Headlines News :
Home » » ल्यापटप काँखमा राखेर चलाऊनेहरु होसियार हुनुहोस

ल्यापटप काँखमा राखेर चलाऊनेहरु होसियार हुनुहोस

Written By Unknown on Thursday, November 8, 2012 | 1:37 AM


ल्यापटप त अहिले प्राय जसो सबै मानिससंग हुने गर्दछ तर अब ल्यापटप जो जो सँग छ र काखमा राखेर चलाउने गर्नु हुन्छ भने सोच्नुपर्ने बेला आएको छ ।
यदी तपाई आफ्नो ल्यापटप काखमा राखेर चलाउने गर्नुहुन्छ भने त्यसो नगर्दानै राम्रो हुन्छ ।
डाक्टरहरुका अनुसार यसो गर्दा पुरुषहरुको स्पर्म (शुक्रकीट) मा असर पार्छ र तपाई पिता वन्ने सुखवाट बन्चित सक्नुहुन्छ । डेलिमेल न्युज अनुसार हालै मा व्रिटेनमा भएको एक घटनाले यो कुरा लाई प्रमाणीत गरेको छ ।
ब्रिटेनका स्कट रीड नामक एक ब्यक्ति पिता वन्न नसकेपछि उनले डाक्टरहरुसंग सल्लाह गर्दा उनलाई डाक्टरले ल्यापटम काखमा राखेर चलाउने गरेको ले एस्तो भएको बताए। उनको शरीरमा भरपूर मात्रामा स्पर्म उत्पादन भएपनि स्पर्मले सक्रियता नपाएकाले यस्तो असर गरेको डाक्टर ले बताए ।
डक्टरका अनुसार स्कटको स्पर्म हिट ड्यामेजको शिकार वनेको थियो । बिशेष गरी ल्यापटप काखमा राख्दा ल्यापटपवाट निक्लिने तातो एयर को कारण ले यस्तो हुने गर्दछ । तातो ठाउमा काम गर्दा मानिष हरु को स्पर्म ड्यामेज हुने नकार्न सकिदैन र यस्तो समस्या खाना पकाउने काम गर्ने सेफ वा कुकलाई अनि तातो भाट्टि मा काम गर्ने मजदुर लाई पनि हुन सक्ने सम्भावना बढी नै हुन्छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved