दुलही रानीजस्तो नेपालीपनको चलचित्र खेलेको मान्छे किन एटीएमजस्तो भद्दा
फिल्म खेलेको?
त्यो चलचित्रको यस्तो गलत प्रभाव पर्ला भन्ने नै सोचिएन त्यतिबेला।
किन र? कथा पढिएन पहिले?
– कथामा त त्यस्तो केही थिएन। आधुनिक चलचित्र भनियो। तर, आधुनिक पनि त्यस्तो आधुनिक होलाजस्तो लागेन।
त्यस्ता भद्दा संवाद बोल्न असजिलो लागेन?
केटी–केटी झगडा हुँदा त्यस्तो संवाद बोलियो तर अन्ततः त्यस्तो संवाद नै गलाको पासो भयो।
के–कस्ता प्रतिक्रिया आए त?
एटीएमको प्रोमो बजारमा आएपछि स्याबास भन्ने त कोही पनि भेटिएनन्। साथीभाइ र आफन्त सबैबाट छीःछीः मात्र भयो।
निर्माताहरू किन बनाउँछन् यस्ता फिल्म?
सस्तो चर्चा र दाम बढी कमाइएला भन्ने सोचेर।
कुरा हो रहेछ त?
त्यस्तो सोच गलत रहेछ। अब फिल्म पनि रिलिज नहुने भयो अनि बद्नाम पनि भइयो। अब हेर्नुस् त हामीजस्ता नयाँ कलाकारहरूको विजोग।
भनेपछि गल्ती गरेँजस्तो लागेको छैन?
किन नहुनु? ठूलै गल्ती गरेँछु। अब यो कालो दाग मेटाउन निकै कोसिस गर्नुपर्छ। जोसमा होस नपुर्याउँदा अहिले पछुताइरहेकी छु।
एटीएममा आफूसँगै खेल्ने अरू कलाकारलाई के भन्ने इच्छा त छ?
म अरूको बारेमा भन्न सक्दिनँ। म मेरोबारेमा भन्छु कि मैले गल्ती गरेँ।
त्यस्तो फिल्ममा केका लागि काम गरिएको थियो। नाम या दाम?
–हामी नयाँ कलाकार हौँ। त्यसैले अवसरका लागि सदा खोजीमा हुन्छौँ हामी। अवसर पनि यस्तो पाइयो कि क्यारियर नै डुब्ने अवसर हात लाग्यो। के थाहा यस्तो होला भनेर।
अब के छ नि नयाँ योजना?
केही नयाँ फिल्म खेल्दै छु। तर एटीएम जस्तो होइन। करोडौँ दिए पनि यस्तो
फिल्म खेल्दिनँ अब।



No comments:
Post a Comment