Headlines News :
Home » » तिहारअघि नै पूर्ण बजेट ल्याउने सरकारको तयारी

तिहारअघि नै पूर्ण बजेट ल्याउने सरकारको तयारी

Written By Unknown on Monday, October 29, 2012 | 1:37 AM


१३ कात्तिक, काठमाण्डौ । तीन अघि जारी भएको आंशिक बजेट यही कात्तिक मसान्तमा सकिने भएपछि सरकार तिहारअघि नै पूर्ण बजेट ल्याउने तयारीमा जुटेको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ माओवादी र मधेसी मोर्चाको वैठकले तिहारअघि नै पूर्ण बजेट ल्याउने गरि तयारी थाल्ने निर्णय गरेको हो ।
करिव १५ दिनपछि मुलुक बजेटबिहीन हुने र दैनिक कार्यसंचालनसमेत प्रभावित हुने भन्दै सरकारले तिहारअघि नै पूर्ण बजेट ल्याउने निर्णय गरेको वैठकमा सहभागी मधेसी मोर्चाका नेता महन्थ ठाकुरले जानकारी दिनुभयो । पूर्ण बजेटका लागि अन्य दलसँगसमेत छलफल गर्ने सरकारी गठवन्धनले निर्णय गरेको छ ।
बिपक्षी दलहरुले भने कामचलाउ सरकार पूर्ण बजेट ल्याउन नसक्ने भएकाले सहमतिको नयाँ सरकार बनाउनुपर्ने बताउँदै आएका छन् । वैठकमा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस, एमाले र राष्ट्रपतिसँगको छलफलमा अघि सारेको प्रस्तावबारे पनि छलफल भएको बताइएको छ । दलहरुवीच छलफल गरि प्याकेजमै सहमति गर्नुपर्ने गठवन्धनका नेताहरुले बताएका छन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved