Headlines News :
Home » » सेलीब्रेटीको दशैं, कतै रमाइलो कतै खल्लो

सेलीब्रेटीको दशैं, कतै रमाइलो कतै खल्लो

Written By Unknown on Monday, October 29, 2012 | 1:33 AM


नेपालीहरुको महान चाड विजयादशमी सोमबारबाट सकिदैछ । दशैं सकिदै गएपछि काठमाण्डौ बाहिर गएका चलचित्रका कलाकार काठमाण्डौ फर्किसकेका छन् । कोही कलाकार फकर्न क्रममा छन् ।
नेपाली चलचित्रका कलाकारहरुको दशै यसबर्ष मिश्रति रुपमा बितेको छ । नायिका झरना थापाको यसबर्ष टिका लगाउन भएन । नजिकका आफन्तको निधन भएकाले झरनाले रातो टिका र जमरा लगाउन पाइनन् । घरमा दुख परेकाले तासमा खासै नरमाएको उनको भनाइ छ । झरनाले जुत्तपत्ति र फरास परिवारका सदस्यसँग खेलेर रमाइलो भने गरिन् ।
नायक तथा निर्माता आकाश अधिकारीले यस बर्षको दशै निक्कै रमाइलो भएको प्रतिक्रिया दिए । उनले तासमा ७ हजार हारेको बताए । परिवारसँगै बसेर तास खेल्ने आकाशले आफुले पहिले नै हार्ने रकम छुट्टाएको रमाइलो प्रतिक्रिया दिए । नवलपरासीमा टिका लगाएर पुर्खौली घर लमजुङ पुगेका आकाश सोमबार काठमाण्डौ र्फकदै छन् ।
नायिका बेनिशा हमालले यसबर्षको दशै सुटिङमा व्यस्त हुनुपरेका कारण रमाइलो नभएको बताइन् । अष्टमीमा आफ्नो घर चितवन पुगेकी बेनिशा टिकाको भोलीपल्टै काठमाण्डौ फर्कीसकेकी छिन् । उनले हतार भएकाले तास र पिङ खेल्न नपाएको दुखेसो पनि पोखीन् ।
नायिका बिनिता बरालको दशै अनुभव पनि यस्तै छ । परिवारका सदस्यहरु कम भएकाले यसबर्ष आफुले तासमा रमाउन नपाएको उनको भनाइ छ । अघिल्ला बर्षमा मझैले तास खेल्ने बिनिता यसबर्षको दशै सबै कुराबाट खल्लो भएको बताउछिन् । न त लंगुरबुज्रा खेल्न पाइयो, न त पिङ नै बिनिताले दशैको खल्लो अनुभव सुनाइन् । तर घरमै हुने भजनमा खुबै नाचेको अनुभव उनको छ ।
नायक जीवन लुइटेलको दशैँ यसबर्ष खल्लो भयो । भारतमा आयोजना भएको दशैँ बिशेष कार्यक्रममा भाग लिएर टिकाको अघिल्लो दिन मात्र उनी नेपाल फर्केका थिए । तर आफन्तको निधन भएकाले उनले टिका थाप्न पाएनन् । ‘टिका लगाउन नभएपछि तास पनि खेलीएन,’ जीवनले भने । उनले आफ्नो यसबर्षको दशै खासै उल्लासमय नभएको प्रतिक्रिया दिए ।
बर्षदिनभर चलचित्रको छायांकन र अन्य गतिविधिमा व्यस्त हुने कलाकारहरु दशैंमा केही स्वतन्त्र भएको महशुश गर्छन् । दशैको चहलपहलले शुन्य बनेको चलचित्र क्षेत्र बिस्तारै जगमगाउने तयारीमा छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved