Headlines News :
Home » » पैसठ्ठीपछिको सेक्स….

पैसठ्ठीपछिको सेक्स….

Written By Unknown on Sunday, November 4, 2012 | 8:15 AM

स्पेनका बैज्ञानिकहरुले बरिष्ठ व्यक्तिहरुको यौन सक्रियताका बारेमा एउटा शोध गरेका छन् । स्पेनको राष्ट्रिय स्वास्थ्य र लैंगिकता सर्वेक्षणमा आधारित यो अध्ययनमा २ हजार पाका नागरिकहरुलाई सहभागी गराइएको थियो ।
अध्ययनबाट देशका बरिष्ठ नागरिकको यौन व्यवहारसँग सम्बन्धित जानकारीहरुको खुलासा भएको छ । अध्ययन दलका प्रमुख म्याड्रिडस्थित रेजुआन कार्लोस विश्वविद्यालयसँग सम्बन्धित डोमिंगो प्यालेसियसका अनुसार स्पेनमा यो शोधले अहिलेसम्म ठिक ढंगबाट विचार नगरिएको वृद्ध र कामुकतासम्बन्धी सामाजिक तथ्य थाहा हुनेछ ।
१ हजार ९ सय ३९ जना बरिष्ठ नागरिकमा सन् २००९ मा गरिएको शोधका अनुसार ६५ वर्ष उमेर कटेका ६२.३ प्रतिशत पुरुष र ३७.४ प्रतिशत महिला यौन क्रियामा सक्रिया रहेको देखाएको थियो ।
यी बरिष्ठ नागरिकहरु सामान्यतः जुन गतिविधि गर्दछन् त्यसमा चुम्बन, स्पर्श र मैथुन प्रमुख छ । जबकि हस्तमैथुन र मुख मैथुन बरिष्ठ नागरिकहरुमा कम प्रचलित छ ।
यसका साथै अन्य केही कारण पनि छन् जसले पाका उमेरका महिला र पुरुषमा यौन सक्रियतालाई सीमित गर्दछ । जस्तो कि ७५ वर्षमाथिको उमेर हुनु पनि एउटा कारण हो । कसैको साथी नहुनु, शिक्षाको निम्नस्तर, स्वास्थ्य र कामुकताका बारेमा रहेको सतही सोच, कुनै स्थायी रोगबाट पीडित हुनु र दुई खाले औषधि सेवन गर्नु पनि हो ।
प्यालेसियसका अनुसार विदुर हुनु र शारीरिक अपाङ्गता पनि यस्तो प्रमुख कारणहो जसले बरिष्ठ स्पेनी नागरिकको यौन सम्बन्ध कायम गर्नबाट बञ्चित गर्दछ ।शोधका लेखकले ६५वर्षभन्दा माथिका नागरिकमा महिलाको सट्टा पुरुष बढी सक्रिय रहने गरेको निष्कर्ष निकालेका छन् ।
साथै ६५ वर्षदेखि ७४ वर्षसम्मको उमेरमा बरिष्ठ नागरिकहरुको तुलनामा ७५ वर्षभन्दा माथिका मासिन कम सक्रिय रहने गर्दछन् । स्पेनमा बरिष्ठ नागरिकको यौन जीवनका बारेमा कयौ नयाँ तथ्य खुलासा गर्ने यो शोध जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशन गरिएको छ । एजेन्सी
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved