रक्सीको नशामा धरान १५ निराजन बस्तीकी विरामी महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक युवा गाउँ निकाला भएका छन्। शनिबार राती घरमा आराम गरिरहेकी महिलाको कोठामा पसेर दुर्व्यवहारको प्रयास गर्ने लक्ष्मी कोइराला गाउँ निकाला भएका हुन्। स्थानीयले पक्राउ गरेर प्रहरीमा बुझाउन खोजेपनि लक्ष्मी आफैले माफी माग्दै आफू गाउँ छोडेर जाने प्रतिवद्धता जनाएपछि उनी गाउँ निकाला भएका हुन्। ‘हामीले उसलाई प्रहरीको जिम्मा लगाउन खोजेका थियौं, तर उसैले गाउँ छोडेर जान्छु, प्रहरीमा नबुझाउनुस भनेकोले गाउँमा नफर्कने गरी छाडेका हौं’-स्थानीय समाजसेवी नरेश इवारमले भने। स्थानीयबासीले गाउँ निकाला गर्नुअघि केही घण्टा विजुलीको पोलमा बाँधेर राखेका थिए भने उनको लामो कपाल काटिदिएका थिए। स्थानीयबासीका अनुसार लक्ष्मीले यसअघि पनि गाउँका महिलाहरुलाई पटक पटक दुर्व्यवहार गरेका थिए भने कुखुरा चोरीको अभियोगमा पनि पटक पटक समातिएका थिए। अभियोग लागेका कोइरालाले भने आफु मातेको कारण बाटो बिर्सिएर महिलाको कोठामा पसेको दाबी गरे। ‘मातेको थिएँ, त्यसैले त्यस्तो भयो,’-उनले भने-‘अब यो गाउँमा बस्दिन, भारतमा दाजु छ, त्यतै जान्छु।’ स्थानीयका अनुसार खराब आचरणको कारणले उनीसँग बस्न नसकी पत्नी ३ छोराछोरी लिएर माइतीमा बस्न थालेकी छिन्। बसपार्कमा यात्रु खोजेवापत आउने कमिशनले जिविका चलाउने कोइरालाकी एक वृद्धा आमा छिन्। उनी पिण्डेश्वर मन्दिर परिसरमा भिक्षा मागेर गुजारा चलाउछिन्।
Home »
National News
» महिलालाई दुर्व्यवहार गर्ने युवक गाउँ निकाला
महिलालाई दुर्व्यवहार गर्ने युवक गाउँ निकाला
Written By Unknown on Monday, November 5, 2012 | 4:47 AM
Labels:
National News



No comments:
Post a Comment