आज २०६९ साल कार्तिक २१ गते मंगलवार, सप्तमि।
Aries: मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय ठिकै रहेको देखिन्छ । गरेका कामको सहि नतिजा हात पर्ने खालको दिन रहेको छ । पढाइ लेखाइमा समय बितेको थाहा हुने छैन ।
Taurus: वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): धार्मिक तथा सामाजिक काममा संलग्न हुनु पर्ने खालको समय रहेको देखिन्छ । घर परिवार तथा अन्य मान्यजनबाट राम्रो सहयोग मिल्ने खालको दिन रहेको देखिन्छ ।
Gemini: मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा): यतिखेर समय राम्रो आएको देखिन्छ । उपहार पुरस्कार मिल्ने खालको समय रहेको देखिन्छ । शारीरिक तथा मानसिक तनाव बढ्ने खालको समय रहेको देखिन्छ ।
Cancer: कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): तपाईको लागि आजको दिन सामान्य रहेको देखिन्छ । धार्मिक तथा सामाजिक काममा सहभागी हुनु पर्ने देखिन्छ । दीनदुखिलाई सहयोग गर्नु पर्ने बेला आएको छ ।
Leo: सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): वौद्धिक काम गर्नको लागि उचित सहयोग मिल्ने छ । अतिथि आगमनको समय रहेको देखिन्छ । स्वागत सत्कारमा तपाईको समय बित्ने देखिन्छ ।
Virgo: कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): निरासहुनु पर्ने खालको समय बहने रहेको देखिन्न । शैक्षिक कार्यको लागि तपाईको विदेस यात्रा हुने खालको योग रहेको देखिन्छ । सोच्नु होला ।
Libra: तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): गरिरहेकै कामबाट सन्तोष मान्नु पर्ने देखिन्छ । नयाँ काममा अचानक हात हाल्नु भए तेसले केहि नरम्रो पनि नगर्ला भन्न सकिन्न । विचार गर्नु होला ।
Scorpio: वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन तपाईको लागि फलदायक मान्न सकिन्छ । सोचेर काम गर्नु भयो भने राम्रो आर्थिक लाभको समय रहेको देखिन्छ । मन लगाएर काम गर्नु होला ।
Sagittarius: धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): धार्मिक तथा सामाजिक काममा सहभागी हुन संलग्न हुन पयिनेछ। घरपरिवारबाट राम्रो सहयोग मिल्ने योग रहेको छ ।
Capricorn: मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): वौद्धिक काम गर्ने वातावरण मिल्ने खालको समय रहेको देखिन्छ । अतिथि आगमनको समय रहेको देखिन्छ । स्वागत सत्कारमा तपाईको समय बित्नेछ ।
Aquarius: कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा): तपाईको लागि एकदम राम्रो समय आएको देखिन्छ । पुराना काम सजिलै सम्पन्न हुनेछन् । नयाँ कामबाट राम्रो आर्थिक लाभ हुने खालको समय रहेको देखिन्छ ।
Pisces: मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): तपाईको लागि आजको दिन सामान्य रहेको देखिन्छ । धार्मिक तथा सामाजिक काममा सहभागी हुनु पर्ने खालको समय रहेको छ । काम गर्दा विचार गर्नु होला ।



No comments:
Post a Comment