Headlines News :
Home » » स्वास्थ्यका लागि हस्तमैथुन

स्वास्थ्यका लागि हस्तमैथुन

Written By Unknown on Saturday, October 27, 2012 | 2:11 PM

समय र धनको बर्बादीबाट बचाउँदै यौनसन्तुष्टि प्राप्त गर्ने एकमात्र विकल्प हस्तमैथुन हुँदाहुँदै पनि आममानिसमा हस्तमैथुनले मानसिक तथा शारीरिक समस्या उत्पन्न गराउने भ्रम छ, तर विज्ञहरू भने हस्तमैथुन स्वास्थ्यका लागि हानिकारक नभै फाइदाजनक हुने बताउँछन्। 

हस्तमैथुनबाट पुरुषले मात्र नभै महिलाले समेत सन्तुष्टि र स्वास्थ्यलाभ प्राप्त गर्न सक्छन्। हस्तमैथुन महिलाको स्वास्थ्यका लागिसमेत हितकर  छ, तर हस्तमैथुन गर्दा मनमा कुनै चिन्ता तथा आशंका भने हुनु हुँदैन। यदि हस्तमैथुनपछि मनमा उब्जिने चिन्ता तथा आलस्यपनलाई  नियन्त्रण गर्न सकियो भने त्यस्तो सुरक्षित मैथुन स्वास्थ्यका लागि लाभदायक हुने बताइन्छ। 

यौन मनोविज्ञहरूका अनुसार हस्तमैथुनले महिलालाई आफ्नो यौन व्यवहार तथा त्यसको प्रतिक्रियाका सम्बन्धमा सिक्ने अवसर प्रदान गर्छ।  हस्तमैथुनका बेला हुने यौनिक श्रावले यौनांगहरूमा हुने रक्तसञ्चारलाई समेत सन्तुलित गर्छ। कतिपय महिलामा महिनावारीका बेला हुने पीडा  कम गर्नसमेत हस्तमैथुनको उपाय अवलम्बन गर्ने गरेका छन्।

अझ रोचक तथ्य त के भने सयमा ७० जना महिलाले सेक्स गर्दा नपाएको चरमसन्तुष्टि आफुले हस्तमैथुन गर्दा पाएको बताउने गरेका छन्।  सफा वस्तुको उपयोग गरी महिलाले गर्ने हस्तमैथुनले यौनसन्तुष्टि प्राप्त गर्न मात्र नभै पाठेघर तथा मूत्रनलीको संक्रमण रोक्नसमेत सघाउ  पुर्‍याउने बताइन्छ। 

पुरुषको पुरुषलाई पनि फाइदाजनक हकमा हस्तमैथुनले आनन्द दिने मात्र होइन, यसले शरीरमा जम्मा भएका बूढापूराना शुक्रकीटलाई  त्याग्नसमेत सघाउ पुर्‍याउँछ। पुराना शुक्रकीट फ्याँकिएपछि नयाँ शुक्रकिटको उत्पादन तथा विकासमा सघाउ पुग्छ। हस्तमैथुनले पुरुषमा  प्रोस्टेट क्यान्सरको खतरा समेत कम गर्ने विज्ञहरू बताउँछन्।

चिकित्साजन्य फाइदाका अतिरिक्त मैथुनका संवेगात्मक तथा मनोवैज्ञानिक फाइदासमेत छन्। यसले मुडलाई सही ठाउँमा ल्याउने तथा तनाव  घटाउने काम गर्छ। हस्तमैथुनले पार्टनरसँगको यौनसम्बन्धलाई सुधार्नसमेत सघाउ पुर्‍याउँछ। त्यसैले अब हस्तमैथुन लजाउनुपर्ने तथा  हीनताबोध गर्नुपर्ने विषय रहेन। यो यौनिक रूपमा सक्षम मानिसले सन्तुष्टि प्राप्त गर्ने नियमित क्रिया हो।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved