सरोज शर्मा
पाँचथर, १८ कात्तिक- समाजमा ब्याप्त रहेको यौनजन्य घटना र तिनको निराकरणमा सरकारी तवरबाट थुप्रैखाले कदमहरू भएका छन् । दण्ड जरिवाना, जेलनेललगायतका धेरैखाले प्रावधान हुँदा हुँदै पनि त्यस्ता हटना नियन्त्रण हुनुको साटो झनै फस्टाएर गएका छन् ।
त्यस्तै घटनाबाट आजित भएरै हुनु पर्छ पाँचथरको सुदर उतरी गाविस प्राङबुङका स्थानीयले निकै कडा खालको निर्णय गरेका छन् । वैदेशिक रोजगारीमा गएका श्रीमान्का श्रीमतीले लटिपटी कुम्ल्याएर अर्कै पुरुषसँग लाग्ने कारण बिकृती बडेको भन्दै गाउँलेले ५ लाखसम्म जरिवाना गर्ने निर्णय गरेका छन् ।
श्रीमान्ले विदवेशमा गएर कमाएको रमकसमेत हिनामिना हुनेगरी अर्को विवाह गर्ने महिला तथा अर्काकी श्रीमती लाने पुरुषका लागि यस्तो खालको निर्णय लागु हुने गाउँलेले बताएका छन् । निर्णयसँगै स्थानीय एकजनालाई श्रीमान् विदेश गएका बखत अर्काकी श्रीमतीसँग विवाह गरेको भन्दै ५ लाख रुपैया जरिवाना गरिएको छ ।
प्राङबुङ–२ खेदोकका दिलकुमार राईले सिदिन ४ का सन्तोष राईकी श्रीमती ल्याएपछि ५ लाख जरिवाना तिरेका हुन् । गाउँमा यस्तो निर्णय भएपछि परस्त्री र परपुरुष गमनमा केही हदसम्म नियन्त्रण हुनुका साथै अर्काकी पत्नी लैजाने क्रम नियन्त्रणमा आएको प्राङबुङ–८ का मदन लुङ्गेलीले बताए । जरिवाना गरे पश्चात गाउँमा त्यस्ता घटना दोहारिएका छैनन् लुङगेलीले बताए ।
निर्णय अर्काकी श्रीमती लानेलाई मात्रै हैन । अवैध यौन सम्पर्क भएको थाहा भएमा पनि लागु हुने बताइएको छ । निर्णयअनुसार महिलाले अवैध रुपमा यौन कार्य गर्न लोभ्याएको खुलेमा सार्वजनिक माफी मागी आहिन्दा आचरणमै बस्ने गरी कसम खानु पर्नेछ । पुरुषले त्यसो गरेका भने ५ लाख तिर्नै पर्ने बाध्यता छ ।
श्रीमान् वैवाहिक जीवन सुरुवातपछि रोजगारको सिलसिलामा विदेशीनु परेपछि श्रीमतीले यौन चाहना मेट्न परपुरुषसँग लोभिनुसँगै यस्ता महिलासँग लोभिने पुरुषको संख्या बढ्नाले समाजमा विकृती सुरु भएपछि यस्तो निर्णय गर्नु परेको नेपाली कांग्रेस गाउँ कार्य प्राङवुङका सभापति जीवनकुमार राईले बताए ।
श्रीमानले विदेशमा दु:खले आर्जेको सम्पति श्रीमतिले पर पुरुषसँग सम्बन्ध गाँसेर रमाइलोमा उडाउने र अन्त्यमा फरार हुने परिपाटीले गाउँनै दुखित भयो, त्यसैले यस्तो निणय गर्नु पर्यो राईले बताए । एक हजार घरधुरी रहेको प्राङवुङ गाविस जहाँ प्रतिघर एकदेखि दुईजना युवा विदेश गएका छन् । त्यहाँ युवाको तुलनामा बृद्वबृद्वा र महिलाको संख्या धेरै छ । युवाहरू विदेशिने क्रम बढेपछि जन्मदर कम हुँदै गएको स्थानीय स्वास्थ सस्थाको तथ्यांकमा उल्लेख छ 



No comments:
Post a Comment