Headlines News :
Home » » पूर्वसभासदद्वारा १ बर्षदेखि बलिकाको यौन शोषण गरेको खुलासा

पूर्वसभासदद्वारा १ बर्षदेखि बलिकाको यौन शोषण गरेको खुलासा

Written By Unknown on Sunday, November 4, 2012 | 1:11 AM


पोखरा, कात्तिक १९, विघटित संविधानसभामा समानुपातिकतर्फका एक पूर्वसभासदले आफ्नो घरमानै राखेर १ वर्षदेखि एक बालिकाको यौन शोषण गर्दै आएको कुराको खुलासा भएको छ । ती सभासद एकीकृत माओवादीका पूर्वसभासद सफिक मियाँ भएको बताइएको छ ।
ती सभासदले कास्की जिल्लाको एक गाउँकी गरिब परिवारकी १३ वर्षीया बालिका उर्मिला खत्री (नाम परिवर्तन) लाई कामदारका रुपमा घरमै राखेर यौन शोषण गरेको भन्दै पीडितका परिवारले प्रहरीमा उजुरी दिएका छन् ।
ती पीडित बालिकाले आफूलाई मियाँले प्रलोभन र डरधाक देखाएर प्राकृतिक र अप्राकृतिक रुपमा नियमित यौन शोषण गर्ने गरेको कुरा समेत प्रहरीलाइ बताएकी छन् । पोखराको नयाँबजारस्थित मियाँको डेराबाट प्रहरीले शुक्रबार साँझ ती बालिकालाई उद्धार गरेको थियो । पूर्वसभासद मियाँ अहिले फरार रहेको बताइएको छ ।
मियाँले घरमा काम गराउने भन्दै ती बालिकालाई उनका बाबुआमाकै सहमतिमा घरमा राखेका थिए । घरमा काम गर्ने यी बालिकासँग आफ्ना श्रीमानले यौन दुर्व्यवहार गर्ने गरेको कुरा उनकै पत्नी सुवेदा खान मियाँले प्रकासमा ल्याएकी हुन् । यस क्रममा उनले स्वयं कैयौंपटक रंगेहात फेला पारेको समेत बताएकी छन् ।
मियाँले घरेलु कामदारका रुपमा राख्न ल्याएकी आफ्नी छोरीमाथि यौनशोषण गरेको थाहा पाएपछि उनकी आमाले हिजो जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । गरिब परिवारकी ती बालिकालाई खान, लाउन र उनका बाबुआमालाई मासिक १ हजार रुपैयाँ बुझाउने सर्तमा एक वर्ष अघि घर ल्याएको कुरा उनकी आमाले बताएकी छन् । काममा ल्याएकी ती बालिकालाइ केही दिनदेखि नै डरधाक देखाएर यौन शोषण गरेको तथा पछि आफुले बिहे गर्ने प्रलोभन समेत दिएको कुरा बालिकालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
ती बालिका माथि भएको यस प्रकारको कार्यलाई जबर्जस्ती करणीको महल अन्तर्गत मुद्दा चलाउने तयारि भइरहेको कुरा प्रहरीले जनाएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved