समय र धनको बदमासीहुनबाट बचाउन यौन सन्तुष्टी प्राप्त गर्ने एक मात्र बिकल्प हस्तमैथुन हुँदाहुँदै पनि आम मानिसमा हस्तमैथुनले मानसिक तथा शारीरिक समस्या उत्पन्न गराउने भ्रम छ । तर विज्ञहरु भने हस्तमैथुन स्वास्थ्यको लागि हानिकारक नभै फाइदाजनक हुने बताउँछन् ।
हस्तमैथुनबाट केबल पुरुषले मात्र नभै महिलाले समेत सन्तुष्टी र स्वास्थ्यलाभ प्राप्त गर्न सक्छन् । हस्तमैथुन महिलाको स्वास्थ्यका लागि समेत हितकारी छ । तर हस्तमैथुन गर्दा मनमा कुनै चिन्ता तथा आशंका उब्जाउनु भने हुँदैन । यदि हस्तमैथुन पछि मनमा उब्जिने चिन्ता तथा आलस्यपनलाई नियन्त्रण गर्न सकियो भने त्यस्तो सुरक्षित मैथुन स्वास्थ्यका लागि लाभदायक हुने बताइन्छ ।
यौन मनोविज्ञहरुका अनुसार हस्तमैथुनले महिलालाई आफ्नो यौन व्यवहार तथा त्यसको प्रतिक्रियाको विषयमा सिक्ने अवसर प्रदान गर्दछ । साथै हस्तमैथुनका बेला हुने यौनिक श्राबले यौनांगहरुमा हुने रक्तसंचारलाई समेत सन्तुलित पार्दछ । कतिपय महिलाले महिनावारीका बेला हुने दुखाइलाई कम गर्न समेत हस्तमैथुनको उपाय अवलम्बन गर्ने गरेका छन् ।
अझ रोचक तथ्य त के भने सयमा ७० जना महिलाले सेक्स गर्दा नपाएको चरमसन्तुष्टि आफुले हस्तमैथुन गर्दा पाएको बताउने गरेका छन् । सफा वस्तुको उपयोग गरी महिलाले गर्ने हस्तमैथुन यौन सन्तुष्टि प्रदान गर्नमा मात्र कामयावी नभइ यसले पाठेघर तथा मुत्रनलीको संक्रमण रोक्न समेत सघाउ पुराउने बताइन्छ ।
यता पुरुषको हकमा हस्तमैथुनले आनन्द दिने मात्र होइन यसले सरीरमा जम्मा भएका बुढापूराना शुक्रकिटलाई त्याग्न समेत सघाउ पूराउँछ । पूराना शुक्रकिट फ्याँकिएपछि नयाँ शुक्रकिटको उत्पादन तथा विकाशमा सघाउ पुग्छ । हस्तमैथुनले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा समेत क मगर्ने विज्ञहरु बताउँछन् ।
चिकित्साजन्य फाइदाका अलबा मैथुनका संवेगात्मक तथा मनोवैज्ञानिक फाइदा समेत छन् । यसले मूडलाई सही ठाउँमा ल्याउने र तनाव घटाउने काम गर्छ । हस्तमैथुनले पार्टनरसँगको यौन सम्बन्धलाई सुधार्न समेत सघाउ पूराउँछ ।
त्यसैले अब हस्तमैथुन लजाउनुपर्ने तथा हीनताबोध गर्नुपर्ने विषय भएन । यो यौनिक रुपमा सक्षम मानिसले सन्तुष्टी प्राप्त गर्न गर्ने नियमित क्रिया हो ।



No comments:
Post a Comment