हास्यकलाकार जोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले वाल दुव्र्यवहार विरुद्धको १९ दिने अभियानको सुरुवात गरेका छन् ।
विहिबार रत्नपार्क स्थित शान्तिबाटिकामा मैनबत्ति प्रज्वलन गरि मह जोडिले १९ दिने अभियानको सुरुवात गरेका हुन् । दर्जनौ गैरसरकारी संघसंस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको मैनबत्ति प्रज्वलन कार्यक्रमको उद्घाटन गर्दै दुवै कलाकारले मुलुकमा राजनीतिक अस्थिरता भएकाले बालवालिकाको अवस्था ठिक नभएको बताए ।
वालअधिकार महासन्धी पारित गरेको दिन पारेर हरेक बर्षको नोभेम्वर २० तारिखलाई अन्तराष्ट्रिय वालअधिकार दिवसको रुपमा मनाईन्छ । यस्तै नोभेम्वर १९ लाई सन् २००० बाट वालदुव्र्यवहार विरुद्धको विश्व दिवसका रुपमा मनाउने गरिएको छ । यी दुई दिवसलाई समेटेर नेपालमा यस पटक १९ दिने अभियान सुरु गरिएको हो ।



No comments:
Post a Comment