Headlines News :
Home » » मोटोपन घटाउन चाहनुहुन्छ ? यी फिल्म हे्र्नुस्…(सूचीसहित)

मोटोपन घटाउन चाहनुहुन्छ ? यी फिल्म हे्र्नुस्…(सूचीसहित)

Written By Unknown on Monday, November 5, 2012 | 9:59 AM


तपाई शरिर मोटो भएर चिन्तामा हुनुहुन्छ ? यदी मोटोपनलाई घटाउन चाहनुहुन्छ भने अब फिल्म हेर्नुस्, तपाईको तौल फिल्मलै हटाइदिन्छ तर फिल्म हेर्दा हासो लाग्ने, रुवाउने होइन तर्साउने फिल्म हेर्नुस्, नत्र तपाईको तौल घट्दैन । तपाईले मोटोपन घटाउनका लागि तर्साउने फिल्म हे्र्नु भयो भने तपाईको तौल दिनमा आधा घण्टा हिड्दा जति तौल घट्छ त्यो बराबरको तौल घट्छ ।
शोधकर्ताहरुले गरेको अध्ययनले बताए अनुसार तर्साउने खालमा चलचित्र हेर्दा डेढ घण्टामा १ सय १३ क्यालोरीको खपत हुन्छ । यसरी चलचित्र हेर्दा क्यालोरीको मात्रा खपत हुँदा शरिरको तौलमा केही नियन्त्रण गर्न सकिन्छ । यसरी शरिरको तौल घटाउनका लागी शोधकर्ताहरूले केही चलचित्रको सूचि समेत बनाएका छन् । उक्त सूचीमा सन् १९८० मा बनेको हरर चलचित्र ‘द साइनिङ’ सबैभन्दा माथी रहेको छ । यो चलचित्र हेर्दा दर्शकले औसत १ सय ८४ क्यालोरी खर्च गर्ने शोधकर्ताहरुले बताएका छन् । यस्तै दोस्रो नम्बरमा ‘जज’ नामक चलचित्र रहेको छ । यो चलचित्र हेर्दा १ सय ६१ क्यालोरी खर्च हुन्छ ।
यस अध्ययनमा शोधकर्ताहरूले विभिन्न दश जनालाई सबैभन्दा तर्साउने चलचित्रहरू देखाएर उनीहरूको धड्कन, अक्सिजन लिने मात्रा, कार्बनडाइ अक्साइड फ्याक्ने मात्राका बारेमा अध्ययन गरेका थिए । शोधकर्ताहरूका अनुसार चलचित्रमा रहेका दृश्यहरु जुन दृश्य देखेर दर्शकहरू डराउँछन् त्यसले क्यालोरी खपत गराउन सबैभन्दा उत्तम हुने गर्छ । यस्ता दृश्यहरू देख्दा दर्शकहरूको नशा तन्किने, डर लाग्ने, धड्कन बढ्ने हुन्छ साथै शरिरमा तिव्र गतिमा रक्त सञ्चार पनि हुने गर्छ । यसले शरिरमा एड्रिनल हार्मोमको सञ्चार तेज हुन्छ जसले बेसल मेटाबोलिकको दर बढाउँछ र क्यालोरीको मात्रालाई अन्य समयभन्दा बढी खर्च गरिदिन्छ ।
क्यालोरी खर्च गर्ने शिर्ष हरर चलचित्रहरू…
द शाइनिंग –   १८४ क्यालोरी
जज-   १६१ क्यालोरी
द एक्जोटजिस्ट-   १५८ क्यालोरी
अ नाइटमेयर अन इल्म स्ट्रिट-   ११८ क्यालोरी
पेरानर्मल एक्टिभिटी-     १११ क्यालोरी
द ब्लेयर विच प्रोजेक्ट-   १०५ क्यालोरी
द टेक्सास चेन स मास्कर-    १०७ क्यालोरी
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved