झन्डै दश वर्ष नेपाली चलचित्रमा सक्रिय नायिका उषा पौडेल यतिबेला बलिउड नगरी मुम्बईमा रहेर विभिन्न हिन्दी सिरियलमा व्यस्त छिन्। उषाले मुनामदन, पालेदाइ, क्रोध, रणसंग्राम आदि ४० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन्। उनले नेपाल छँदा पुष्पाञ्जली, कसलाई आफ्नो भनूँ, करुणा आदि टेलिसिरियलमा पनि काम गरिसकेकी छिन्। नेपाली चलचित्र क्षेत्रमा ठिकै चलिरहेका बेला एक्कासि दुई वर्षअघि मुम्बई आएर हराएकी उषा अहिले के गर्दैछिन् ? उनी किन मुम्बई पलायन भइन् धेरैका लागि चासोको बिषय हुनसक्छ। दुई वर्षसम्म मुम्बईमा रहेर नेपाली चलचित्रका साथै मिडियाबाट समेत टाढा भएकी उषा मुम्बईको गोरेगाव पूर्वमा स्थित फ्युचर स्टुडियोमा एउटा हिन्दी टेलिसिरियलको सुटिङमा भेटिइन्। हिन्दी सिरियलहरूमा देखिने भारतीय नारीको आकर्षक पहिरनमा देखिएकी पौडेल हिन्दी सिरियलको मुख्य भूमिकामा अभिनय गर्न पाएकोमा गर्व गर्छिन्। नायिका पौडेलसँग साप्ताहिकका मुम्बई प्रतिनिधि वीरेन्द्र पौडेलको कुराकानीः
किन मुम्बई आउनुभयो ? नेपाली चलचित्र क्षेत्रमा नचलेर अथवा अझै केही गर्ने सपना बोकेर ?
विशेषगरी म एक्टिङमा बढी चासो दिने भएकाले नेटबाट अनुपम खेरको एक्टर प्रिपेयर एकाडेमीका बारेमा जानकारी लिए। त्यसपछि एक्टिङ सिक्ने इच्छा जाग्यो र मुम्बई आएँ। जहाँसम्म नेपाली चलचित्र क्षेत्रमा नचलेर आएको भन्ने छ त्यो बिल्कुल होइन। मैले तीन दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छु। यसैगरी मैले नेपाली टेलिसिरियलहरूमा पनि काम गरेकी थिएँ। काम पाइरहेकै थिए। म मुम्बई आउने क्रममै बाहिरका तीनवटा शो र एक-दुईवटा चलचित्रको अफर छोडेर आएकी थिएँ। म अझै केही गर्ने उद्देश्यले मुम्बई आएकी हुँ।
झन्डै दुई वर्ष मिडिया तथा नेपाली चलचित्र क्षेत्रबाट हराउनुभयो नि किन ?
(हाँस्दै..) मलाई ठूलो गफ गर्न आउदैन, मुम्बईमा केही सिकिरहेको र काम नगरेको अवस्थामा के भनेर मिडियामा आउने ? त्यसैले नआएकी हुँ। कुनै काम गरेपछि मात्र मिडियामा आउनु राम्रो हुन्छ। अहिले काम गर्दैछु, ल अब हेर्नुस न आइहाले नि। हराएकी विल्कुल होइन।
मुम्बई आएपछि सुरुमा के गर्नुभयो ?
म मुम्बई आएर सुरुमै अनुपम खेरको एक्टर प्रिपियर एकेडमीमा तीन महिनाको एक्टिङ क्लास ज्वाइन गरे। यसैगरी रजनिस जैसवालसँग ग्रेस एक्टिङ एकेडमीमा पनि कोर्स गरे। त्यहाँ कोर्स पूरा भएपछि मैले उहाँसँगै सहायक भएर पनि काम गरे। त्यसबीच हिन्दी भाषा सिकें। त्यसपछि विस्तारै अडिसनहरूमा सक्रिय भए र काम पाउन थाले।
कतिवटा सिरियलमा काम गर्नुभयो त ?
मैले यस बीच अदालत (तीन एपिसोड), शनिदेव (चार एपिसोड), चिन्टु चिन्की, एक बढी सि लभ स्टोरी, जय जय बजरंगबली आदि सिरियलमा काम गरे। यसैगरी मास्टर सेफको प्रोमो तथा स्पाईस मोबाइलको विज्ञापनमा पनि काम गरें। अहिले तुझसँग प्रित लगाई सजनामा काम गरिरहेकी छु। यो सिरियल सहारा वानबाट प्रत्येक सोमबारदेखि शुक्रबारसम्म राति १० बजे प्रसारण हुन्छ। क्रियटिभ आई लिमिटेडको ब्यानरमा निर्मित यो सिरियलमा म लगायत विनी शर्मा, डली सोगी, दिनेश कौशिक, रञ्जन सेहगल, सुशीला हिन्दुजा आदि कलाकारले अभिनय गरिरहेका छन् भने गोविन्द सिंह यसका निर्देशक हुन्।
दिनमा कति घण्टा सुटिङ गर्नुहुन्छ ?
यो डेली सो भएकाले एकदमै कट टु कट एपिसोड चलिरहेको छ, दैनिक १२ घण्टासम्म सुटिङ गर्नुपर्छ।
पारिश्रमिक कस्तो छ ?
राम्रै छ, म सन्तुष्ट छु।
हिन्दीमा डायलग बोल्नुपर्दा समस्या भएन ?
सुरु-सुरुमा त समस्या आएको थियो। त्यसैले मैले भाषाको कोर्स र प्राक्टिस पनि गरें। मेरो डिक्सन भने राम्रो भएको छ तर अझै पनि हिन्दी ग्रामर राम्रोसँग सिक्नु छ। अलि छिटो बोल्दा नेपालीपन आइहाल्छ।
बलिउडमा स्थापित हुन अन्य थुप्रै नायक-नायिका पनि मुम्बई आउँछन्, तर सबै सफल हुँदैनन् तर तपाईंले त दुई वर्षमै राम्रै काम पाउनुभयो कसरी ?
यहाँ प्रतिस्पर्धा धेरै छ। काम पाउन गार्हो छ। कडा मेहनत र धैर्य गर्नुपर्छ। मसँगैका थुप्रै साथी अझै पनि यहाँ संर्घष गरिरहेका छन्। यहाँ हजारौंको भिडलाई क्रस गरेर अघि बढ्नुपर्छ। मैले मुम्बई आएपछि कडा मेहनत गरें, यहाँ स्थापित हुन गर्नुपर्ने सबै कुरा (अभिनय, भाषा) सिकें। त्यसपछि
मात्र विस्तारै काम पाउदै गएकी छु।
यहाँ सम्म पुग्न कसैको सहयोग ?
खासै कसैको सपोर्ट छैन भन्दा हुन्छ। मलाई भगवान्को ठूलो सपोर्ट छ, भगवानले नै मलाई गलत चिजबाट बचाइरहनु भएको छ र यहाँसम्म पुर्याउनुभएको छ।
एउटा नेपाली कलाकार हिन्दी सिरियलको राम्रो भूमिकामा देखिँदा युनिटका अन्य कलाकार तथा अरुले ईष्र्या गर्दैनन् ?
त्यस्तो केही छैन, यहाँ ट्यालेन्टको कदर हुन्छ। मेहनत गर्नुपर्छ, सबैसँग मिल्न सक्नुपर्छ, काम र सम्मान दुवै मिल्छ। नेपाली भनेर कुनै भेदभाव छैन।
भनेपछि सबैलाई आफू नेपाली भएको बताउनुहुन्छ ?
डेफिनेट्ली...मैले सबैलाई गर्वका साथ म नेपाली हुँ भन्छु तर कति त छक्क पर्छन् र तिमी त नेपाली लाग्दिनौ भन्छन्। उनीहरूको सोचमा सानो आँखा र गोलो अनुहार भएकाहरू मात्र नेपाली हुन् भन्ने छ क्यारे ! तपाईं हामीलाई त नेपाली भन्दा रहेनछन्।
यो बीचमा नेपाली चलचित्रबाट कुनै अफर आएको छ ?
साँच्चै भन्नुपर्दा दुई वर्षदेखि मेरो कसैसँग सम्पर्क भएको छैन, त्यसैले अफर आएको छैन। आए अवश्य गर्नेछु। किनभने म त्यहीँबाट आएकी हुँ, नेपाली चलचित्र नगर्ने भन्ने त कुरै आउँदैन नि।
हिन्दी सिरियलहरूमा मात्र काम गर्ने कि, भोजपुरी र हिन्दी चलचित्रका लागि पनि प्रयास गर्नुभएको छ ?
टेक्निकल्ली सिरियलमा पनि धेरै राम्रो छ। धेरै कुरा सिक्न पाएकी छु। व्यस्त पनि छु, तर पनि सिरियलमै मात्र काम गर्ने भन्ने छैन। बीचमा एक दुईवटा हिन्दी चलचित्रबाट कुरा पनि आएको थियो तर भएन। भोजपुरी चलचित्रको अफर भने आएको थियो तर कार्य व्यस्तताले गर्दा म आफैले गर्दिनँ भनिदिए।
मुम्बईमा अरू नेपाली नायक, नायिकाहरू (निखिल उप्रेती, विराज भट्ट, निरुता सिंह आदि) पनि हुनुहुन्छ, उहाँहरूसँग सम्पर्क हुन्छ कि हुँदैन ?
पहिले कहिलेकाहीँ फोनमा कुरा र भेट हुन्थ्यो तर धेरै भयो कसैसँग पनि सम्पर्क छैन।
अब कहिले नेपाल जाने ?
यही दसैंमा जाने सोच थियो तर दैनिक सुटिङ हुने भएकाले समय मिलेन। हेरौं, अब तिहारमा जाने सोच बनाएकी छु। यो दुई वर्षको बीचमा म दुई पटक परिवारसँग भेटेर आएकी छु।
फुर्सदमा के गर्नुहुन्छ ?
सुटिङ नभएको बेला म घरमा त्यति बस्दिनँ। विभिन्न एड र सिरियलका अडिसनमा जान्छु। ब्रह्मकुमारीको प्रवचन एवं सत्संगमा सहभागी हुन्छु। त्यसैगरी बिहान र बेलुका जिम र स्विमिङ गर्छु।
मुम्बईमा रहेर सबै भन्दा धेरै के मिस गर्नुहुन्छ ?
सबै भन्दा बढी त मैले आफ्नो परिवार, साथीभाइ तथा काठमाडौंलाई मिस गरिरहेकी छु, तर पनि मुम्बईमा काम पाएकी छु त्यसैमा खुसी छु।
अब अगाडिको योजना के छ ? मुम्बईमै घर, गाडी किनेर बस्ने कि केही वर्षपछि नेपाल र्फकने ?
त्यस्तो खासै प्लानिङ त छैन। फेरि पनि अझै राम्रो काम गरेर अघि बढ्ने सोच छ। मुम्बईमा घर त खै के गरिन्छ, यसैगरी काम चल्यो भने कार भने अवश्य किन्नुपर्ला। किनभने सुटिङमा आउन-जान कार अत्यावश्यक छ। अझ हेर्नुस् न अटोको भाडा पनि बढिरहेको छ।
अनि विवाह कहिले गर्ने नि ?
अहिलेसम्म केहि सोच बनाएकी छैन।
कसैसँग अफेयर ?
(हाँस्दै..) छैन..छैन..कोहि छैन। सिंगल नै छु।

No comments:
Post a Comment