Headlines News :
Home » » फेसबुकमा समस्या पासवर्ड नराखि लगइन भयो !

फेसबुकमा समस्या पासवर्ड नराखि लगइन भयो !

Written By Unknown on Sunday, November 4, 2012 | 1:21 AM


कात्तिक १९, तपाइँको फेसबुक यदि पासवर्ड विनानै चल्यो भने के गर्नुहुन्छ ? हिजोआज यस्तै प्रकारको समस्या देखिएपछि फेसबुकले आफ्नो साइटमा आएको यस नयाँ समस्याको समाधानका लागि काम शुरू गरेको छ । यस कुराको जानकारी एउटा ह्याकर न्युज वेबसाइटले दिएको थियो । 
बिबिसीले उक्त साइटको सन्देशमा बताइए अनुसार लिंक गुगलमा सर्च गर्दा १३ लाख २० हजार फेसबुक एकाउन्टहरू यस्तो भेटिएको बताएको छ । उक्त लिंक मार्फत सजिलै गरि अरुको फेसबुक एकाउन्टमा बिना पासवर्ड लग इन गर्न सकिएको बताइएको छ । साथै अरु धेरै फेसबुक प्रयोगकर्ताको एकाउन्टको इमेल ठेगाना पनि फेला पारिएको कुरा समाचारमा जनाइएको छ ।
मोबाइल र इमेलमा आउने फेसबुकको स्टाटस अपडेट तथा नोटिफिकेसन एलर्टमा गएर छिटो र सजिलो तरिकाले फेसबुक लगइन गर्न सकिन्छ । यस्तो प्रकारको लिंक कसैले इन्टरनेटमा पोस्ट गरेपछि यो समस्या आएको हुनसक्ने कुरा समाचारमा जनाइएको छ ।
उक्त समाचारको बारेमा कमेन्ट गर्दै फेसबुकका सेक्युरिटी इन्जिनियर म्याट जोन्सले उक्त लिंक फेसबुक प्रयागकर्ताको इमेलमा मात्र पठाइने र यसरी पठाइका लिंक क्लिक गरेपछि एक्पायर हुने कुरा बताउनु भएको छ । उनले सर्च इन्जिनले यस्ता लिंक त्यतिबेला मात्र पत्ता लगाउन सक्छन् जब यस्ता लिंक अनलाइन पोष्ट गरिन्छ भनेका छन् । साथै राम्रो सुरक्षा सेवा नभएका मेल सेवाका कारण यस्तो समस्या आएको हुन सक्ने कुरा समेत उनले बताए ।
धेरैजसो ती लिंकहरूको म्याद सकिइसकेकाले यस्तो लिंकमार्फत फेसबुकमा जान सक्ने सुविधा केही समयलाई बन्द गरिएको उनले बताएका छन् ।  यस्तो समस्याका कारण खुलिसकेका एकाउन्टको सुरक्षामा पनि ध्यान दिएको फेसबुकले जनाएको छ ।
यस प्रकारले खुलिसकेका एकाउन्ट रुस र चीनमा धेरै भएको बताइएको छ । साथै फेसबुकले विज्ञप्ति जारी गर्दै जुन लिंक मार्फत एकाउन्टहरु ह्याक भएका छन्, त्यो लिंक फेसबुक प्रयोगकर्ताको निजी इमेलमा मात्र पठाइन्छ र फेसबुकले कुनै पनि तरिकाले यसलाई सार्वजनिक गरेको छैन पनि भनेको छ ।
त्यसैले तपाइँहरूपनि फेसबुकको पासवर्डको सुरक्षामा ध्यान पुर्याउनुस है ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved