Headlines News :
Home » » स्मार्टफोन बोक्ने तरुनी-तन्नेरीले गर्छन् बढि सेक्स

स्मार्टफोन बोक्ने तरुनी-तन्नेरीले गर्छन् बढि सेक्स

Written By Unknown on Friday, November 2, 2012 | 9:00 AM


स्मार्टफोन बोक्ने किशोरकिशोरीहरुले अरु साधारण मोबाइल फोन बोक्ने साथीहरुको तुलनामा बढि सेक्स गर्ने गरेको एक अध्ययनले देखाएको छ ।
साथै मोबाइल फोनमै इन्टरनेटको सुविधा उपयोग गर्ने टिनएजर्सहरुले अनलाइन मार्फत विपरित लिंगीसाग सम्पर्क गर्न नपाउनेहरुलेभन्दा सेक्सको मौका दोब्बर बढि पाउने समेत अध्ययनले खुलासा गरेको छ ।

साउथ क्यालिफोर्निया विश्वविद्यालयको स्कुल अफ सोसल वर्क का अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले आधुनिक मोबाइल फोन अर्थात् स्मार्टफोनको प्रयोग गर्ने किशोरकिशोरीहरु यौनिक रुपमा धेरै सक्रिय हुने गरेका देखाएको हो ।
अनुसन्धानकर्ता इरिक राइसका अनुसार स्मार्टफोनकै कारण किशोरकिशोरीहरु प्रत्यक्ष रुपमा जोखिमपूर्ण यौन क्रियाकलापमा फसेको भने पाइएको छैन फगत स्मार्टफोनले यस्तो कामलाई सजिलो बनाइदिएको छ ।
उनका अनुसार अब अभिभावकले आफ्ना जवाफ छोराछोरीले कम्प्युटमा इन्टरनेट मार्फत कस्तो कस्तो क्रियाकलाप गर्छन् भनेर अनुगमन गरेर मात्र पुग्दैन, स्मार्टफोनमा अनलाइन मार्फत गर्ने कार्यहरुको बारेमा पनि निगरानी गर्नुपर्छ ।
यस अध्ययनको क्रममा अमेरिकाको लस एन्जल्सका १८४० जना स्कुले छात्रछात्रामा अनुगमन गरिएको थियो ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved