बाग्लुङको वुङ्गा दोभानमा जाँडले टिल्ल परेका बाबुले छोरालाई कुटेर मारेका छन्। वुङ्गा ४ का गंगाबहादुर घर्तीले गएराति १६ वर्षका छोरा कुलबहादुरमाथि कुटपिट गरेका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत सैलेन्द्र खड्काले जनाएअनुसार मदिरा खाएका गंगाबहादुरले सामान्य विवाद हुँदा छोरामाथि आक्रमण गरेका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।
Home »
Amazing New
» जाँडको नशामा 16 बर्षे छोराको हत्या



No comments:
Post a Comment