Headlines News :
Home » » शशीको सेक्स सिनले बालबालिका बेहोस हुने खतरा

शशीको सेक्स सिनले बालबालिका बेहोस हुने खतरा

Written By Unknown on Monday, October 29, 2012 | 9:45 AM

मंसिर ८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘चन्द्रावती’ १६ बर्ष भन्दा मुनिका बालबालीकाले हेर्न नपाउने भएका छन् । चलचित्रमा समावेश सेक्स र अन्य विभिन्न डरलाग्दा दृश्यका कारणे चलचित्रलाइ सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ ।नेपालमा एडल्ट सर्टिफिकेट पाएका सिनेमा हेर्न बालबालीका नै वढि हलसम्म पुग्ने गरेका छन् । तर चलचित्र ‘चन्द्रावती’ का निर्देशक राजु गिरीले सिनेमा हेर्न पुगेका बालबालीका बेहोस भएमा यसको जिम्मेवारी हलवालाले नै लिनुपर्ने बताएका छन् । उनले सिनेमाको बिषयबस्तु र केही दृश्यले बालबालीकालाइ बेहोस बनाउन सक्ने दाबी समेत गरे । ऐतिहासिक बिषयबस्तुलाइ मुख्य आधार बनाएर तयार पारिएको यो चलचित्रमा नायिका शशि खड्का र नायक आयुष रिजालको उत्तेजक सेक्सको दृश्य समेत समावेश गरिएको छ । नायिका खड्काले सेक्स दृश्य हटाउन भन्दै विभिन्न संघसंस्थामा उजुरी गरेपनि निर्माणपक्षले उक्त दृश्य हटाएको छैन ।
चलचित्रमा राजेश हमाल, युना उप्रेती, आयुष रिजाल, शशि खड्का, कुशल थापा लगायतका कलाकारको अभिनय छ । गोसाइकुण्ठ फिल्मस्को व्यानरमा तयार भएको यो चलचित्रलाइ संजय बुलुनले निर्माण गरेका हुन् । चलचित्रमा आयुष रिजाल र शशि खड्कालाइ फरक प्रस्तुतीमा देखाइएको छ । निर्देशक राजु गिरीले यसअघि निर्देशन गरेको चलचित्र बिन्दासले सफल व्यापार गरेको थियो । चन्द्रावतीले आफ्नो निर्देशकीय पाटोलाइ अझ उचाइमा लैजाने विश्वास निर्देशक गिरीको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved