कक्षा १२ मा अध्ययनरत बिना ५ किलोमिटर टाढा नवलपुरबाट हिँडेर आउन सम्भव नभएकै कारण म्याजिक भ्यान, माइक्रो वा ट्याम्पो चढेर कलेज आउजाउ गर्छिन्, तर कलेज आउँदा-जाँदा उनले सधैं तनाव बेहोर्नुपर्ने हुन्छ। उनलाई कसैले नजिस्क्याएको दिन हुँदैन अनि कसैले जिस्क्याएपछि उनको पारो तातिहाल्छ। केटाहरूले कहिले गाडीमै उनको केश तानिदिन्छन् त कहिले पछाडि बसेर नानाभाँतिका कुरा सुनाएर दिक्क पार्छन्, तर जिस्क्याउनेहरूलाई उनले केही गर्न सक्ने अवस्था छैन।
यो समस्या बिनाको मात्र होइन, सार्वजनिक सवारीको यात्रा गर्ने हरेक महिलाले यस्तो समस्या भोग्नुपरेको हुन्छ। अझ किशोरी र युवतीहरूले त यस्तो तनाव बढी बेहोर्नुपर्ने हुन्छ। हेटौंडामा अघिल्लो वर्ष आयोजित एक तालिममा सहभागी पत्रकार महिलाहरूले आफ्नै कार्यालयका माथिल्लो तहका कर्मचारीले आफ्नो पहिरनमा अनावश्यक टिप्पणी गरेर आनन्द मानेको भन्दै आक्रोश पोखेका थिए। सञ्चारगृहमा मात्र होइन, सरकारी होस् वा गैरसरकारी कार्यालय जहाँकहीँ काम गर्ने महिला कर्मचारीमाथि पुरुष सहकर्मीले गर्ने अनावश्यक टिप्पणीका कारण हैरान छन् उनीहरू।
वा ! क्या च्वाँक देखिएको भन्ने, आज त क्या राम्री देखिएकी, सेक्सी देखिएकी भन्ने अनि तिमीजस्तै प्रेमिका खोजिदेऊ भन्नेजस्ता वाक्यांश सुन्दा-सुन्दा दिक्क लागेको हेटौंडास्थित एक गैरसरकारी संस्थामा कार्यरत महिला कर्मचारी बताउँछिन्। आफूले सुन्ने गरी गरिने यौनजन्य
कुराकानी तथा 'ननभेज'को नाममा भनिने चुट्किलाले उनीहरूको तनाब बढाएको छ। 'सुन्ने गरी नै अश्लील कुरा गर्छन्', एक कार्यालयमा कार्यरत महिला भन्छिन्, 'सिम्बोलिक रूपमा भने कुरा पनि बुझिहालिन्छ। रिस त उठ्छ, तर केही गर्न सकिँदैन।'
शहरका सडकमा हिँडिरहेकी युवतीलाई एक शब्द वा वाक्यले जिस्क्याउनु, उनीहरूले नबुझ्ने गरी केही भन्नु, हेर्नु, सामीप्यता दर्शाउन स्पर्श गर्नु, चुम्बन गर्नु, अँगालो मार्नु तथा कुराकानी गर्नु सामान्य लागे पनि गलत नियतबाट गरिने यस्ता कतिपय क्रियाकलाप शहरको संस्कृति बन्दै जाँदा महिलाहरू भने पीडित भैरहेका छन्। सेक्सुअल ह्यारेसमेन्ट भनिने यस्ता क्रियाकलाप सामान्य लागेपनि यसले महिलाहरूमा निराशा र हीनताबोध गराउने अनुसन्धानहरूले देखाएका छन्। मकवानपुरमा पनि बिस्तारै यस्ता क्रियाकलापले संस्कृतिको रूप लिँदैछ।
सेक्सुअल ह्यारेसमेन्ट महिलामाथि मात्र होइन, पुरुषमाथि पनि हुन्छ। पुरुषको जस्तो क्रियाकलापले महिलामाथि ह्यारेसमेन्ट हुन्छ, महिलाको त्यस्तै क्रियाकलापले पुरुषमा ह्यारेसमेन्ट भैरहेको हुन्छ। महिलाको तुलनामा पुरुषमाथि यस्ता घटना कम हुने भएकाले पुरुषहरूमा त्यसको असर नगन्य हुन्छ। त्यसैले महिलाहरू नै यसबाट बढी पीडित छन्। कतिपय अवस्थामा आफूलाई प्रयोग गरेर कसैले यौन आनन्द लिइरहेका हुन्छन् भन्ने कुरा पीडित पक्षलाई थाहै नहुन सक्छ। त्यसैले यस विषयमा कम चर्चा हुने गरेको जानकारहरू बताउँछन्।
काम गर्ने कार्यालय, मजदुरी गर्ने थलो, विद्यायालय, क्याम्पस तथा आफ्नै घर जहाँतहीँ महिलामाथि यौनहिंसा भएका घटनाहरू बाहिर नआएका होइनन्। महिला, युवती वा बालिकालाई गलत आशयले केही कुरा भन्नु, हेर्नु, जिस्क्याउनु वा उनीहरूलाई मन नपरी बोल्न बाध्य पार्नु, संवेदनशील अंग छुनुजस्ता क्रियाकलापलाई पनि यौन दुव्र्यवहारमै राखिएको छ। यद्यपि सम्बन्धित निकायको ध्यान नजाँदा सेक्सुअल ह्यारेसमेन्टले संस्कृतिको रुप लिँदैछ। बस वा सार्वजनिक सवारी चढ्दा पुरुषबाट जानाजान शरीर तथा संवेदनशील अंगमा छुने, गलत नियतले हेर्ने, पिछा गर्ने, गलत नियत लाग्ने शब्द तथा वाक्यहरू उनीहरूले सुन्नेगरी बोल्नेजस्ता क्रियाकलापका कारण महिलाहरूले असुरक्षति महसुस गर्दै आएका छन्।
साँघुरो गल्ली वा बाटोमा हिँड्दा युवतीहरूसँग जानाजान कुम ठोक्काउने, अगाडि वा पछाडि नै गलत आशयले कुनै शब्द वा वाक्य बोल्ने, हेर्ने, सिठ्ठी बजाउने, जिस्क्याउनेजस्ता क्रियाकलाप सहरमा सामान्य बन्दैछ। शैक्षकि प्रतिष्ठानमा पनि हुने यस्ता क्रियाकलापले स्कुले विद्यार्थीहरूमा समेत प्रभाव जमाउँदैछ।
महिलाहरू कार्यस्थलमा हुन् वा घर-बजार जहाँ पनि आफूलाई गिराएर गरिने व्यबहारबाट आजित छन्। यद्यपि उनीहरू यस विषयमा खुलेर बोल्न भने सक्दैनन्। अरुले नसुन्ने गरी बोलिएका छाडा शब्द, गलत नियतको हेराइ वा व्यवहारको प्रतिकार गर्दा पनि पुरुषप्रधान समाजले उल्टै महिलाको नियतमा शंका गर्ने भयले महिलाहरू यस विषयमा कुरा गर्न डराउने समाजशास्त्रीहरू बताउँछन्।
के हो ह्यारेसमेन्ट ?
ह्यारेसमेन्टका विभिन्न रूप छन्। यो महिला-पुरुष दुवै माथि हुन सक्छ। कुनै महिलाले पुरुषलाई यौनजन्य दृष्टिकोणबाट जिस्क्याउँछिन्, बोलाउँछिन्, हेर्छिन् वा छुन्छिन् भने त्यो पनि सेक्सुअल ह्यारेसमेन्ट (यौनजन्य हिंसा) नै मानिन्छ तर नेपालजस्तो पुरुषप्रधान समाजमा मात्र होइन, विकसित भनिएका युरोप, अमेरिकामा पनि महिलाले पुरुषमाथि यौनजन्य हिंसा गरेको उदाहरण छैन। त्यसैले महिलाले पुरुषमाथि यौनजन्य हिंसा गर्छन् भन्ने कल्पना कमै गरिन्छ, तर पुरुषले महिलामाथि यौनजन्य हिंसा गर्ने बग्रेल्ती घटना बाहिर आएका छन्।
सेक्सुअल ह्यारेसमेन्ट जहाँ पनि हुन सक्छ, तैपनि विशेषतः महिलामाथि भीडभाड, सार्वजनिक यातायात एवं कार्यस्थलमा यस्ता घटना बढी हुने गरेका छन्। ती घटनाहरूले महिलालाई मानसिक रूपमा तनाव दिए पनि उनीहरू कानुनको सहारा लिने झन्झट मौल्न चाहँदैनन्। त्यसैले महिलालाई जिस्क्याएको वा यौनजन्य हिंसा गरेको भनेर प्रहरीमा कहिल्यै उजुरी पर्दैन। सहमतिमा हुने यौनजन्य क्रियाकलापलाई यौनजन्य हिंसा मानिँदैन, तर एक पक्षले अर्को पक्षको सहमतिबिना गर्ने कुनै पनि यौनजन्य क्रियाकलापलाई सेक्सुअल ह्यारेसमेन्ट मानिन्छ।
असामान्य तरिकाले घुरेर हेर्नु, अस्वाभाविक रूपमा नजिकिन खोज्नु, छुन खोज्नु, यौनाकर्षण गर्ने चुट्किला भन्ने, व्यक्तिगत जीवनका सम्बन्धमा अनावश्यक प्रश्न वा टिप्पणी गर्नु, लगाई, हिँडाइ र शरीरका सम्बन्धमा टिप्पणी गर्नु, अश्लील लाग्ने तस्बिर देखाउनु, वाक्यांश भन्ने, पत्रपत्रिका देखाउने, अश्लील वा यौनआकर्षण झल्कने इमेल पठाउनु, त्यस्ता वेबसाइटको सदस्य बन्न अनुरोध पठाउनु, पटकपटक घुम्न जाऊँ भनेर अनुरोध गर्नुलाई सेक्सुअल ह्यारेसमेन्ट अर्थात् यौनजन्य हिंसा मानिन्छ।
अनुसन्धानबाट कार्यस्थलमा, सडकमा, भीडभाडमा, सार्वजनिक थलोमा महिलामाथि यस्तो हिंसा भएको देखिएको छ भने कार्यस्थलमा आफूभन्दा माथिल्ला तहकाहरूले प्रलोभन र डरधम्की देखाई महिलालाई यौन हिंसाको शिकार बनाउनुका साथै कार्यालयमा महिलाका लागि अनुपयुक्त वातावरण सिर्जना गरी उनीहरूमाथि हिंसा गरिरहेका हुन्छन्। आफ्नो कोठामा एक्लो महिलालाई काम छ भनेर राखिरहने, काम छ भनेर राति अबेरसम्म कार्यालयमा राख्नेजस्ता प्रवृत्तिले महिलालाई यौन हिंसाको सिकार बनाएको छ।
महिला अधिकारकर्मी सपना प्रधान मल्लको अगुवाइमा सन् २००४ मा महिलामाथि कार्यस्थलमा हुने यौनजन्य हिंसाका सम्बन्धमा काठमाडौं, विराटनगर, हेटौंडा र पोखरामा गरिएको अनुसन्धानमा पनि आधाजसो महिलाले कार्यस्थलमा यौनजन्य हिंसाका घटनाहरू व्यहोर्नुपरेको गुनासो गरेका थिए। जसअनुसार गार्मेन्ट उद्योगमा काम गर्ने महिला यौन हिंसाको दृष्टिले सबैभन्दा जोखिममा रहेको तथ्य पत्ता लागेको थियो।
त्यसैगरी, निजी संघसंस्था, सरकारी कार्यालय एवं घरेलु कामदारका रूपमा काम गर्ने महिलाहरू पनि यौन हिंसाबाट अछुतो नरहेको तथ्य बाहिर आएको थियो। अनुसन्धानबाट घरेलु कामदारका रूपमा काम गर्ने २५ प्रतिशत महिलामाथि यौनजन्य हिंसा हुने गरेको, सरकारी कार्यालयमा ३३ प्रतिशत, निजी कार्यालयमा ४४ तथा होटलमा काम गर्ने ४९ प्रतिशत महिलामाथि यौनजन्य हिंसा हुने गरेको देखिएको थियो। ती क्षेत्रहरू कार्यस्थलमा हुने यौनजन्य हिंसाको दृष्टिकोणले सबैभन्दा जोखिमका क्षेत्र हुन्।
गलैंचा कारखानामा मालिकले नै महिला र पुरुष कामदारलाई सँगै राखेर काम गर्न लगाउने तथ्य खुलेको थियो। महिला र पुरुषले गफ गर्दै सँगै काम गर्न सकून भन्ने हेतुले यसो गर्दा यौनजन्य हिंसाका घटनाले बढावा पाएको कुरा अनुसन्धानको निष्कर्षमा उल्लेख छ। एयर होस्टेज हुन मरिहत्ते गर्नेहरू धेरै छन्, धेरैका लागि यो आकर्षक पेसा हो तर मेहनतले एयर होस्टेज बनेकाहरू पनि यौनजन्य हिंसाबाट पीडित छन्। यात्रुले बेला न कुबेला आवश्यक नपर्दा पनि बोलाउने र व्यक्तिगत जीवनका सम्बन्धमा अनावश्यक प्रश्न सोध्ने, कत्ति राम्री भनेर जिस्क्याउनेजस्ता व्यवहारले उनीहरू पनि पीडित हुन्छन्।
उक्त अनुसन्धानका क्रममा विद्यालयमा अविवाहित शिक्षिकाहरूलाई पुरुष शिक्षकले जिस्क्याउने, अनावश्यक टिप्पणी गर्ने तथा मोटरसाइकलमा घरसम्म छाडिदिन्छु भन्ने र नमाने गलत हल्ला फैलाइदिने गुनासाहरू पाइएको थियो भने अस्पतालका डाक्टरले समेत नर्स एवं महिला बिरामीहरूबाट विभिन्न तरिकाले यौनआनन्द प्राप्त गर्न खोज्ने तथ्य फेला परेको थियो। यौनजन्य हिंसाका घटनामा रिसेप्सनिस्ट, कार्यालयका सहायक, निजी सहायक, सफाइ कर्मचारी एवं घरेलु कामदारहरू बढी जोखिममा हुने अनुसन्धानको निष्कर्ष थियो। समाजशास्त्रका प्राध्यापक वीरेन्द्र साहका अनुसार समाजमा महिलालाई दोस्रो दर्जाको नागरिक र पुरुषले मनोरञ्जनको साधनका रूपमा मान्दा पुरुष समान प्रतिस्पर्धामा उत्रन खोज्ने महिलाहरू पनि यौनजन्य हिंसाको सिकार हुन्छन्।
महिला अधिकारमा सक्रिय आरती पाठक बदलिदो सूचना प्रविधिको प्रयोगसँगै महिलामाथि हुने यौनहिंसाका फरक-फरक पाटाहरू देखा पर्दै गएको धारणा व्यक्त गर्छिन्। 'आधुनिक प्रविधि भनिएको फेसबुकजस्ता सामाजिक सञ्जालमा पनि महिलामाथि यौनजन्य हिंसाका अनेकन रुप देख्न पाइन्छ', उनले भनिन्, 'यस विषयमा बहस आवश्यक छ।'
पर्दैनन् उजुरी
प्रहरीकहाँ बलात्कारजस्तो जघन्य अपराधको उजुरी परे पनि महिलामाथि हुने यौनजन्य हिंसाको उजुरी पर्ने गरेको छैन। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बलात्कारको घटनामा उजुरी दिनेको संख्या बढे पनि यौनहिंसाका अन्य घटनामा भने उजुरी शून्य छ। समाजमा यस्ता घटना घट्दै नघटेर उजुरी नपरेका भने होइनन्।
मकवानपुर प्रहरीको महिला सेलको तथ्यांकअनुसार आर्थिक वर्ष २०६८/६९ मा १७ वटा जबर्जस्ती करणी र त्यसअघिको बर्षमा ११ वटा बलात्कारका घटना र ५ वटा बलात्कार उद्योगअन्तर्गत मुद्दा दर्ता भएको थियो। विगतको तुलनामा महिलाहरू आफैंमा शिक्षित भएकाले हिंसा सहनु हुन्न भन्ने चेतना छ। तैपनि बिभिन्न कारणले महिलाहरू यौनजन्य हिंसाको घटना दर्ता गर्न आउँदैनन्। जिप्रका महिला सेलकी इन्चार्ज कमला लामाका अनुसार पहिले उजुरी हाल्न हिचकिचाउने महिला अहिले आफैं उजुरी बोकेर आउँछन्, तैपनि सानातिना घटनामा महिलाहरू सहेरै बस्ने गरेका छन्।
समाजमा महिलाहरूलाई जबर्जस्ती गर्ने, आफ्नै पत्नीलाई जबर्जस्ती गर्ने एवं बालबालिकाहरूलाई फकाई-फुल्याई समाजकै ठूलाबडा व्यक्तिले जबर्जस्ती करणी गरेको उजुरी प्रशस्तै आउँछन्, तर बलात्कारभन्दा तलका यौनजन्य घटनाको उजुरी आउँदैन। सामान्य मान्नु र समाजका ठूला व्यक्तिले समाजमै मिलाउनुपर्छ भनी दबाब दिनाले पनि त्यस्ता घटना प्रहरीकहाँ आइपुग्दैनन्।
के छ कानुनी व्यवस्था ?
मुलुकी ऐनको महल १३ मा आशय करणीसम्बन्धी कसैले कुनै महिलाको मञ्जुरीबिना निजको सम्बेदनशील अङ्ग छोए वा छुने प्रयास गरे, निजको भित्री पोसाक खोले वा खोल्ने प्रयास गरे, निजलाई अस्वाभाविक रूपमा कुनै एकान्त ठाउँमा लगे, आफ्नो यौनसम्बन्धी अंग निजलाई छुन-समाउन लगाए वा निजलाई अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द, संकेत प्रयोग गरे वा चित्र, तस्बिर देखाए, यौनका आशयले जिस्काए वा हैरानी दिए वा निजसँग यस्तै अन्य कुनै किसिमले अस्वभाविक व्यवहार गरे वा निजलाई करणीका आशयले समाते यौन दुव्र्यवहार मानिनेछ र त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ। यस्तो कार्यबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति समेत भराइ दिनुपर्नेछ।

No comments:
Post a Comment