Headlines News :
Home » » ४ सिनेमाको भिडन्त, बाजी कसले मार्ला ?

४ सिनेमाको भिडन्त, बाजी कसले मार्ला ?

Written By Unknown on Friday, November 2, 2012 | 4:52 AM


नेपाली सिनेमाले व्यापार राम्रो नगरिरहेको समयमा पनि हप्तामा ४ सिनेमा प्रदर्शन हुने क्रम भने रोकिएको छैन । शुक्रबार अर्थात कात्तिक १७ गतेबाट ४ सिनेमा एकसाथ प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका सबै सिनेमाका निर्माताले आफ्नो चलचित्र उत्कृष्ट बनेको दाबी गरिरहेका छन् । शुक्रबारबाट प्रदर्शनमा आएका ४ सिनेमाहरु यसप्रकार छन् :
१. ईशारा
सविर श्रेष्ठको निर्देशनमा उमा बेबीले निर्माण गरेको यो चलचित्र शुक्रबारबाट काठमाण्डौका मुख्य मुख्य सिनेमा भवनबाट प्रदर्शनमा आएको छ । चलचित्रमा रेखा थापा, उत्तम प्रधान, भुपेन चन्द, उमा बेबी लगायतका कलाकारको अभिनय छ । नारीप्रधान चलचित्र ‘इशारा’ मा महेश खड्काले संगीत भरेका छन् ।
२. न बोले नि हाशी राख न
शरद के.सीले निर्देशन गरेको चलचित्र ‘न बोले नि हाशी राख न’ शुक्रबारबाट देशभरका ४६ सिनेमा भवनबाट प्रदर्शनमा आएको छ । मायाप्रेमका साथमा सेवा नै धर्म हो भन्ने मुल भाव बोकेको चलचित्रमा निखील उप्रेती,ऋचा सिंह ठकुरी, शान्ति गिरी, कमलकृष्ण लगायतका कलाकारको अभिनय छ । चलचित्रका गीतसंगीतले बजारमा राम्रो छाप छोडेकाले पनि सिनेमाले व्यापार गर्ने आशा गरिएको छ । नायक निखील उप्रेतीले मुम्बई छिरेपछि अभिनय गरेको पहिलो चलचित्र भएकाले पनि दर्शकले यो सिनेमालाई उत्सुकताका साथ पर्खीएका छन् । चलचित्रमा बसन्त सापकोटाको संगीत छ ।
३. आई एम इन लभ
सचिनराज अमात्यको निर्देशनमा तयार भएको यो चलचित्रमा बावु बोगटी र अनु शाहको मुख्य भूमिका छ । पुर्णतया प्रेमकथामा आधारित यो सिनेमा अनु र बाबुका लागि नै बिशेष छ । अनु र बाबुले सोलो नायक तथा नायिकाको रुपमा अभिनय गरेको यो पहिलो सिनेमा हो । चलचित्रका गीतसंगीतले बजारमा राम्रो चर्चा पाएका छन् ।
४. भेटी
किशोर चौधरीको निर्देशनमा नारायण खतिवडाले निर्माण गरेको चलचित्र ‘भेटी’ शुक्रबारबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । रेखा थापा, रागिनी खड्गी, राजेन्द्र खड्गी लगायतका कलाकारले अभिनय गरेको ‘भेटी’ अहिले चर्चामा छ । जोमसोम र मुस्ताङका रमणिय स्थानमा छायांकन गरिएको चलचित्रले राम्रो व्यापार गर्ने आशा गरिएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved