Headlines News :
Home » » मिस इन्टरनेसनलमा शुभेच्छा

मिस इन्टरनेसनलमा शुभेच्छा

Written By Unknown on Saturday, October 27, 2012 | 2:09 PM

अक्टोबर २१ तारिख अर्थात् पर्सि आइतबार जापानको ओकिनावामा हुने ५२ औं संस्करणको 'मिस इन्टरनेसनल-२०१२' मा नेपालका तर्फबाट  शुभेच्छा खड्काले प्रतिनिधित्व गरिरहेकी छिन्। प्रतियोगितामा सहभागिता जनाउन शुभेच्छा करिब दुई साता अघि नै त्यसतर्फ प्रस्थान  गरिसकेकी छिन्। मिस इन्टरनेसनलको यस पटकको संस्करणमा विश्वका ६० भन्दा बढी मुलुकका सुन्दरीहरूको सहभागिता छ। सन् १९६०  मा प्रारम्भ भएको यो प्रतियोगिताकी विजेताले शान्ति र सुन्दरताका लागि राजदूतका रूपमा कार्य गर्नेछिन्। 

गत वैशाखमा सम्पन्न मिस नेपाल-२०१२ मा मिस नेपाल इन्टरनेसनल-२०१२ को उपाधि जितेपछि शुभेच्छाले मिस इन्टरनेसनल २०१२ मा  नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाएकी हुन्। त्यसअघि शुभेच्छाले मिस ई-कलेज-२०१० मा मिस क्याटवाक तथा भ्युअर च्वाइस  एवार्ड जितेकी थिइन्। डब्लुएलसी कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत शुभेच्छा खड्का ललितपुर जावलाखेल निवासी हुन्। संचार क्षे त्रको अनुभव सँगालिसकेकी १९ वर्षीया शुभेच्छालाई बास्केटबल, ब्याडमिन्टन तथा भ्रमणमा रुचि छ। ५ फिट ६ इन्च अग्ली शुभेच्छा आफू जे  हो त्यही रूपमा प्रस्तुत हुन सके सोचेजस्तो सफलता प्राप्त हुन्छ भन्ने सोच राख्छिन्।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved