पुरुषले प्रत्येक सात सेकेण्डमा सेक्सको बारेमा सोच्दछन् भन्ने भनाइको विपरित मानिसले एक दिनमा १९ पटक मात्र सेक्सको बारेमा सोच्ने कुरा नयाँ अध्यनबाट देखिन आएको छ । यो पहिलेको उक्त सोचभन्दा झण्डै ८००० पटक भन्दा कम हुन आउँछ । उनीहरु खानाको बारेमा पनि झण्डै सेक्स जतिकै दिनमा १८ पटक सोच्ने गर्दछन् भने निन्द्राको बारेमा दिनको ११ पटक सोच्ने गर्छन् । अमेरिकी वैज्ञानीकहरुका अनुसार सेक्सको बारेमा पुरुषले महिलाको भन्दा दोब्बर सोच्दछ । महिलाहरु खाना र निन्द्राको बारेमा पनि पुरुषको भन्दा कम सोच्ने गर्दछन् । महिलाहरु दिनमा १५ पटक खानाको र ८.५ पटक निन्द्राको बारेमा सोच्दछन् अनुसन्धानमा जनाइएको छ ।अनुसन्धानकर्ताहरुले पहिले गरिएको अनुसन्धानमा सहभागीहरुलाई दिनमा कति पटक सेक्सको बारेमा सोच्छन् भन्ने कुरा अनुमान गर्न भनिएको थियो । जसले गर्दा वास्तविक नतिजा बाहिर आउन सकेन । ओहायो विश्वविद्यालयको एक समूले गरेको उक्त अनुसन्धानमा १८ देखि २५ वर्ष उमेर समूहका १६० जना महिला र १२० जना पुरुषहरुलाई सहभागी गराईएको थियो ।
Home »
Health and Sex
» दिनमा १९ पटक सेक्स
दिनमा १९ पटक सेक्स
Written By Unknown on Sunday, November 4, 2012 | 10:00 AM
Labels:
Health and Sex



No comments:
Post a Comment