Headlines News :
Home » » आलोचना भोगेपनि चल्ने भो एटीएम

आलोचना भोगेपनि चल्ने भो एटीएम

Written By Unknown on Saturday, November 3, 2012 | 1:04 AM


प्रदर्शन अगावै प्रोमोमा राखिएको अश्लिल संवादका कारण चर्चामा आएको चलचित्र एटीएम अन्तत मंसिर ८ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
कात्तिक १७ लाई प्रदर्शन मिति तोकेर प्रचारमा उत्रिएको एटीएमको प्रदर्शन मिति मंसिर ८ गते सरेको हो । दिनेश थापाको निर्माणमा तयार भएको सिनेमालाई यादव सिलवालले निर्देशन गरेका हुन् । चलचित्रमा दिनेशका अलवा जिया के.सी, सबिना कार्की, सोनीया शर्मा लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा समावेश दृश्य र संवाद उच्छृङ्खल भएपछि सेन्सर बोर्डले चलचित्रका थुप्रै दृश्य काटेको थियो । सेन्सर बोर्डले दृश्य काटेपछि चलचित्रको पुनः छायांकन समेत गरिएको थियो । चलचित्रमा नायिकात्रय जिया के.सी, सबिना कार्की र सोनीया शर्माले खुलेरै अंगप्रदर्शन गरेका छन् । चलचित्रका निर्माता दिनेश थापाले तिन नायिकासग पर्दामा मस्ति गरेको देख्न सकिन्छ ।
चलचित्रमा समावेश दृश्य र संवादलाइ लिएर चलचित्र वृत्तमा चर्को बहस समेत भएको थियो । तर विभिन्न आलोचना र विरोधका वावजुत पनि यो चलचित्र प्रदर्शनमा आउन लागेको हो ।


Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved