दारेचोक-२ फिस्लिङ्गमा बसबाट ओर्लेर पिसाब गर्ने क्रममा त्रिशूली नदीमा खसी मृत्यु भएको छ।
ना.३ ख २८८१ नम्बरको बस रोकी पिसाब गर्ने क्रममा त्यही बसमा सवार सुनसरी जिल्ला इनर्वा नगरपालिका-३ बस्ने ४४ वर्षीया मेनुका खतिवडा आज बिहान ७ बजे अचानक सडकबाट त्रिशूली नदीतर्फ खसेकी थिइन्। नदी छेउको ढुङ्गामा ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

समर्थकहरु बढेको भन्दै ज्ञानेन्द्र उत्साहित


२२ कात्तिक, काठमाडौं । जता गएपनि स्वागत गर्नेहरुको लामलस्कर देखेर पूर्वराजा ज्ञानेन्द्र शाह उत्साहित बन्न थालेको उहाँका सहयोगीहरुले बताएका छन् ।
यसअघि भैरहवा र पोखरा जाँदा समर्थकहरुको जयजयकार सुनेका ज्ञानेन्द्रले यसपटक भैरहवा र नपलपरासी पुग्दा पनि उसैगरी स्वागत सत्कार भेटे । सोमबार सडक मार्ग हुँदै भैरहवा जाँदा उनलाई धादिङ, चितवन, नवलपरासी र रुपन्देही जिल्लामा सर्वसाधारणले भव्य स्वागत गरेका थिए । कतिपय ठाउँमा पञ्चेबाजा र पञ्चकन्या मार्फत नै स्वागत गरिएको थियो भने कतिपय ठाउँमा चाहिँ फूलमालाबाट उनको स्वागत भएका थिए ।
राजनीतिक गतिरोधले दलहरुप्रति आमजनतामा वितृष्णा फैलिरहेकाले ज्ञानेन्द्रप्रतिको समर्थन बढेको उनका सहयोगीको ठम्याई छ । ‘पहिले स्वागत र जयजयकार गर्नेहरुको भीड त्यति देखिँदैनथियो, तर यसपटक भैरहवा पुग्दा स्वागत गर्नेहरुको ताँती नै लाग्यो’ ज्ञानेन्द्रका एक सहयोगीले अनलाइनखबरसित भने -’आफ्ना समर्थक बढेकोमा सरकार उत्साहित हुनुहुन्छ ।’
सोमबार भैरहवा जाँदा ज्ञानेन्द्रलाई धादिङका राजावादीले ‘श्री ५ महाराजाधिराज’ नै भनेर सम्बोधन गरेका थिए भने मंगलबार नवलपरासीमा भएको कार्यक्रममा पनि उनलाई राजाकै रुपमा बोलाइएको थियो । मंगलबार नवलपरासीमा भएको कार्यक्रममा ज्ञानेन्द्रले नेताहरुकै शैलीमा भाषण गरेका थिए ।
जहाजबाट राजधानी फिर्ता
यसअघि पोखरा जाँदा र त्यहाँबाट फर्किँदा पनि सडकमार्गकै प्रयोग गरेका ज्ञानेन्द्रले यसपटक राजधानी र्फकँदा चाहिँ आकाश मार्ग रोजेका छन् । सोमबार गाडी चढेर भैरहवा पुगेका उनी बुधबार जहाज चढेर राजधानी फर्किएका हुन् । उनको बिदाईमा भैरहवा विमानस्थल र स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरु फूलमाला सहित पुगेका थिए ।

महिलालाई दुर्व्यवहार गर्ने युवक गाउँ निकाला

Written By Unknown on Monday, November 5, 2012 | 4:47 AM

रक्सीको नशामा धरान १५ निराजन बस्तीकी विरामी महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक युवा गाउँ निकाला भएका छन्। शनिबार राती घरमा आराम गरिरहेकी महिलाको कोठामा पसेर दुर्व्यवहारको प्रयास गर्ने लक्ष्मी कोइराला गाउँ निकाला भएका हुन्। स्थानीयले पक्राउ गरेर प्रहरीमा बुझाउन खोजेपनि लक्ष्मी आफैले माफी माग्दै आफू गाउँ छोडेर जाने प्रतिवद्धता जनाएपछि उनी गाउँ निकाला भएका हुन्। ‘हामीले उसलाई प्रहरीको जिम्मा लगाउन खोजेका थियौं, तर उसैले गाउँ छोडेर जान्छु, प्रहरीमा नबुझाउनुस भनेकोले गाउँमा नफर्कने गरी छाडेका हौं’-स्थानीय समाजसेवी नरेश इवारमले भने। स्थानीयबासीले गाउँ निकाला गर्नुअघि केही घण्टा विजुलीको पोलमा बाँधेर राखेका थिए भने उनको लामो कपाल काटिदिएका थिए। स्थानीयबासीका अनुसार लक्ष्मीले यसअघि पनि गाउँका महिलाहरुलाई पटक पटक दुर्व्यवहार गरेका थिए भने कुखुरा चोरीको अभियोगमा पनि पटक पटक समातिएका थिए। अभियोग लागेका कोइरालाले भने आफु मातेको कारण बाटो बिर्सिएर महिलाको कोठामा पसेको दाबी गरे। ‘मातेको थिएँ, त्यसैले त्यस्तो भयो,’-उनले भने-‘अब यो गाउँमा बस्दिन, भारतमा दाजु छ, त्यतै जान्छु।’ स्थानीयका अनुसार खराब आचरणको कारणले उनीसँग बस्न नसकी पत्‍नी ३ छोराछोरी लिएर माइतीमा बस्न थालेकी छिन्। बसपार्कमा यात्रु खोजेवापत आउने कमिशनले जिविका चलाउने कोइरालाकी एक वृद्धा आमा छिन्। उनी पिण्डेश्वर मन्दिर परिसरमा भिक्षा मागेर गुजारा चलाउछिन्।

हेलिकप्टर खसेको हल्ला


, कार्तिक २० नुवाकोटको जिलिङ गाविसको भट्टा डाँडा भन्ने स्थानमा हेलिकप्टर खसेको हल्ला निराधार रहेको छ । स्थानीय गाउँलेले त्यहाँबाट प्रहरीको कन्ट्रोल १०० मा हेलिकप्टर खसेको अपुष्ट सूचना दिएपछि हल्ला फैलिएको थियो ।
नुवाकोटस्थित कान्तिपुरकर्मी प्रकाश अधिकारीले हेलिकप्टर खसेको हल्ला चलेपनि बुझ्दै जाँदा खबर निराधार रहेको जानकारी दिए । नुवाकोटका डिएसपी दीपकराज खरेल पनि दुर्घट्नाको कुनै पुष्टी नभएको बताए ।
नेपाल वायु सेवा संचालक संघका सचिव योगराज कँडेलले पनि दुर्घट्नाको खबर निराधार रहेको बताए । सबै विमान कम्पनीका जहाज तथा हेलिकप्टर अपडेट छ,हामीले सबै चेक गरिसक्यौं,ु उनले भने ।

आजदेखि तातोपानी नाकाबाट चीन जान बन्द

Written By Unknown on Sunday, November 4, 2012 | 12:53 AM


१९ कात्तिक, काठमाण्डौं । चिनियाँ कंग्रेसको महाधिवेसनलाई ध्यानमा राखेर आजदेखि सर्वसाधारणलाई चीन प्रवेशमा रोक लगाइएको छ । अध्यागमन कार्यालय कोदारीले चीन सरकारको अनुरोधमा आगामी मंसिर १० गतेसम्मका लागि सर्वसाधारणलाई प्रदान गरिँदै आएको एक दिने प्रवेश अनुमति पत्र जारी नगर्ने जानकारी दिएको छ ।
दुवै मुलुकका सीमा अधिकारीबीच शनिबार खासामा भएको बैठकमा चिनियाँ पक्षले गरेको अनुरोधका आधारमा प्रवेश रोक लगाइएको जानकारी अध्यागमन प्रमुख जगनाथ शर्माले जानकारी दिनुभयो ।
दोलखा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका सीमा क्षेत्रका अधिकारीको उपस्थितिमा भएको बैठकमा चिनियाँ पक्षले सुरक्षाका लागि आफ्नो अनुरोध स्वीकार गर्न आग्रह गरेको थियो । कंग्रेसको महाधिवेशन नोभेम्बर ८ देखि सुरुहुँदैछ ।

News Headlines

More Post »
Powered by Blogger.
 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved